
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शङ्कर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि २९ भदौ रिलिज हुने भनिएको फिल्म सरेर मङ्सिर ७ गते पुगेको हो । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति ७ मङ्सिर जनाएको हो । पोस्टरमा विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनको जवान र वृद्ध गरी दुई फरक लुक्स देख्न सकिन्छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामा पनि अटाएका छन् । फिल्मले पहिलो चरणको छायाङ्कन अमेरिकामा सकाएको थियो । अहिले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको छ । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका छ । वेलडन क्रियसनको…
फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् ? १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ । ४.…
सुवास पण्डितचितवन, ३१ असार । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा झरेको पहिरोमा परेर बेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ । खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले नयाँ प्रविधिमार्फत् आज बिहानैदेखि खोजी कार्य जारी रहेको जानकारी दिए । ‘सोनार क्यामरा त पहिले पनि प्रयोगमा थियो तर यो पहिलेको भन्दा नयाँ र एडभान्स हो,’ प्रहरी प्रवक्ता कार्कीले भने, ‘बाहिरबाट झिकाइएको यो उपकरणले तीन सय मिटर गहिराइसम्मको अवस्थाबारे जानकारी दिन्छ,’ कार्कीले भने ।…
मोरङ, ३१ असार । मोरङको विराटनगर महानगरपालिका–४ ईक्राही स्थितबाट १०१ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । हिजो दिउसो ३ बजे बा६च ४६८९ नम्बरको कारमा लागुऔषध गाँजा ल्याउदै गरेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कारको डिकीमा लोड गरि ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट कार चालक मोरङ केराबारी गाऊपालिका–५ का ३६ बर्षीय सुरेश लिम्बु, कारमा सवार धनकुटा सागुरिगढी गाऊपालिका–२ का ३४ बर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका–१३ कि ४२ बर्षीया लक्ष्मी राई बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
सुनसरी, ३१ असार । सुनसरीको दुहबी नगरपालिका–१२ गेलाबारीबाट मोटरसाईकल सहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ । हिजो राती साँढे ९ बजे इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र१.०२.०५३प ८९६१ नम्बरको बेबारिसे मोटरसाईकल पछाडी बोरामा लोड गरिएको २५ किलो ५२० ग्राम गाँजा फेला पारेको थियो । मोटरसाईकल चालक सम्बन्धमा खोजतलास भईरहेको छ ।
काठमाण्डौ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ । यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा…
काठमाडौँ, ३१ असार । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।रासस
झापा, ३१ असार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको तस्बिर पनि सार्वजनिक भएको छ। बीबीसीले ट्रम्पको हत्या प्रयसा गर्ने युवक थोमस म्याथ्यु क्रुक्सको तस्बिर सार्वजनिक गरेको हो। तस्बिर उनको स्कुलको वर्ष पुस्तकबाट लिइएको हो। क्रुक्स पेन्सिलभेनियामा ट्रम्पले आयोजना गरेको चुनावी र्याली स्थलबाट एक घण्टा टाढा बेथेल पार्कमा बस्थे। तस्बिर सार्वजनिक हुनुअघि बेथेल पार्क हाई स्कुलले थोमस क्रुक्सले २०२२ मा त्यहाँबाट आफ्नो पढाइ पूरा गरेको पुष्टि गरेको थियो। थोमस क्रुक्सलाई पनि सुरक्षाकर्मीले गोली हानेर घटनास्थलमै मारिसकेको छ। बेथेल पार्कमा रहेका बीबीसी संवाददाता बर्न्ड डेबसम्यान जुनियरले सुरक्षाकर्मी र प्रहरीले थोमसको घरतर्फ जाने सबै बाटो बन्द गरेको र अनुसन्धान…
बिदुर ढुङ्गाना (अस्टिन अमेरिका)भद्रपुरको मेची नदी किनार प्यारो । नयाँ बजारमा खेल्दै, रमाउँदै भद्रपुर हाइस्कुलमा पढ्दैपछि लालमाटीमा स्थायी बसोबास गर्दै गल्ली घुमाउरा धुले सडक हुँदै धेरैपछिसम्म कच्ची सडक पार गर्दै टुकी लाल्टिनको सहारा लिँदै सर्दै भए पनि अलकत्र सडक पार गर्दै आइपुग्यो विशाल चौडा ठूला सडकतर्फ आफ्नो प्यारो भद्रपुर । विसं. २०२२ साल पुग्दा नपुग्दा टाउकोमा सानोतिनो भारी बोक्दै हिँडे । स्कुलै जीवन खेल्ने, कुद्ने, रमाउने भए पनि खुलेर खेल्न र रमाउन पाइएन त्यतिबेला । अहिलेको जस्तो कम्प्युटर, ल्यापटप, फोन आदिको कल्पना नै थिएन । थिएन बिजुली–बत्ती । ४ बजे दिउँसो स्कुल बिदा । सबै साथीहरू चौरमा खेल्न जाने ।…
झापा, ३१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र सुदूर पश्चिम…