
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ असार । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले राम्रो व्यापार गरिरहेको छ । जुन २७ मा रिलिज भएको यो फिल्मले दिनहुँ नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । विश्वभरमा फिल्मले ५०० करोड भारु कमाएको छ । कमाइको हिसाबले कल्की उत्तरी अमेरिकामा सर्वाधिक कमाउने १० भारतीय चलचित्रको सूचीमा पनि परेको छ ।
झापा, १७ असार । रक्सी सेवनका कारण विश्वमा मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा ४ लाख पुरुष रहेका छन् । प्रतिवेदन रक्सी र लागु औषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवन र मादक पदार्थको सेवनले…
बिराटनगर, १७ असार । मोरङको विराटनगरमा होटल सञ्चालिकाको कुटाइबाट एक पुरुष ग्राहकको मृत्यु भएको छ । ग्राहकको हत्या आरोपमा विराटनगर–१९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । कुटपिटबाट मृत्यु हुनेमा स्थानीय ५० वर्षीय वीरबल गोसाईं रहेका छन् । उहाँका अनुसार शनिबार दिउँसो गोसाइँ होटलमा जाँदा उनीमाथि कुटपिट भएको थियो। ‘गोसाइँले आफूलाई होलटमा कुटिएको गुनासो घरमा गएर छोरीसँग गरेका रहेछन्,’ डीएसपी बस्नेतले भन्नुभयो, ‘साँझ फेरि उनी सोही होटलमा जाँदा थप कुटपिट भएको खुलेको छ।’ तर, पक्राउ परेकी महिलाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन्। ‘सधैँ मदिरा…
झापा, १७ असार । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए । जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने…
झापा, १७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर मौसम साधारणदेखि पूर्णतया बदली रहने छ।…
झापा, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत…
शिवसताक्षी, १६ असार । झापाको शिवसताक्षीमा स्थलगत कानुनी परापर्श कार्यक्रम सञ्चालन गरिएको छ । नगर भित्रका सबै व्यक्तिहरूलाई न्याय र कानूनी सहायता उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले कानुनी परामर्श नगरका ६ स्थानमा कानुनी परामर्श सेवा दिएको हो । विशेष गरी आर्थिक रूपमा कमजोर र कानूनी प्रक्रियाबारे जानकारी नभएका व्यक्तिहरूलाई कानूनी विशेषज्ञ र वकिलहरूद्वारा कानूनी मुद्दाहरूमा विशेषज्ञ मार्गदर्शन र सहयोग प्रदान गरिएको छ । कानुनी सेवा प्रदान गर्ने क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रुमख नरमाया कार्कीले आम नागरिकले कानून सम्बन्धी व्यक्तिगत रुपमा सीधै कानूनी विशेषज्ञहरूसँग भेट गराएर मुद्दाहरूहरुको कानूनी पाटोको विषयमा जानकारी गराइएको जानकारी दिइन् । उनले यस्ता कार्यक्रमले स्थानीय समुदायहरूमा यी सेवाहरू सञ्चालन…
भद्रपुर, १६ असार । दोस्रो झापा गोल्डकप आगामी फागुन ७ गतेखि सञ्चालन हुने निश्चित भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको हो । गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी फागुनमा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने र त्यसका लागि सम्बद्ध सबै पक्ष जुट्न आह्वान गरेको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । २०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।…
बिर्तामोड, १६ असार । झापा बिर्तामोडका व्यवसायीले यहाँका व्यवसायीसँग धेरै कर उठाउन सकिने उपायका बारेमा नगरप्रमुखलाई सुझाव दिएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायीले अहिले उठ्दै आएको करको तुलनामा कैयौं गुणा बढी कर उठाउने विषयमा नगरप्रमुख पवित्रा महतरा प्रसाईंलाई सुझाव दिएका हुन् । बिर्तामोड उद्योग बाणिज्य संघमा करिब ६ हजार व्यवसायी आबद्ध रहेको र नगरपालिकामा झण्डै ९ हजारो हाराहारीमा व्यवसायी रहेकाले उनीहरुलाई करको दायरामा ल्याउन सके उल्लेख्य कर उठ्ने उनीहरुको भनाइ थियो । “अहिलेको भन्दा करको दर घटाएर र सबै व्यवसायीलाई व्यवसाय दर्ता गर्न सकिने वातावरण सिर्जना गर्न सके कर संकलन बढ्छ’,…
भद्रपुर, १६ असार । माध्यमिक तह उत्र्रीण कक्षा १० (एस ई ई) को परिणामा अनुसार भद्रपुरमा एमरेल्ड एकाडेमीका छात्र अनुज कर्ण प्रथम भएका छन् । संस्थागत विद्यालयका कर्ण ३.९० जिपिएसंगै नगर प्रथम भएका हुन् भने सामुदायिक विद्यालयबाट वीरेन्द्र माध्यमिक विद्यालयका समृद्ध गुरागाई ३.८३ जिपिएका साथ प्रथम र सिम्रन दाहाल ३.८२ जिपिएसहित दोश्रो स्थानमा रहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिएका छन् । उनका अनुसार संख्यात्मक रूपमा विशिष्ठ श्रेणी ए प्लस १५ जनाका साथ वीरेन्द्र मावि प्रथम, ८ जनाका साथ एमरेल्ड एकाडमीले दोश्रो स्थानको नतिजा प्राप्त गरेको देखिन्छ । संस्थागत र सामुदायिक गरी २८ वटा विद्यालयले एस ई ई परीक्षा…