
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ असार । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले आज फिर्ता लिएको हो । प्रधानमन्त्री प्रचण्डलाई आजै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले र नेपाली कांग्रेसबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको प्रमुख सचेतक बर्तौलाले बताए ।
झापा, १९ असार । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र रु १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए । हावाहुरीबाट रु दुई करोड ७६ लाख ४० हजार, बाढीबाट रु एक करोड ५० लाख, आगलागीबाट रु नौ करोड ८३ लाख ६ सय र चट्याङले रु आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु…
शिवसताक्षी, १९ असार । शिवसताक्षीमा आगामी वर्षका लागि १४ चौधौ नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यापालिकाको बैठकले आषाढ १० गते प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिइन । जसमा आन्तरिक आम्दानी ५ करोड ८७ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त, २ करोड, २७ लाख, संघीय सरकारबाट…
बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ।आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ। मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउंदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ। खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ। मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै रिसाउने,…
एजेन्सी १९ असार । भारतको उत्तरप्रदेशस्थित हाथरस जिल्लामा एक बाबाको धार्मिक कार्यक्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुगेको छ। मंगलबार ‘भोले बाबा’ नाम गरेका नारायण सरकार हरिको सत्संग कार्यक्रममा सहभागी मानिसहरूबीच भागदौड मच्चिँदा १२१ जनाको मृत्यु भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। ती बाबाको वास्तविक नाम सुरज पाल रहेको समाचारमा उल्लेख छ। लाखौं भक्तजनहरू सहभागी भएको कार्यक्रममा भागदौड हुँदा ज्यान गुमाउनेमा महिलाहरू धेरै छन्। एक सय जना भन्दा बढी महिला र ७ बालबालिकाको मृत्यु भएको हो। त्यस्तै २८ जना भक्तजन घाइते समेत छन्। उत्तर प्रदेश सरकारले मृतक परिवारलाई दुई लाख भारू राहत दिने घोषणा गरेको छ। यस्तै, घाइतेलाई…
काठमाण्डौ, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेको उहाँले बताउनुभयो । कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री…
काठमाण्डौ, १९ असार । कोपा अमेरिका फुटबलमा ब्राजील र कोलम्बीया क्वाटरफाइनलमा पुगेका छन् । लेभिस स्टेडिएममा भएको समूह डी अन्तर्गत को अन्तिम खेलमा आज बिहान ब्राजील र कोलम्बीया १–१ गोलको बराबरी खेलेसँगै दुवै टिम क्वाटरफाइनलमा पुगेका हुन् । ब्राजीलका राफिन्हा र कोलम्बीयाका डेनियल मुनोजले समान एक गोल गरे । कोलम्बीया तीन खेलबाट सात अङ्कसहित समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुग्यो । समान खेल खेलेको ब्राजील पाँच अङ्कसहित दोश्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । यसैबीच समूह डी कै अर्को खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ गोलले हराएको छ । आज बिहान क्यु टू स्डेडियममा भएको खेलमा कोस्टारिकाले पाराग्वे हराएको हो । कोस्टारिकाका…
झापा, १९ असार । झापाका विभिन्न स्थानमा चोरी गर्ने र समान खरीद–बिक्री गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको घटनाका बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई पक्राउ गरेको हो । चोरीको घटनाका मुख्य प्रतिवादी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थापासँगै चोरीको सुनको औठी बिक्री गर्ने कार्यमा संलग्न कमल–३ २७ वर्षीय कृष्ण थापा, सुनको औठी खरिद गर्ने झापा गाउँपालिका–३ स्थित पाथिभारा बराइली ज्वेलर्स सुनचादी पसलका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, सुनको औंठी खरीद गर्ने प्रतिक्षा भेराइटी किराना पसल सञ्चालक मेचीनगर नगरपालिका–१० का ४० वर्षीय…
सुरुङ्गा, १९ असार । झापा कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रविणकुमार भट्टराईलाई सम्मानसहित विदाइ गरिएको छ । लागूऔषध नियन्त्रणका क्षेत्रमा सक्रिय काम गरेको भन्दै उनलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीले सम्मानसहित विदाइ गरेका थिए । कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखको नेतृत्व सम्हालेपछि भट्टराईले २८ जनालाई लागूऔषधसहित पक्राउ गरेका थिए भने विभिन्न अपराधमा संलग्न रहेर फरार रहेका सात जना पक्राउ परेका थिए । चोरीमा संलग्न १२ जना पक्राउ, तीन वटा मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गर्दै कानूनी दायरामा ल्याउन सफल भएको जनाइएको छ । त्यस्तै सोही अवधिमा…
भद्रपुर नगरपालिकाको हाट–बजार र पोखरीका लागि डाक बढाबढको सम्बन्धी सूचना