झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ असार । झापाको कमल खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँपालिका–१ स्थित ढेबु बस्तीका लुखिराम मुर्मु मृत भेटिएका छन् । उनको शव आज बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको थियो । त्यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएको बालक मिलन बिक अझै फेला नपरेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डौ, १४ असार । राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गदै क्यूआरमार्फत विदेशमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार नेपालीले अब भारत र भुटानमा क्यूआरमार्फत मासिक एक लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । यसैगरी नेपालमा कार्यरत भारतीयले पनि व्यक्तिगत तथा संस्थाको क्यूआरबाट भारतीय बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । यसअघि कार्डमार्फत मात्रै दिईएको यस्तो सुविधा अब क्यूआरमार्फत पनि दिन लागिएको हो । भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र…

Read More

भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो। १० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए । रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।

Read More

काठमाडौँ, १४ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार (आज) देखि मनसुन थप सक्रिय हुने जनाएको छ । बिहीबार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् । उनका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबारदेखि असार १६…

Read More

झापा, १४ असार । कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । “राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”, उनले त्यसबेलाको घटना सम्झिँदै भने, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उनले सुनाए । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ ।…

Read More

संखुवासभा, १३ असार । संखुवासभाको पाँचखपन नगरपालिका–७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नवनिर्मित भवनको उदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव(निर्मित ७ कोठे भवनको समुद्घाटन गर्नु भएको हो । भवनको उद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात उहाँले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च भएको बताउनुभयो । भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व. ललित बहादुर दर्जीको छोरा झलक दर्जी (प्रतिनिधि), तथा भवन निर्माण कम्पनी कार्की बन्धु–अमर…

Read More

शिवसताक्षी, १३ असार । झापाको शिवसताक्षी नगरपालिकाका ६९ शिक्षक सम्मानित भएका छन् । शिवसताक्षी नगरपालिकाद्वारा दूधेमा आयोजित शिक्षक सम्मान कार्यक्रममा नगरका ६९ शिक्षक सम्मानित भएका छन् । शिवसताक्षी पालिकाका भित्रका सेवा निबृत्त शिक्षक तथा कर्मचारीहरुलाई शिवसताक्षी नगरपालिका शिक्षा शाखाले सम्मान गरेको शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकृत छविलाल ढकालले जानकारी दिए । त्यस्तै नगरपालिकाले २०८० सालमा एसईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरेका सामुदायिक तथा संस्थागत विद्यालयका ११ जना छात्र छात्रालाई नगदसहित सम्मान गरेको छ । सेवा निबृत्त शिक्षक तथा उत्कृष्ट विद्यार्र्थीलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिक्षा अधिकृत छविलाल ढकाल, शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।…

Read More

बिर्तामोड, १३ असार । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरेको बताउनु भयो । वडा नम्बर १०को सभाहलमा आज आयोजित आर्थिक वर्ष २०८०र०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बिर्तामोडमा कुनै प्राकृतिक स्रोत नभएकाकारण आम्दानी थोरै हुने गरेको र उठेको बजेटलाई समानुपातिक ढंगले वितरण गरेको बताउनु भयो । नगर प्रमुख प्रसाईले संघिय सरकारले लगाएको ठेक्कामा विभिन्न प्रकारका समस्या आउने गरेको बताउनु भयो । उहाँले समयमा काम नहुने, ठेकेदार सम्पर्कमा नआउने लगायतका समस्या रहेको बताउनु भयो । पालिकाले लगाएका ठेक्कामा भने त्यस्तो समस्या नरहेको उहाँको भनाई छ । सहभागीहरुले राखेको जिज्ञासामा…

Read More

बाह्रदशी, १३ असार । माध्यमिक शिक्षा परीक्षा झापाको बाह्रदशी गाउँपालिकामा कञ्चन ज्योति अङ्ग्रेजी माविकी छात्रा सिम्रन सापकोटा पालिका उत्कृष्ट भएको दाबी गरिएको छ । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार सापकोटाले ३.८७ जिपिए ल्याएर पालिका उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक निमेश ढुङ्गेलले दाबी गर्नुभयो । ‘हामीलाई जनकारी भएसम्म हाम्रो विद्यालयकी छात्रा उत्कृष्ट भएकी छन्’, उहाँले भन्नुभयो, ‘उत्कृष्ट नतिजा आएकोमा हामी खुसी छौं ।’ त्यस्तै, बाह्रदशी–६ स्थित मिनी माउन्टेन अङ्ग्रेजी माविकी सविता कार्की ३.८४ जिपिएसहित दोस्रो उत्कृष्ट भएको उक्त विद्यालयले समेत दाबी गरेको छ । तर, आधिकारिक निकायबाट यसको पुष्टि हुन बाँकी छ । विद्यालयले दाबी गरे पनि बाह्रदशी गाउँपालिकाको शिक्षा शाखाले…

Read More

बिर्तामोड, १३ असार । झापा बिर्तामोड नगरपालिकाबाट कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–७ फक्तालुङ (सिरान) टोलका ३० को सुरेश पराजुलीले आफ्नै भाउजु गीता पराजुलीसँग झै–झगडा तथा बिबाद गरी रहेको भन्ने सुचना प्राप्त हुना साथ तत्काल प्रहरी टोली सम्बन्धित स्थानमा खटी जाँदा निज सुरेश पराजुलीको घरमा अवैध हतियार समेत रहेको घर कोठा लगायत आसपासको एरियामा रितपूर्वक तलासी लिँदा लुकाई–छिपाई राखिएको अवस्थाको बिडसहितको पूरा लम्बाई १० इञ्च रहेको कटुवा पेस्तोल एक थान फेला परेको हुँदा उल्लेखित कटुवा पेस्तोल बरामद गरी निज सुरेश पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Read More