
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ असार । झापाको मेचीनगर नगरपालिका–३ धरधरे टोलस्थित सुकेनिन्दा किनारमा एउटा भाले जंगली हात्ती मृत फेला परेको छ । आज करिब ९–१० वर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सव–डिभिजन कार्यालय धाइजनबाट फिल्ड अफिसर कर्ण विश्चकर्मासहितको टोली आएर अनुसन्धान गरिरहेको छ भने थप पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १३ असार । वैदेशिक रोजगारको सिलसियामा मलेसिया पुग्नुभएका झापाका ५५ वर्षीय चन्द्र लिम्बू यतिबेला स्वदेश फिर्तीको पखाइमा हुनुहन्छ । वैदेशिक रोजगारीको शिलशिलामा २३ वर्षअघि मलेसिया पुग्नु भएका लिम्बू अहिले स्वदेश फिर्तीको पखाईमा हुनुहुन्छ । वैदेशिक रोजगारीका लागि सन् २००१ मा मलेसिया पुग्नुभएका उहाँ विगत १४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको बताउनुहुन्छ । आफ्नो स्थायी ठेगाना तत्कालीन महेशपुर गाविस–१ रहेको उहाँले बताउनुभयो । साविक महेशपुर–१ हाल भद्रपुर नगरपालिका–३ मा पर्छ । “काममा जाँदा डायरी र फोन सबै हरायो”, झापा अनलाइनसँगको फोन सम्पर्कमा उहाँले भन्नुभयो, “अहिले बिरामी छु, एक दुई बाल्टी पानी बोक्न पनि सक्दिनँ ।” अवैधानिक रुपमा मलेसियामा बसेकाले फर्किन समस्या…
बिर्तामोड, १२ असार । झापाको बिर्तामोड नगरपालिकाले यहाँका कृषक तथा व्यवसायीलाई कृषि सामग्री प्रदान गरेको छ । नगरपालिकाले ५० प्रतिशत लागत सहभागितामा यहाँका कृषक तथा व्यवसायीलाई कृषि सामग्री प्रदान गरेको हो । बुधबार एक कार्यक्रमका बीच नगरपालिकाले दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेसिन वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगीता सिवा, सीता विश्वकर्मा लगायतले उनीहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख प्रसाईंले नगरले प्रदान गरेको सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुहुँदै कृषि…
झापा, १३ असार । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए । छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए। मोरङ, सुनसरी, झापा…
झापा, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण भएका छन् । १८६ जना विद्यार्थीको ४ जिपिए आएको छ भने २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । ०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट…
झापा, १२ असार । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ । बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए । “हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौँ”, उनले भने ।” मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस,…
बिर्तामोड, १२ असार । नेपाल चलचित्र निर्माता संघको केन्द्रीय सदस्यमा झापाका चलचित्र निर्माता युवराज गिरी मनोनित भएका छन् । निर्माता गिरीलाई संघको गत जेठ १४ गतेको बैंठकले केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । गिरीसँगै राजेन्द्र त्रिपाठीलाई पनि संघले केन्द्रिय सदस्यमा बैंठकले मनोनित गरेको थियो । संघका अध्यक्ष नवल खड्काले मनोनीत गिरी र त्रिपाठीलाई आज (बुधवार) काठमाडौंस्थित संघको कार्यालय गहना पोखरीमा पदभार तथा सपथग्रहण गराएका हुन् । संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको पदभार तथा सपथग्रहण कार्यक्रममा चलचित्र निर्माता, कलाकार, चलचित्रकर्मीलगायतको आतिथ्य रहेको थियो । संघको अध्यक्षमा नवल खड्का, निबर्तमान अध्यक्ष आकाश अधिकारी, बरिष्ठ उपाध्यक्ष उदयकुमार इङनाम, द्धितीय उपाध्यक्ष दिपेन्द्र के…
झापा, १२ असार । झापाको बाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः खगेन्द्रबहादुर कार्की चयन भएका छन् । संघको दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् । बाह्रदशी गाउँपालिकामा रहेका व्यवसायीहरुले २०७२ सालमा कार्कीको अध्यक्षतामा उद्योग वाणिज्यसंघ स्थापना गरेका थिए । संस्थापक अध्यक्ष समेत रहेका कार्की दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्बसम्वत चयन भएका हुन् । समितिको उपाध्यक्षमा रेणुका भुर्तेल, सचिवमा जयनारायण आचार्य र कोषाध्यक्षमा कृष्ण थापा चयन भएका हुन् । समितिको सदस्यमा पदम गिरी, लोकनाथ संग्रौला, जयवहादुर वुढाथोकी, सुशीला राजवंशी, धर्म उप्रेती, दुर्गा राउत, गायत्री कुमारी साह, डम्बर राज थापा र टंक वहादुर रसाइली रहेका छन् । प्रमुख अतिथि…
झापा, १२ असार । झापामा कृषक तथा व्यवसायीहरुलाई अग्र्यानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपालमा उत्पादन अग्र्यानिक विधिबाट कृषिवस्तु उत्पादन गर्न र ती वस्तुलाई प्रक्रियागत ढंगबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र त्यसबाट उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना र अर्गानिक एसोसिएसन नेपाल, ललितपुरको संयोजनमा झापाका ३० जनाभन्दा बढी उद्यमी तथा कृषकलाई क्षमता अभिबृद्धि प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा महिला उद्यमी तथा कृषकको सहभागिता उल्लेख्य थियो । झापाको विर्तामोडस्थित होटल टाइमलेस मोमेन्टको हलमा यही ८ गते सुरु भएको प्रशिक्षण आज बुधबार सम्पन्न भएको छ । तालिममा…
बनियानी, १२ असार । अबिरल वर्षा कारण डुबान तथा जोखिममा परेका झापा कचनकवल गाउँपालिका–७ भठ्ठाटोलका ११ घर–परिवारको आज उद्धार गरिएको छ । अबिरल वर्षा कारण कचनकवल–७ भठ्ठाटोलमा डुबानमा परी जोखिममा रहेका ११ घरपरिवारको इलाका प्रहरी कार्यालय बनियानी र सीमा सुरक्षा प्रहरी बल पाठामारीबाट खटिएका संयुक्त प्रहरीले उद्धार गरेको हो । डुबानका कारण कनचकवल–७ का फुलमान बेगम, रसिदिन बीबी, अजिम अन्सारी, अन्जर अन्सारी, नसुरुल अन्सारी, सहमेजुदिन अन्सारी, नाजुक आलम, सफिकुल अन्सारी, सफरु अन्सारी, रशिदन बीबी खातुन र रुबिना बीबीको परीवार विस्थापित भएका छन् ।