झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ असार । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी,…

Read More

झापा, ११ असार । यस वर्ष पनि एसईईको नतिजा एसएमएसमार्फत हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा एसएमएसमार्फत नजिता हेर्न सकिने व्यवस्था मिलाएको हो । आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्नयाँ सन्देश लेख्नुहोस्टाइप गर्नुहोस् SEE <space> तपाईंको सिम्बोल नम्बर35001मा SMS पठाउनुहोस् ।

Read More

धरान, ११ असार । धरान उपमहानगरपालिका–१७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्र. १–०२–०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको हो । स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तत्काल फरार रहेका स्कुटर चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

कनकाई, ११ असार । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ। आज कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशन बीच सम्झौता भएको हो । सम्झौता पत्रमा नगर प्रमुख राजेन्द्र पोखरेल र फाउण्डेसनका कार्यक्रम निर्देशक दिपक सापकोटाले हस्ताक्षर गर्नु भएको छ।  नगरमा अपाङ्गता भएका नागरिकहरुको पुनःस्थापना र अपाङ्गता हुनबाट जोगाउने उद्देश्यले सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि नगरपालिका र फाउण्डेशन बीच सम्झौता भएको हो ।  कार्यक्रममा कोशी प्रदेश सरकारको सामाजिक विकास शाखा, कनकाई नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त लगानी रहने छ। कार्यक्रम मार्फत अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने…

Read More

झापा, ११ असार । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका–३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा मदरगाछीबाट सुरुङ्गा आउँदै गरेको प्र.१–०१–००१ह. ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई–३ सुरुङ्गा बस्ने ६० वर्षीय ओमप्रकाश भेट्वाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई घाईते बनाएको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान ११.३० बजेको समयमा मृत्यु भएको हो । अटो र चालक कन्काई–५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक…

Read More

काठमाडौँ, ११ असार । कोसी प्रदेश सरकारविरुद्धको मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहस मंगलबार सकिएको हो। न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा कार्यमा लागेको हुनाले सम्भवतः आजै यो मुद्दामा फैसला आउने सम्भावना रहेको छ। कोसीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वैशाखमा स्वतः पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कोसी प्रदेशको सरकार अब कसको…

Read More

ताप्लेजुङ, ११ असार । ताप्लेजुङमा एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ। पाथीभरा याङवरक गाउँपालिका–४ डुम्रिसेका ४२ वर्षीय नरेश खोयाहाङ लिम्बूलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिए। उनका अुनसार डुम्रिसे स्थित पिप्लेश्वरी आधारभूत विद्यालय अगाडि लोड गरिएको एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुज ५७ ग्राम, गोली जस्तो बस्तु एकथान, काँटी सहित सलाईको बट्टा ६ थान र खुकुरी एक थानसहित लिम्बूलाई पक्राउ गरिएको हो। लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

Read More

बागलुङ, ११ असार । यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने भएको छ । नगरपालिकाले छोरीको सम्मान र उनीहरुको उज्जवल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए। छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृत्तिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आवमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्ष…

Read More

भक्तपुर, ११ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए। परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’ उनले कर्मचारीहरूको…

Read More

काठमाडौँ, ११ असार । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । आवेदन दिनका लागि विभिन्न खालका योग्यता तोकिएको छ । जसमा यसअघि नै तय भएका २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १।५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त…

Read More