
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १० असार । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकाले आफूलाई अनुकूल समयमा सेवा लिनसमेत अनुरोध गरेको छ । सरकारले आगामी साउन १ गतेदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ,…
खानपान आहारविहार र जीवनशैलीमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सर रोग निको हुन्छ । तर हामीले ध्यान नदिदा निको हुन सक्ने क्यान्सरबाट अनाहकमा ज्यान फालि रहेका छौ । के के मा ध्यान पुर्याउने त ? १. सूर्तिजन्य पदार्थ सेवन नगर्ने : क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउछ भन्ने गरेको सुनेको छु । तर त्यो गलत हो । सूर्तिजन्य पदार्थमा भएका ४ हजार बढी हानिकारक रसायनमध्ये ४० वटा बढी शीर देखी पाउसम्मको सबै क्यान्सर बनाउने रसायन हुन्छ । त्यसैले यसको सेवन गर्नुहुदैन । २. बासी सडेगलेको डुसी खाना नखाने : कतिपयले…
सियोल, १० असार । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो । घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ । यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए । टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै ससाना विस्फोट…
राधा लुइटेलफिदिम, १० असार । फिदिम–१० र फालेलुङ–८ का उपभोक्ताले खानेपानी माग्दै आन्दोलन गरेका छन् । उनीहरूले सडकमा रित्तो गाग्री र प्लेकार्ड राखेर आन्दोलन थालेका हुन् । त्यहाँका उपभोक्ताले फालेलुङ–७ सिदिनस्थित प्युरेखोला मुहान भएर फिदिम–१० र फालेलुङ–८ का नागरिकलाई पानी वितरण गर्न लागिए पनि काम सक्ने बेलामा मुहान क्षेत्रका नागरिकले अवरोध गरेको भन्दै आइतबार आकासेभन्ज्याङमा रित्ता गाग्री र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् । आन्दोलनमा करिब दुई सय नागरिक सहभागी थिए । उनीहरूको आन्दोलनका कारण फिदिमबाट फालेलुङतर्फ र फालेलुङबाट फिदिमतर्फ आउने सबै खालका सवारीसाधन आवागमन ठप्प भएका छन् । दुई वटा वडाका एक हजार २११ घरधुरीलाई खानेपानी सुविधा दिन २०७९ साल साउन ४ गतेदेखि सुरु…
लीलाराज खड्काबिर्तामोड, १० असार । नेपाली कांग्रेस कनकाई नगर समितिको समन्वय एवम् सहजीकरण समितिले कनकाई नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशाशर्मा शिवाकोटीलाई कांग्रेसका सहजीकरण एवम् सहजीकरणका संयोजक रुद्रप्रसाद चिमरिया, नेपाली कांग्रेस कनकाई नगर समितिका अध्यक्ष दुर्गाप्रसाई लगायातको टोलीले भेटेर उक्त ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानार्षण पत्रमा कनकाई नगरपालिकामा विद्यालयमा आवश्यक दरबन्दीको व्यावस्था गरी निःशुल्क शिक्षाको प्रबन्ध गर्नेदेखि लिएर सार्वजनिक शिक्षाका लागि स्थानीय पाठ्यक्रमनै निर्माण गरी आवश्यक दरबन्दीको व्यावस्था गरी गुणस्तरीय शिक्षा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने, कृषकलाई सिँचाइका लागि आवश्यक मोटर वितरण र सिँचाइका लागि बिजुलीको बिल तिरिदिने प्रबन्ध नगरपालिकाले गरिदिने, उन्नत जातका बिउ बिजन…
काठमाण्डौ, १० असार । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो । मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दायर भएपछि स्वतः निलम्बित भएको र अहिलेलाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो । अख्तियारले हिजो मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको…
बिर्तामोड, १० असार । मेचीनगरमा क्रियाशील पाँच राजनीतिक दलले नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्बारे सर्वदलीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन नगरपालिकासँग माग गरेको छ । नेपाली कांग्रेसका सुवेशकुमार पनेरु, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विशालकृष्ण बास्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीका भिमबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका हरि तिम्सिनाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा अनियन्त्रित उत्खननकै कारण बनेको खाल्डोमा जम्मा भएको पानीमा डुवेर मेचीनगर–३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएको दावी गर्दै अनियन्त्रीत उत्खननको छानविनका लागि सर्वदलीय समिति गठन गरी सत्यतथ्य बाहिर ल्याएर दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ । भण्डारीको पौडी…
काठमाण्डौ, १० असार । आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ुडक वर्थ लुईसुका आधारमा तीन विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । वर्षा कारण छोट्टाइएको खेलमा एक सय २३ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६ ओभर एक बलमा सात विकेट गुमाएर भेटायो । उसका लागि ट्रिस्टन स्टब्सले २९ र मार्को जेन्सेन अविजित २१ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले तीन विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेपले समान दुई विकेट…
बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ । व्युटी पार्लर, ढाका बुनाई र सिलाई कटाई तालिमको समापन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र हस्तान्तरण गर्नु भयो ।तालिम वडा नम्बर ५ का विभिन्न क्षेत्रमा २ महिनासम्म सञ्चालन भएको थियो । तालिममा व्यटी पार्लर तर्फ १५ जना, ढाका बुनाईमा ६ जना र सिलाई कटाईमा पनि ६ जनाको सहभागिता रहेको थियो । व्युटीपार्लरमा रश्मी रसाईली र संगिता रसाईली, ढाकामा मंगलमाया केरुङ, सिलाई कटाईमा सर्मिला अधिकारीले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा बोल्दै…
झापा, १० असार । देशभरका सात सय ५३ स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८१–०८२ का आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ। ७ सय ५३ पालिकामध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। आइतबारसम्म ३८ स्थानीय तहले बजेट पेस गरिसकेका छन्। आज सात सय १५ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ। असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम…