झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, ४ जेठ । झापाको शिवसताक्षीमा आजबाट नेपाल स्काउट नगर शिवसताक्षी नगर समितिले लागुऔषध सम्बन्धी अभिमुखीकरण र साइबर क्राइम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नगरका सामुदायिक र संस्थागत विद्यालयहरुका स्काउटर विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम दिन सुरु गरिएको हो । आज व्याङ्गडाँडा स्थित श्री भगवती माध्यमिक विद्यालयमा तालिमको उद्घाटन गरिएको हो । तालिमको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लागुऔषध सेवनले परिवार, गाउँ, समाज विग्रिदै गएको अवस्थामा स्काउटर विद्यार्थीहरुलाई आगुऔषध विरुद्ध जनचेतना जगाउने, लागु औषध नियन्त्रण गर्ने जस्ता काममा स्काउटर विद्यार्थीहरुले गाउँ समाजमा सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए । स्काउटर…

Read More

झापा, ३ जेठ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखाबाट चोरी तस्करीको काठ बरामद गरिएको छ । आज बिहान शिवसताक्षी–१० दोमुखा स्थित माई खोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याई रहेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन वन कार्यालय इलाम र माई सुखानी सब डिभिजन वन कार्यालय ईलामबाट खटिएको वन रक्षक तथा गैंडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले काठ बरामद गरेको हो । टोलीले चोरी तस्करी गरी लैजान लागेको सखुवा जातको २२ क्युबिक फिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करिब ६० हजार रुपैयाँ मूल्य रहेको उक्त काठ नियन्त्रणमा…

Read More

सन्तोष शर्माझापा, ३ जेठ । डिभिजन वन कार्यालय झापाले मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि ड्रोन खरीद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित रू १० लाखको लागतमा ड्रोन खरिद गरिएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । “ड्रोनलाई मोडिफाइ गरेर लाइट र साइरन पनि जडान गरिएको छ”, उहाँले भन्नुभयो, “जंगलबाट बाहिर आएको हात्तीलाई ड्रोनको मद्दतले सुरक्षित रुपमा जंगलभित्रै पठाउने योजना छ ।” सँगै काठ र वन्यजन्तुको चोरी–तस्करी नियन्त्रण गर्ने प्रयोजनमा समेत ड्रोनको प्रयोग हुने उहाँको भनाइ छ । वनको कतिपय स्थानमा जान सक्ने अवस्था नरहेकाले…

Read More

काठमाडौँ, ३ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् । सञ्चारिका समूह नेपालले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उनले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी हुन् । उनले भनिन्, “विपद्पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषणलगायतमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने बेला आएको छ । जोखिमको ज्ञान र जोखिमको अनुगमन…

Read More

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरामा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी बैंकमा दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

Read More

काठमाडौँ, ३ जेठ । सिरियल अभिनयबाट बेलाबेलामा कलाकारको जोडी चर्चामा आउने गर्छन् । यो भिडमा कलाकार राजु पौडेल (राजु मास्टर) र अन्जु निरौलाको जोडी पनि अगाडि आएको छ । राजु र अन्जु केही समययता सिरियल ‘सकस’मा जोडीको रूपमा देखिँदै आएका छन् । जसको चर्चा परिचर्चा हुन थालेको छ । हालसम्म २६ भाग प्रसारमा आइसकेको सिरियलमा राजु र अञ्जुले केही भाग अगाडिबाट मात्र सहकार्य थालेका थिए । यी दुवै अहिले सिरियलमा प्रेमीप्रेमीकाको रूपमा देखिँदै आएका छन् । राजु सिरियलमा ‘चन्द्रे’ नामक चरित्रमा छन् भने अन्जु ‘मुना’को भुमिकामा छिन् । सिरियलमा अहिले ‘चन्द्रे’ र ‘मुना’को रोमाञ्चित प्रेमकथा चलिरहेको छ । जसको कारणले…

Read More

काठमाण्डौ, ३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उसले यो खेल जितेमा प्लेअफमा छनोट हुनेछ । त्यसैगरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको छ । यसअघि कोलकोतासँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अङ्कसहित तालिकामा आठौँ स्थानमा छ ।

Read More

झापा, ३ जेठ । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ७६ लाख ४० हजार राजस्व सङ्कलन भएको हो । कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार कम सङ्कलन भएको छ । उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका…

Read More

झापा, ३ जेठ । झापाको दमक नगरपालिका वडा नं–६ स्थित पशुहाटबाट सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो । शर्माले दमकको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई पहेँलो धातु देखाएर सुनका गरगहना सट्टापट्टा गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई दमक नगरपालिका–६ बाट ५६.३१० ग्राम पहेँलो धातुसहित पक्राउ गरेको हो । शर्मालाई झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपका लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरज श्रेष्ठ आउनुभएको छ।  सामान्य प्रशासन मन्त्रालयबाट श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो । श्रेष्ठले आजदेखि नगरपालिकामा कार्यभारसमेत सम्हालिसक्नुभएको छ।  श्रेष्ठ राज्य पुनरसंरचनापछि बनेको कनकाई नगरपालिकाको सातौं प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सूचना विभागमा कार्यरत उहाँ उपसचिवमा बढुवा भएपछि सामान्य प्रशासन मन्त्रालयमा जानु भएको थियो । २४ वर्ष राष्ट्रसेवक कर्मचारीका रूपमा सेवा गरिसक्नुभएका श्रेष्ठ पहिलोपटक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो। श्रेष्ठ इलामको सूर्योदय नगरपालिका -१० का स्थायी बासिन्दा हुनुहुन्छ ।

Read More