झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ११ बैशाख । जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्युनिकरण एवम् अपाङ्गता भएका ब्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्ने लक्ष्यका साथ कोशी प्रदेशमा बिविध कार्यक्रम सञ्चालन भइरहेका छन् । कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा अपाङ्गताको जीवनस्तर सुधार गर्न अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको हो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजना तथा करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशीको सहकार्यमा झापाको बिर्तामोडमा मंगलबार (आज) अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सम्बन्धी अभिमूखिकरण भएको हो । सोही कार्यक्रममा नेपालमा ६ लाख ६१ हजार ६२१ जना अपाङ्ता भएका मानिस रहेको…

Read More

चन्द्र बस्नेतकनकाई, ११ चैत । झापाको कनकाई ३ सुरुङ्गामा विशेष पुजा अर्चना सहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाएको छ । कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कनक्काई सुरुङ्गाका सस्था द्वय पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।आज मंगलबार हनुमान जन्मजयन्तीको अवसरपारी कार्यक्रमको आयोजना गरिएको आयोजक सस्था द्वयले जनाएका छ्न। कनकाई उद्योग वाणिज्य संघको उत्तरमा रहेको हनुमान मन्दिरमा पाठ– पारायण गर्दै बिहान् १०बजे बाट हनुमानजिको तस्बिर (ब्यानर , झन्डा ) सहित सयौंको संख्यामा रहेका सहभागीहरुले सुरुङ्गा बजारभरि निशान यात्रा विशेष झाँकी, श्रीराम भजन गित संगित सहित सुरुङ्गा बजार परिक्रमा गर्दै…

Read More

विर्तामोड, ११ वैशााख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर– ३ बिराट आदर्श टोल स्थित एक जना पुरुषलाई लागु औषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर–८ त्रिपुरा सुन्दरी बस्ने अन्दाजी २५ वर्षका रोशन थापा रहेका छन् । उनलाई हिड्डुल गरी रहेको भन्र्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टको कमाण्डमा प्रहरी टोली खटिनगइ शंकास्पद अबस्थामा फेला पारी चेकजाच गर्दा निजको साथबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ (४४ ग्राम ६९०मिलिग्राम र प्लष्टिक बाहेक ३९ ग्राम १० मिलिग्राम फेला परेको थियो । साथै उनको साथमा १ थान मोवाइल, नगद रु…

Read More

झापा, ११ बैशाख । बुद्वशान्तिमा बैशाख १५ गतेदेखि हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ । प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम भईसकेको छ । दर्शकको सुविधाका लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । मैदान मर्मत गर्ने काम अन्तिम अवस्थामा पुगेको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो। दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति,…

Read More

बागलुङ, ११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका छन् । आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र…

Read More

काठमाण्डौ, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि चेन्नईमा शुरु हुनेछ । चेन्नई तालिकाको चौथो र लखनउ पाँचौँ स्थानमा छ । यो सिजन चेन्नई र लखनउले अहिलेसम्म ७ खेलमा समान ४ जित हासिल ८ अङ्क जोडेका छन् । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफल टोलीमध्येको एक हो । गए राति भएको खेलमा मुम्बईलाई ९ विकेटले हराएको राजस्थान आठ खेलमा १४ अङ्कसहित शीर्षस्थानमा यथावत् छ ।

Read More

एजेन्सी, ११ वैशाख । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

Read More

झापा, ११ बैशाख । झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको गाउँ शिक्षा समिति अध्यक्ष एवम् गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले बताउनुभयो । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरेको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो । कार्यवाहक अध्यक्ष थपलियाका अनुसार पालिकाले छात्रवृत्ति स्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २ सय ५० रुपैयाँ र कक्षा १२…

Read More

राजेश ढुंगानाबद्रिया अर्थात् बद्री डो‌मको‌ मुखबाट एकाबिहानै‌ ह्वास्स र‌क्सीको‌ गन्ध आयो‌ । बिहान उठे‌पछि एक गिलास र‌क्सी खान थाले‌र‌ मात्र उसको‌ दिनचर्या प्रार‌म्भ हुन्छ । पिउन नभएर‌ खान नै‌ यसकार‌ण कि, बे‌ड–टी भए पो‌ पिउनु ! बिहान पिउन थाले‌पछि एक गिलास, फे‌रि‌ एक गिलास, एक गिलास र‌ फे‌रि‌ एक गिलास र‌क्सीले‌ गर्दा खान मन नलागे‌को‌ हो‌ उसलाई कि र‌क्सी खाएर‌ खान नपुगे‌को‌ हो‌ ?— यो‌ प्रश्नले‌ उत्तर‌ आजसम्म नपाए पनि र‌क्सी खाएपछि ऊ के‌ही खाँदै‌न, निष्कर्ष यति मात्र हो‌ । एक दिन सिकिस्त भएर‌ उसलाई हाकिमहरूले‌ सिने‌माहल चो‌कको‌ गणे‌श डाक्टर‌को‌मा लगे‌का थिए । सबै‌ जाँचिसके‌र‌ बंगाली डाक्टर‌ गणे‌श बाबूले‌ उसलाई भने‌का थिए, ‘र‌क्सीको‌ असर‌ले‌…

Read More

झापा, ११ बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयम् राष्ट्रपति पौडेल जाने जनाइएको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा भोलि वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय…

Read More