झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ जेठ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका…

Read More

झापा, ८ जेठ । काठमाडौँको थलीमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताउनुभयो । घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

Read More

झापा, ८ जेठ । ४३ वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गौरीगञ्ज गाउँपालिकाको पहलमा सो जग्गा सरकारको स्वामित्वमा ल्याइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । सरकारी स्वामित्वमा ल्याइएको जग्गा गौरीगञ्ज–२, ३ र ४ मा रहेको छ । विसं २०३८ मा जग्गादाता भीमप्रसाद चौधरीले बुबा लोकनाथ चौधरीको स्मृतिमा लोक सेवा सदन नामक संस्थालाई जग्गा राजीनामा पास गरी दान दिएका थिए । संस्था कहिल्यै सक्रिय नरहेकै अवस्थामा विसं २०५९ मा लोक सेवा सदन नामक अर्को नक्कली संस्था खडा गरी केही व्यक्तिले जग्गा…

Read More

शिवसताक्षी, ७ जेठ । नेकपा (एमाले) शिवसताक्षीको नगर अधिवेशनको तयारी पूरा भएको छ । आगामी जेठ १० र ११ गते हुने नगर अधिवेशनको तयारी पूरा भएको हो । आज दूधेमा पत्रकार सम्मेल गरी दोस्रो नगर अधिवेशनको लागो समेत सावर्जनिक गरिएको छ । अधिवेशनका लागि शिवसताक्षी नगरका ११ वटै वडाबाट प्रतिनिधि छनोटका काम सकिएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले उपलब्ध गराएको विवरण अनुसार शिवसताक्षीमा २ हजारर ४२२ पार्टी सदस्य रहेको बताइएको छ । अधिवेशनमा पार्टीको नवीकरण गरेका सदस्यहरुमध्ये वडाबाट नगर अधिवेशनका चुनिएर आएका सदस्यले भाग लिन पाउने व्यवस्था छ । जसमा शिवसताक्षी नगरपालिका ११ वटै वडाबाट ५१३ सदस्य चुनिएर…

Read More

बिर्तामोड, ७ जेठ । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिर्तामोड नगरपालिका–३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुडको रुम नम्बर सी४ बाट विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोली एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–५ का २६ वर्षीय कुन्दनकुमार शर्मा र भारत खुरीबारीका २३ वर्षीय रोहित मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । लागुऔषधमुद्धामा झापा जिल्ला अदालतबाट आज म्याद थप गरी थप…

Read More

बिर्तामोड, ७ जेठ । यसोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड–५ झापाले शव वाहन सञ्चालनमा ल्याएको छ । यसोदा निरौलाको नवौं स्मृति सभाको अवसरमा प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो । विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्यले आजदेखि शव वाहन सञ्चालन ल्याइएको प्रतिष्ठानका सचिव तथा स्वर्गीय निरौलाका पति रमेश निरौलाले जानकारी दिनुभयो । प्रतिष्ठानले सात लाख रुपैयाँको लागतमा सुविधायुक्त शव वाहन खरीद गरेको उहाँले बताउनुभयो । “विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारण घाटसम्म शव पु¥याउन नसक्ने अवस्थाका समुदायलाई निःशुल्क र आर्थिक अवस्था राम्रो भएकालाई सञ्चालन खर्च मात्र लिएर सेवा दिन्छौं ।” वि.सं. २०७२…

Read More

झापा, ७ जेठ । चलचित्र पत्रकार संघ नेपाल झापाले संस्थाको २५ औँ स्थापना दिवस मनाएको छ । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा शुभकामना आदानप्रदानसहित स्थापना दिवस मनाइएको हो । नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र संघका केन्द्रीय सदस्य पोखरेलले सिङ्गो चलचित्र क्षेत्रको प्रबर्द्धनका लागि चलचित्र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै झापामा पहिलोपटक मनाइएको स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले झापामा चलचित्र पत्रकारहरुको भूमिकाको चर्चा गर्दै चलचित्रकर्मी र चलचित्र पत्रकार शरीर श्वासको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।…

Read More

एजेन्सी, ७ जेठ । गर्मीयाममा छालासम्बन्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको संक्रमण हो, जुन पसिना ग्रन्थीका प्वालहरु कुनै बन्द भएमा आउने गर्छ । अर्थात् छालामा पसिनाका कारण आउने स(साना बिमिरालाई घमौरा भनेर बुझिन्छ । यसलाई चिकित्सकीय भाषामा मिलिरिया भनिन्छ । अत्याधिक पसिना आउँदा, छालामा धुलोमैलो जम्मा हुँदा, गर्मीमा बाक्लो लुगा लगाउँदा, प्रदूषित वातावरणको कारण प्वाल बन्द हुनसक्छ । छाला चिलाउने, छालामा रातो–रातो बिमिरा आउने, पोल्ने, शरीर गन्हाउने जस्ता लक्षण घमौरा आउँदा देखापर्छ । पसिना निस्कने प्वाल तीन तरिकाले…

Read More

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो कार्यकालमा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । संसदमा उपस्थित १५८ जना सांसदमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य मत परेको छ । तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराएका थिए । प्रधानमन्त्री भएको १७ महिनामा प्रचण्डले चौथोपटक विश्वासको मत लिएका हुन् । समीकरण फेरिएको तीन महिना नपुग्दै सरकारमा सहभागी दल जसपा नेपाल विभाजन भएपछि प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो । जसपा नेपालले सरकारलाई…

Read More

काठमाण्डौ, ७ जेठ । दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् । नियमित कप्तान रोभम्यान पावेल उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी गर्ने भएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहँदा पावेलसहित वेस्ट इन्डिजका अन्य खेलाडी भारतमै छन् । रोभम्यान पावेल आईपीएल २०२४ मा राजस्थान रोयल्सबाट खेलिरहेका छन् । तीन खेलको टी–२० शृङ्खला आउँदो बिहीवारदेखि शुरु हुँदैछ । यस्तै दोस्रो खेल शनिवार र तेस्रो खेल आइतवार हुनेछ । तीन वटै खेल जमैकाको सबिना पार्कमा हुने तालिका छ । आउँदो जुन २ तारिखदेखि शुरु…

Read More