
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाण्डौ, १२ असार । कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो जीत निकालेको छ । अर्जेन्टिना समूह एबाट अघिल्लो चरणमा पुगेको छ । उसले आज बिहान भएको समूह एको खेलमा चिलीलाई एक–शुन्य गोलले हरायो । न्यू जर्सीमा भएको खेलमा ८८ औँ मिनेटमा लाउटरो माट्रिनेजले गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई दुई–शुन्य गोलले हराएको थियो । लगातार दुई जीतसहित अर्जेन्टिना समूह एको शीर्ष स्थानमा छ । उसको छ अङ्क छ । आज बिहान भएको खेलमा क्यानडाले पेरूलाई एक–शुन्य गोलले हरायो । क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। क्यानडा दुई खेलमा…
कैलाली, १२ असार । कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३, भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८, एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए । उनका अनुसार डगौराको खेतमा आली बनाउने क्रममा चट्याङ लागेर घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो । चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । त्यस्तै, घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रीता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुष्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय…
भद्रपुर, १२ असार । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो । चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार जिपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक,…
बिर्तामोड, १२ असार । झापाको बिर्तामोड–७ बाह्रघरेमा जंगली हात्तीले उपद्रो मच्चाएको छ । हात्तीले गएराति तीन वटा घरमा क्षति गरेको हो । जंगली हात्तीले बिर्तामोड–७ का भवानी सुनुवार, राम पौडिया सतार र रसौदा खातुनको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीले सुनवारको पक्की घेराबारा, टिनको छानो भएको एक तले घरको पश्चिम उत्तर तर्फको पर्खाल भत्काउँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सतारको टाटी घेराबारा, टिनको छानो भएको एक तले घरको दक्षिण तर्फबाट टाटी भत्काउँदा ३० हजार र खातुनको टिनको गुम्टीको अगाडीको ढोका भत्काउँदा अन्दाजी २ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।…
झापा, १२ असार । झापाको कचनकवल गाउँपालिकामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । सर्पदंशबाट मंगलबार साँझ कचनकवल गाउँपालिका–३ स्थित ठूलो केचनाकी १२ वर्षीया मनिषा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उनलाई घरको भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा बिषालु सर्पले टोकेको थियो । बालिकालाई उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच, मंगलबार राति मेचीनगर नगरपालिका–१४ नमुना टोलका बामरा सतारको २० महिने छोरा रिहान सतारको डुबेर मृत्यु भएको छ । घरदेखि करिब तीन सय मिटर पूर्वमा…
बिर्तामोड, १२ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । झापा शाखाको आज बसेको बैठकले प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा (सान्दाइ)को नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा दिपेन्द्र अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता लक्ष्मी खनाल कोइराला रहेको अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र जिल्लाको सहित तीनै तहको निर्वाचन तालिका सार्वजनिक गरेको छ । सोही अनुरुप झापा शाखाले पनि निर्वाचन निर्वाचन समिति गठन गरेको हो ।
शिवसताक्षी, १२ असार । शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा अपङ्गता न्यूनकरणका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि मंगलबार शिवसताक्षी नगरपालिकामा करुणा फाउण्डेसन र शिवसताक्षी नगरपालिका बीच सम्झौता भएको हो । जन्मजात तथा जन्मपश्चात हुने अपाङ्गता न्यूनीकरण गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा पुन स्थापना गर्ने कार्यक्रम सञ्चालनका लागि नगरपालिकासँग सम्झौता भएको हो । कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछ। सम्झौता अनुसार मिति २०८१ साल श्रावणबाट ०८४ असार मसान्तसम्म सम्झौता लागु हुनेछ । सम्झौता अवधिमा नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य…
झापा, १२ असार । झापा मेचीनगर नगरपालिकामा मंगलबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ । मेचीनगर–१४ नमुना टोलका बामरा सतारको छोरा २० महिनाको रिहान सतारको घरदेखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुवि मृत्यू भएको भन्ने जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोलि खटि गई घटना स्थल सुरक्षित राखेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी शव पोष्टमाटमका लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बनियानी, १२ असार । झापाको कचनकवलमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। मंगलबार साँझ ५ः३० बजेको समयमा कचनकवल ३ स्थित बढो केचना घर भएका हरि राजवंशीकी अन्दाजी १२ वर्षीया छोरीलाई घरको भण्डार कोठा भित्रको टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते बालिकाको बिर्तामोडस्थित वि एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।
सुन्दरहरैँचा, १२ असार । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।