झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

के तपाईंले कहिल्यै आफ्नो पिसाबको रङ याद गर्नुभएको छ ? प्रश्न अनौठो लाग्न सक्छ तर यसमा हाम्रो स्वास्थ्यका धेरै रहस्य लुकेका छन् । जयपुरस्थित नारायण अस्पतालका नेफ्रोलोजी विभागका वरिष्ठ परामर्शदाता डा. कमल कासवान पिसाबको रङलाई ध्यानमा राख्ने हो भने आफूलाई लाग्ने रोगका बारेमा जानकारी हुने र सजिलै उपचार गर्न सकिने बताउँछन्। डा. कासवान भन्छन्, ‘पिसाबको रङ परिवर्तन हुनेबित्तिकै रोग लागेको भन्ने हुँदैन। कहिलेकाहीँ खानपानका कारण पनि पिसाबको रङ परिवर्तन हुन सक्छ। तर खानपानले पिसाबको रङ परिवर्तन भएको हो अथवा रोगका कारण भैरहेको छ जानकारी राख्नु पर्छ।’ पहेँलो रङसामान्यतया पिसाबको रङ हल्का पहेँलो हुन्छ। पिसाबमा युरोक्रोम नामक तत्व हुन्छ, जसले यसलाई…

Read More

झापा, ९ असार । भारतसँग पराजित हुँदै बंगलादेश आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा बंगलादेशलाई ५० रनले पराजित गर्दै भारत भने सेमिफाइनल नजिक पुगेको हो । सुपर ८ को समूह ८ मा रहेको भारतले लगातार दोस्रो खेलमा जित निकाल्दै ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

Read More

झापा, ९ असार । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ र सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए । त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भएसँगै उनले स्कुटर पुरस्कार पाएका छन् । यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा…

Read More

झापा, ९ असार । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी…

Read More

भद्रपुर, ८ असार । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानको आयोजनामा बृहद साहित्यिक, साँस्कृतिक र साँगीतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरिएको हो । प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासित लामो समय साथमा रहेका लेखक, विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यमा विश्वेश्वरप्रसाद कोइरालाको नेपाली साहित्यमा रहेको योगदान र नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा विज्ञ सर्जक समालोचकहरूसित सामूहिक छलफल समेत गरिएको थियो । छलफलमा नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षकमा प्रा. कविराज न्यौपाने, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा र लेखक लेखनाथ भट्टराईले विचार मन्थन गरेर धारणा राखेका थिए भने सहजीकरण लेकख समालोचक विवश पोखरेलले गरेका थिए ।…

Read More

भद्रपुर, ८ असार । झापाको भद्रपुर नगरपालिका–६ स्थित आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको भौतिक पूर्वाधार विकासमा राजनीति गर्न खोज्दा बाधा सिर्जना भएको समितिका पदाधिकारीले दुखेसो पोखेका छन् । २०८० चैत्र मा निर्वाचित भएको प्रतिष्ठानको पहिलो कार्य समितिले जग्गा प्राप्ती, तथा संग्रालय भवन निर्माणको काम अगाडि बढाइरहँदा अध्यक्षका प्रत्यासी रहेका व्यक्तिले राजनीति गर्न खोज्दा काममा अवरोध आएको समितिको दुखेसो आएको हो । भद्रपुर ६ ओम प्रकाश गोयल कोलनी नजिकै रहेको प्रतिष्ठानको भवन निर्माणका लागि धकेन्द्र राजवंशी, मलचन राजवंशी, कमल राजवंशी, धनमती तामाङ राजवंशी, अर्जुन विष्ट, गणेश अधिकारी र श्यामसुन्दर अग्रवालले एक एक कठ्ठा गरी ७ कठ्ठा जग्गा प्रतिष्ठानको नाममा शुल्क…

Read More

विराटनगर, ८ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पत्रकारकै कारण पत्रकारिता क्षेत्रमा आकर्षण हराउन थालेको तथा संकटमा परेको बताएका छन्। शनिबार संचारिका समूह कोशी प्रदेशद्वारा आयोजित पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। अन्तर्राष्ट्रिय स्तरमा नै राष्ट्रियको चौथो अंगको दर्जा दिएको बताउँदै मन्त्री अधिकारीले पेसाप्रति जिम्मेवार रहनसमेत आग्रह गरे। सरकार सधैँ प्रेस स्वतन्त्रताको पक्षमा सूचनाको हक र अधिकारको पक्षमा रहेको बताउँदै उनले कोशी प्रदेशमा पनि प्रेस ऐन ल्याउने तयारी रहेको बताए। उनले सकेसम्म बजेट अधिवेशनको छलफलपश्चात् चाँडै प्रेस ऐन ल्याउने प्रतिबद्धता जाहेर गरे। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक…

Read More

आर के बुढाथोकी नीति भन्नाले के गर्ने या नगर्ने भन्ने पक्षलाई निर्धारण गर्ने निर्देशिका हो । यो कुनै कार्य गर्नलाई बनाइएको पूर्वनिर्धारित योजना पनि हो । नीतिले सामान्यतया कुनै कार्य सञ्चालनका खातिर दिशा प्रदान गर्दछ, फलस्वरूप कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकियोस् । फरकफरक पार्टी, सरकार तथा राज्यका आ-आफ्नै नीति रहेका हुन्छन्, जसले भविष्यमा सञ्चालन गरिने कार्यक्रम तथा योजनालाई निर्देशित गर्दछ । त्यही निर्देशिका जसलाई हामी नीति भन्दछौं । त्यसैअनुसार नै योजना बन्ने, कार्यक्रम सञ्चालन हुने तथा कार्यान्वयन हुने गर्दछ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तयार गर्न मात्रै दुई दिन बाँकी छ । कतिपय स्थानीय…

Read More

छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ । तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ । डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ । अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने…

Read More

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक गरेको छ । एसडी योगीको सङ्गीत रहेको गीतमा राम अविरल बिस्टको शब्द तथा सङ्गीतकार योगीको स्वर रहेको छ । प्रेमिल शैलीको यो गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो । अनिल बुढामगरले निर्देशन गरेको फिल्म असार २८ गते रिलिज हुँदै छ। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद…

Read More