झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कास्की, ८ असार । कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्न रोक लगाइएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले एपमार्फत यात्रु बोक्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो। यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानूनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले रोक लगाएको बताए। अनधिकृत रूपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ’, उनले भने, ‘प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौँ।’ गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवा वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था…

Read More

काठमाण्डौ, ८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने भएका छन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने भएका हुन् । रोहितले पहिलो पटक ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । यो टोलीमा रोहितसँगै शाहिन अफ्रिदी, कोलिन मुनरो, रोमारियो शेपहर्ड, रसी भान डेर डसेन पनि छन् । यस्तै दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्न लागेका हुन् । दीपेन्द्र र सन्दीपले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । यो टोलीमा दीपेन्द्र र सन्दीपसँगै बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवान, ड्वेन प्रिटोरियस पनि छन् । ग्लोबल टी–२०…

Read More

झापा, ८ असार । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालू आवमा शहरी क्षेत्र लक्षित करेसाबारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो । नमूना करेसाबारी प्रवद्र्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्षित गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए । ‘कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ’ –उनले भने । त्यसैगरी नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग…

Read More

बिर्तामोड, ८ साउन । झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भाडाको सिटी सफारीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक–४ का २७ वर्षीय बिर्जेश सुनुवारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको शरीर तलासी लिदाँ निजले वायाँ खुट्टामा लगाएको जुत्ताभित्र लागु औषध खैरो हेरोइन लिसाईलो पदार्थ २ ग्राम ४७० मिलिग्राम बरामद भएको छ । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ८ असार । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । असार १० गतेसम्म मतदाता…

Read More

झापा, ८ असार । झापाको मेचीनगर–१५ स्थित भद्रपुर–धुलाबारी सडकखण्डमा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ । बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको छ भने मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवारको उपचार भइरहेको छ ।

Read More

झापा, ८ असार । देशका पाँच वटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ…

Read More

द्रोण अधिकारी गुयेलीपरिवर्तनका निकै लामा रेखाहरू पार गरेको नेपालको उन्नति सोचे अनुरूप भइरहेको छैन । मानव विकास होस् या भौतिक पूर्वाधार विकास समय अनुकुल हुन सकिरहेको अवस्था छैन । पछिल्लो समय नेपालको भौतिक पूर्वाधार विकासमा किन स्तरीय प्रगति हुन सकेन ? भन्ने प्रश्न निकै ठूलो बहसका रूपमा आइरहेको छ । सामान्य मानिसले पनि सहजै भन्न सक्छ, नेपालको भौतिक पूर्वाधार विकासको बाधक नीति र नेतृत्व बीचको तालमेल अभाव सवैभन्दा ठूलो अवरोध हो । नीतिले समयमै काम हुने निर्देशन जारी गर्छ भने नेतृत्वले आफू अनुकुल र व्यक्तिगत लाभमा केन्द्रीत विकास गतिविधिमा जोड दिइरहेको देखिन्छ । यसले गर्दा विकासका काम स्तरीय हुनेभन्दा झारो…

Read More

बिर्तामोड, ७ असार । नेपाली कांग्रेस झापाले स्थानीय तहमा योजना छनौट गरी बजेट पुस्तिकामा समावेश गराउने कार्यमा क्रियाशील रहन नेपाली कांग्रेस पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति र पार्टी संगठनलाई निर्देशन दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले स्थानीय तहको नीति निर्माण एवं बजेट तर्जुमा कार्य भइरहेको हुँदा वडा एवं नगरस्तरका योजनाहरु बजेटमा समावेश गराउने कार्यमा क्रियाशील हुन निर्देशन दिएको पार्टीका उपसभापति शेरबहादुर भट्टराइले जानकारी दिनुभयो । स्थानीय तहमा असार १० भित्र नीति तथा योजना पेश गर्नुपर्ने र असार २५ भित्रमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक ब्यवस्था छ । पालिकाहरुमा नीति तथा बार्षिक…

Read More

झापा, ७ असार । झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ । सहारा…

Read More