
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ४ असार । अविरल वर्षाका कारण झापाको चन्द्रगढी बिर्तामोड सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । बिर्तामोड नगरपालिका–८ स्थित चन्द्रगढी बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुलेर चोकसम्मको सडक खण्डमा अबिरल बर्षाको कारणले सो स्थानमा रहेको १० वटा बिजुलीको पोल ढलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये एक वडा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टे परेर अड्केको छ भने एक वटा पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टे परेर अड्किएको छ । बाँकी ८ वटा पोल कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको छ । ती पोलमा बिर्तामोड नगरपालिकाले जडान गरेको ५ वटा सीसी क्यामेरा समेत बिग्रिएको…
झापा, ४ असार । अविरल वर्षाका कारण माई खोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट भएको छ । गत असार १ गतेदेखि निरन्तरको वर्षाले माई खोलामा आएको बाढीले झापाको झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै स्थानीयबासीले करिब ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, आज राति झापा गाउँपालिका–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको २ बिघा खेतको परालमा बर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउपालिकाको बारुण यन्त्र र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
भद्रपुर, ४ असार । पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडि रहेको बस्ती डुबानमा परेको छ । बर्सेनि डुबानको समस्या भोग्दै आएका स्थानीयबासीले वडा कार्यालय र नगरपालिकामा पटक–पटक जानकरी गराए पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । टोल विकास समितिले वडा कार्यालयमा गत वर्ष वडाको आवश्यकता अनुसारको योजना बुझाए पनि एउटा पनि योजना नपरेको टोल विकास समितिले जनाएको छ । आगामी आर्थिक वर्षका लागि टोल विकास समितिको सुझाव संकलन गर्ने क्रममा टोलबासीले विरोध जनाएका थिए । टोलबासीले वडा कार्यालयको विरोध गर्दै वडा कार्यालय परिसरमा धर्ना समेत दिएका थिए । भद्रपुर–६ का वडाध्यक्षले आफू खुसी अन्यत्रै बजेट लगेर टोलबासीलाई अपहेलना…
झापा, ४ असार । झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा दुई वटा बस एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । कमल–४ स्थित राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ नं. को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ नं. को यात्रु बस एकापसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार २१ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ । घाइतेहरुको परिचय बुझ्ने कार्य भइरहेको छ भने बस र टिपर घटनास्थलमै रहेका…
झापा, ४ अुसार । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का…
झापा, ४ असार । कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ । प्रदेशका १४ जिल्ला र एक सय ३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा ल्याएको हो । प्रदेशमा मनसुन भित्रिसकेका कारण विगतको विपद्का घटना र तथ्याङ्क विश्लेषण गरी समितिले प्रतिकार्य योजना आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो । योजनामा यस वर्ष मनसुनमा हुन सक्ने बर्षा, त्यसले पुर्याउने प्रभाव, सम्भावित क्षतिको आकलन तथा विश्लेषण गरिएको छ । प्रदेश सरकारका मन्त्रालय, सुरक्षा निकाय अन्य सहयोगी निकाय, विभिन्न निकायहरुबाट प्राप्त हुने प्रतिकार्य सामग्री, जनशक्तिजस्ता आधारभूत विषयवस्तु यस योजनामा समेट्ने प्रयास…
भद्रपुर ४ असार । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा रोजगार संवाद मञ्च गठन भएको छ । भद्रपुर नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवम् ढाँचा तथा विधिहरुको विकास गर्ने, रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले निजी तथा गैरसरकारी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज तथा सञ्चार क्षेत्रसमेतलाई समटेर सहभागितामूलक ढंगले रोजगार संवाद मञ्च गठन गरिएको हो । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आइतबार नगरपालिकाको सभाहलमा भएको भेलाले समति गठन गर्नुका साथै विभिन्न निर्णयहरु गरेको भद्रपुर नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक एवम् मञ्चका सदस्य सचिव टिकाराम पाण्डेले जानकारी दिए ।…
बनियानी, ३ असार । झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रको स्थापना दिवस मनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र रहेको उपचार केन्द्रको आज तेस्रो स्थापना दिवस मनाइएको हो । सर्पदंश प्रभावित पालिकाको रुपमा रहेको कचनकवलमा गत २०७८ असार ३ गते सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । स्थापना दिवसको अवसरमा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई कदर–पत्रसहित सम्मान गरिएको छ । गाउँपालिकाले सर्पदंश उपचारमा उल्लेख्य योगदान पुर्याएको भन्दै जनस्वास्थ्य निरीक्षक नविन मिश्र, अहेव हृदयनारायण शाह, अहेव नवाज नुरु अहमद, अहेव राधा राजवंशी र अनमी अनिता राईलाई कदर पत्रसहित सम्मान गरेको हो । उनीहरुलाई गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई लगायतले…
झापा, ३ असार । वृद्ध शरिर, मलिन अनुहार, हातमा फरुवा र बेल्चा । सुन्तले रंगको क्याप र अस्कोट आकृतिको कपडा लगाएर सडक किनारामा हरेक दिनजसो देखिने एक वृद्ध । बिर्तामोड–चन्द्रगढी सडक खण्डमा विगत ३८ बर्षदेखि दैनिक सडक सफा गरिरहेको अवस्थामा भेटिने ती व्यक्ति हुन् बिर्तामोड–८ का दलबहादुर शेर्पा । उमेरले ७० बर्षका शेर्पा यदि हुनेखाने परिवारमा जन्मिएका भए यतिबेला घरैमा आराम गरेर बसिरहेका हुन्थे । परिवार, छरछिमेक र इष्टमित्रसँग गफिएर दिन कटाइरहेका हुन्थे । अफसोच उनलाई त्यो अवसर छैन । शनिबारबाहेक प्रत्येक दिन सडक सफा गर्नु उनको दैनिकी हो । सडक सफा गर्दा सरकारले दिने दैनिक ज्यालाबाट परिवारको गुजारा चलाउनु…
नविन उप्रेती बनियानी, ३ असार । झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रको स्थापना दिवस मनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र रहेको उपचार केन्द्रको आज तेस्रो स्थापना दिवस मनाइएको हो । सर्पदंश प्रभावित पालिकाको रुपमा रहेको कचनकवलमा गत २०७८ असार ३ गते सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । स्थापना दिवसको अवसरमा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई कदर–पत्रसहित सम्मान गरिएको छ । गाउँपालिकाले सर्पदंश उपचारमा उल्लेख्य योगदान पुर्याएको भन्दै जनस्वास्थ्य निरीक्षक नविन मिश्र, अहेव हृदयनारायण शाह, अहेव नवाज नुरु अहमद, अहेव राधा राजवंशी र अनमी अनिता राईलाई कदर पत्रसहित सम्मान गरेको हो । उनीहरुलाई गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज…