
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सङ्खुवासभा, ६ असार । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ । पहिरोले मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवागमन ठप्प भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए । उनका अनुसार उत्तर–दक्षिण राजमार्गमा पर्ने उक्त पुल २० मिटर लामो थियो । पुल पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको आयोजनाका प्रमुख कोइरालाले बताए । उक्त पुल २०७९ सालमा…
कचनकवल, ६ असार । मनसुनको प्रभाव बढेसँगै झापाको कचनकवल गाउँपालिकाको विपद् व्यवस्थापन समितिको आज बैठक बसकेको छ । विपद व्यवस्थापन सम्बन्धी छलफल गर्न आज सरोकारावाला निकायहरुसँग बैठक बसेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले विपदको सामना कसरी गर्ने, क्षति न्यूनीकरणका विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले राहत वितरणका समन्दर्भमा समेत छलफल भएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले डुबान र बाढीको उच्च जोखिम भएको पालिका भएकाले बाढी प्रवावित क्षेत्र पहिचान गर्ने र एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा कचनवल–१ का वडाध्यक्ष महावीर लिम्बू, ५ का वडाध्यक्ष नूर आलम, ४ का कार्यवाहक वडाध्यक्ष मुस्तकोमा मियाँ, ६…
चन्द्र बस्नेतकनकाई, ६ असार । झापाको कन्काई नगरपालिका वडा नं. १ ले कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ । वडाका कृषकलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आज वडाले यहाँका कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो । वडा अध्यक्ष शुसिलकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले सबै वडामा माग अनुसारको मोटर तत्काल उपलब्ध गराउन नसकेपनि आवश्यकताका आधारमा मोटर वितरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले यस पटक सबै वडामा २सय४३ वटा वितरण गरिएको छ, आगामी वर्षमा थप वितरण गछौं”, उहाँले भन्नुभयो,…
भद्रपुर, ६ जेठ । चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो । चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित रु १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५ दशमलव ०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिए । उहाँका अनुसार चालुतर्फ रु १३ अर्ब…
झापा, ६ असार । झापाको दमक नगरपालिका–७ स्थित रतुवा खोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (बि.क.) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतकका आफन्तले घटनास्थलम आएर सनाखत गरेपछि पहिचान खुलेको उहाँले बताउनुभयो । रतुवा खोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको…
झापा, ६ असार । झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलस्थित टोलको पश्चिमतर्फबाट कन्काई माईखोलाले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् । टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ ।
सर्लाही, ६ असार । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान रोकी राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । उक्त दुर्घटनाबाट रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बसमा ४० जना सवार रहेका र दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ६ असार । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित…
झापा, ६ जेठ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका(९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
द्रोण अधिकारीभद्रपुर, ६ असार । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकाम्स आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेका छन् । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार र नगर सरकारको लगानीमा दर्जनौँ आयोजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेका भए पनि यी कामको गुणस्तर कायम राख्न प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिले इमान्दारिता देखाउन नसकेपछि ठेकेदारमैत्री काम भइरहेका हुन् । अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली खटाएर आयोजनाका काम गर्ने गरी सरकारले लगानी गरेको हुन्छ तर, प्राविधिक कर्मचारी ठेकेदारको इसारामा कमिशनको आडमा अलमलिँदा कमसल सामग्री प्रयोग गरी ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्ने गरेका छन् ।…