
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ जेठ । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए । जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उनले बताए । उनका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति…
झापा, २२ जेठ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । समूह डी मा यी दुई टोलीसँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यसअघि हिजो भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अफ्रिकाले २ अंक जोडेको छ ।
झापा, २२ जेठ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति आगलागी हूँदा दुई लाख बराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामी नगर टोलका उजेन बिर्जाको घरमा कोही अवस्थामा अचानक आगलागी भएको थियो । आगलागीको खबर खबर पाएपछि प्रहरी चौकि चारआलीबाट प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट घर भित्र रहेको लत्ता कपडा, भाडा बर्तन, फर्निचरका विभिन्न सर–सामानहरु र घर आशिंक रुपमा जल्दा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २१ जेठ । झापाको गौरीगञ्ज गाउँपालिकामा आज बेलुका आएको हावाहुरीले पाँच वटा घरको छाना उडाएको छ । आज बेलुका आएको हावाहुरीले गौरीगञ्ज–४ स्थित अल्टामारी पाँच वटा घरको छाना उडाउँदा करिब रू तीन लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीले एक वटा बिजुलीको पोल समेत ढालेको कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । हावाहुरीले गौरीगञ्ज–४ अल्टामारीका सम्पतलाल राजवंशीको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको घरको छाना उडाउँदा रू एक लाख, देवेन रायको घरको टिनको छाना उडाउँदा रू ८० हजार, मेघराज राजवंशी, प्रसादु राजवंशी र रविन राजवंशीको टिनको छाना उडाउँदा रू ५०/५० हजार…
दमक, २१ जेठ । पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं अभियानलाई तिव्र पारिएको छ । झापाको दमक वडा नं. ५ मा आज २ हजार २ विरुवा वितरण र रोपण गरिएको छ । नेकपा माओवादी केन्द्रले जनतालाई उत्पादनसँग जोड्न थालिएको अभियानले हालसम्म दमकमा ५ हजार विरुवा रोपाई भइसकेको छ । माओवादी केन्द्रका कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले १० बर्षे जनयुद्धबाट प्राप्त जनताको हातको शासन सत्ताले अव व्यवस्थामात्र नभएर जनताको अवस्था समेत परिर्वतन हुने गरी सवैले काम गर्नु पर्ने बताउनु भएको छ । उहाँका अनुसार जनतालाई रोजगारी र उत्पादनसँग जोड्न सकेमा पछाडि पारिएका र परेका जनताले खोजेको…
झापा, २१ जेठ । नेपाली गीत संगीतका चर्चित गायक तथा निर्देशक सरोज ओलीले बालापनाका साथीहरुको कथावस्तुलाई समेटेर बनाएको गीतको भिडियो सुटिङ गरिएको छ । सँगसँगै पढेको, सँगसँगै खेलेको, बालापनका साथीहरू, आज भेटेको जो जो जहाँ पुगेनि भेट हुँदा हामी उस्तै छौँ, दुःख सुख बुझ्दछौँ किनभने हामी साथी हौँ… बोलको गीतको भिडियो झापा तथा इलामका विभिन्न ठाउँहरुमा सुटिङ गरिएको हो । गीतका रचनाकारसमेत रहेका ओली झापा मेचीनगरको मागुरमाडी निवासी हुन् । हाल उनले काठमाडौंलाई कर्मथलो बनाएर नेपाली गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन् । सरोजका प्राय सबै गीत हिट भइसकेका छन् । त्यतिमात्रै होइन, उनले निर्देशन गरेका सबै गीतहरु युट्युव…
भद्रपुर, २१ जेठ । झापाको भद्रपुरमा आज जातीय भेदभाव तथा छुवाछुतविरुद्ध जनचेतनामुलक र्याली निकालेको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस–२०८१’ अवसरमा र्याली निकालिएको हो । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. १० स्थित जिल्ला प्रशासन कार्यालय झापाको प्राङ्गणबाट प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा जनचेतनामूलक प्ले कार्ड, व्यानरसहित प्रभात फेरि र्याली चन्द्रगढी बजार परिक्रमा गरी पुनः जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
झापा, २१ जेठ । झापा र इलाम जिल्लाको सीमावर्ती चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये दुईजनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एकजना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन । गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ एसपी प्रभु ढकालले भने । जिपलाई चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो…
अर्जुनधारा, २१ जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बृखबहादुर प्रधान निर्वाचित भएका छन् । १४१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका प्रधान कोशी प्रदेशका पूर्व सांसदसमेत हुन् । उनका प्रतिस्पर्धीहरु तारा खतिवडाले ११४ र लोकनाथ गौतमले ४७ मत पाएका छन् । प्रधान र खतिवडाको मतान्तर २७ छ भने प्रधान र गौतमबीचको मतान्तर ९४ छ । त्यस्तै, उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मत प्राप्त गर्दै विजयी बने । उनले प्रतिस्पर्धी वीरबहादुर राईलाई ६६ मतले पराजित गरे । निर्वाचन समितिका अनुसार राईले ११४ मत ल्याएका थिए । यसैगरी, सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी भए । उनका निकटतम…
बिर्तामोड, २१ जेठ । नेपाली कांग्रेस झापाले किसानलाई उच्च गुणस्तरीय विऊविजन, मलखाद र कृषि सामग्रीे सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्लाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ–नगर सभापति, निर्वाचित जनप्रतिनिधि एवं पालिका तहका उम्मेद्वारहरुको जिल्ला पार्टी कार्यालयमा सोमबार सम्पन्न बैठकले खेतीपातीको मुख्य सिजन भइसक्दा पनि किसानहरुले गुणस्तरीय विऊ विजन एवं मलखादको अभाव भोगिरहनुपरेको भन्दै समयमै गुणस्तरीय विऊविजन र मलखाद उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको हो । धान रोपाईका लागि विऊ राख्ने मुख्य सिजन भएपनि किसानहरुले उच्च गुणस्तरको विऊ एवं रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालीहरुको मुख्य…