
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १९ जेठ । अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार यहाँ सम्पन्न भएको छ । यहाँस्थित फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत वन्यजन्तु संरक्षण ता बेचविखनविद्धकोक अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा यहाँस्थित फ्रान्सको दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई…
काठमाडौँ, १९ जेठ । बलिउड अभिनेता सलमान खानविरुद्ध फेरि आक्रमणको प्रयास भएको छ। तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया, वसिम चिकना र रिजवान खान छन्। आक्रमणका लागि आपूर्तिकर्तामार्फत पाकिस्तानबाट हतियार ल्याउने योजना पनि बनाइएको थियो। यस मामिलामा, प्रहरीले हालसम्म लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ। यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे गोली चलाइएको…
एजेन्सी, १९ जेठ । टी– २० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको रुपमा पहिलो पटक विश्वकप खेल्न लागेको हो । आयोजक अमेरिका र क्यानडाबीचको उद्घाटन खेल नेपाली समयअनुसार भोलि बिहान सवा ६ बजे डालासमा शुरु हुनेछ । क्यानडाले पनि पहिलो पटक विश्वकप खेल्न लागेको हो । अर्को आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) भोलि बेलुका खेल्नेछन् । यसपटकको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्ग्लादेश, श्रीलङ्का, अफगानिस्तान,…
कनकाई, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तेस्रो वडा अधिवेशनबाट कनकाई नगरपालिका ३ को पार्टीको वडाअध्यक्षमा नेत्र ढुङ्गेलको अध्यक्षतामा २९ सदस्यीय वडाकमिटी गठन गरिएको छ । जसमा उपाध्यक्षमा यमुना खपाङ्गी, सचिवमा खगेन्द्र पाठक र कोषाध्यक्षमा रोमा भण्डारी लगायात रहनुभएको छ । यसैगरि माओवादी केन्द्रको कनकाई ५ मा कृष्णप्रसाद पाठकको नेतृत्वमा १३ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ । पार्टीका ३ नम्बर वडाकमिटी अध्यक्ष भक्तिप्रसाद पाठकको सभापतित्व तथा ५ का वडासभापति प्रेमप्रसाद ओलीको सञ्चालनमा भएको कार्यक्रममा पुर्व कृषि मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य झलसिंह दर्लामी शन्देश, पार्टीकी केन्द्रिय निर्वाचन कमिटि सदस्य सुशिला कन्दङवा बर्षा, पार्टीका कनकाई नगर कमिटी अध्यक्ष…
झापा, १९ जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म…
झापा, १९ चैत । नेपालमा आागमी नौ दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोसी प्रदेशबाट अबको ९ देखि ११ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ। मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन्। नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १४ देखि १९ दिनसम्मको समय लाग्ने विज्ञहरुको भनाइ छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन्।
झापा, १९ जेठ । प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिस हुने सूचीको एक नम्बरमा श्याम कृष्ण अधिकारी छन्। त्यसैगरी रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ पनि एसएसपी बढुवाको लागि सिफारिस भएका छन्।
मनाङ, १९ जेठ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ । प्रजिअ लामिछानेले भने, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।”
भद्रपुर, १९ जेठ । विद्यालयमा अध्ययनरत भद्रपुरका किशोरीहरूलाई जीवन उपयोगी सीप सम्बन्धी आत्मरक्षा तालिम दिइएको छ । भद्रपुर नगरपालिकाले तीन चरणमा नगरका एक सय ६५ जना किशोरीहरूलाई आत्मरक्षा तालिम दिएको जनाइएको छ । सामाजिक विकास शाखाले भद्रपुर–२ स्थित राधाकृष्ण मन्दिरको हलमा ५० जनालाई, भद्रपुर–५ स्थित भद्रपुर माविमा ५० जनालाई र भद्रपुर–८ स्थित मेची रङ्गशालाको कभर्ड हलमा ६५ जनालाई आत्मरक्षा तालिम दिएका थिए । कक्षा ८, ९ र १० मा अध्ययनरत सामुदायिक र निजी विद्यालयका छात्राहरू तालिममा सहभागी भएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् । नगरपालिकाले समुदाय–प्रहरी साझेदारीअन्तर्गत किशोरीहरूलाई लक्षित जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको उनले बताइन् । भद्रपुर…
इलाम, १९ जेठ । एन्फा इलाम जिल्ला लीगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् । फाइनल खेल आज हुँदैछ । इलामको ठुलो टुडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले बिजयी बन्यो । रेडहर्सलाई फाइनल पु¥याउन गोलरक्षक निशम दनुवारले निर्णायक भुमिका खेले । उनले एमएफसीको २ टाइब्रेकर प्रहार बचाएका थिए ।…