झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ जेठ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले कारोबारका क्रममा ऋण लिने व्यक्ति र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भर्न आग्रह गरेको हो । अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी एक्काइस दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फारम दर्ता गर्न सूचनामार्फत आग्रह गरिएको हो ।

Read More

फुङ्लिङ, ११ जेठ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । उनले भने, “ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु…

Read More

झापा, ११ जेठ । आज पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली हुनेछ भने देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ । यस क्रममा दिउँसो पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगमा मौसम आंशिकदेखि…

Read More

इलाम, ११ जेठ । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका बिहीबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका ८ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, ११ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो । राहत कोषमा रकम जम्मा गर्न शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको विहीवार बसेको बैठकले कोष स्थापनाको निर्णय गर्दै रकम संकलन कार्य शुरु गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले विपतमा व्यवसायीलाई राहत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए । त्यस्तै…

Read More

बिर्तामोड, ११ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरिएको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको बैठकले खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरेको हो । संघले गरेका विभिन्न व्यवसायिक गतिविधि, महत्वपूर्ण निर्णय र सूचना अब एकद्वारा प्रणाली अपनाएर सार्वजनिक गरिने भएको छ । जसका लागि प्रवत्ता खतिवडालाई जिम्वेवारी दिइएको संघका अध्यक्ष न्यौपानेले बताउनुभयो । खतिवडा मार्वत तथा टायल्स व्यवसायी हुन् । उनी मार्वल तथा टायल्स ब्यवसायी संघ झापाको संस्थापक अध्यक्ष समेत रहेका छन् ।

Read More

झापा, ११ जेठ । वीरता लेडी जेसीजको आयोजनामा भाषण कला सम्बन्धी एकदिने तालिम भएको छ । समुदायमा रहेका महिलाहरूलाई उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्य राखेर तालिम आयोजना गरिएको हो । वीरता जेसीजका पूर्व अध्यक्ष बिनोद बस्नेतको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच तालिम सञ्चालन गरिएको छ । वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीका अनुसार समुदायमा रहेका विभिन्न संघसंस्थाका महिला दिदीबहिनीलाई लक्षित गरेर तालिम आयोजना गरिएको हो । लेडी जेसीजकी पूर्व अध्यक्ष सुष्मा पौडेलको विशेष आतिथ्यमा भएको तालिममा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीलाई जेसी सागर शिवाकोटीले प्रशिक्षण दिएका हुन् । कार्यक्रम संयोजक प्रियंका उप्रेतीले स्वागत…

Read More

बिर्तामोड, १० जेठ । झापाको बिर्तामोडका सामाजिक व्यक्तित्व एवम् व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आमा गुमाएका मेचीनगर–१२ का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधीन घरका लागि आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले उक्त घर निर्माणका लागि ११ हजार रुपैयाँ सहयोग गरेका हुन् । झण्डै एक महिना अघि ती बालबालिकाकी आमा पदमा भुजेलको ४८ वर्षको अल्पायुमै निधन भएको थियो । दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल (कक्षा ५), तारा भुजेल (कक्षा ४) र एक छोरी करुणा भुजेल (कक्षा २)को बिचल्ली भएको हो । उनीहरु स्थानीय बलभद्र माविमा…

Read More

भद्रपुर, १० जेठ । उभौली पर्वको अवसर पारेर कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामूहिक गोठधुप तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका नगर अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा २ जना जेष्ठ बन्धुलाई सम्मान तथा सामूहिक गोठधुप सम्पन्न गरिएको हो । भद्रपुर ९ स्थित अमरबहादुर अधिकारीको घरमा सम्पन्न कार्यक्रममा जेष्ठ बन्धु कृष्णबहादुर अधिकारी र रामकुमारी अधिकारीलाई सम्मान गरिएको थियो । नगर समितिका उपाध्यक्ष यमनाथ अधिकारीले स्वागत गरेको कार्यक्रममा केन्द्रीय महासचिव चिरञ्जीवि अधिकारी, कोषाध्यक्ष निमेश अधिकारी, संस्थापक अध्यक्ष ख्यामराज अधिकारी, जग्गादाता रेखा अधिकारी लगायतले मन्तव्य राख्दै बन्धु एकतामा जोड दिएका थिए ।…

Read More

भद्रपुर, १० जेठ । भद्रपुर नगरपालिकाको आयोजनामा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न गरिएको छ । उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरभरी रहेका विद्यालय तथा वडा बाल क्लबमा आबद्ध बालबालिका र संरक्षक शिक्षकलाई अभिमुखीकरण गरिएको हो । बालमैत्री अभियान्ता सुमन ढकालले सहजीकरण गरेको कार्यक्रममा बाल सञ्जालका अध्यक्ष आरोग्य तिम्सेना लगायतले मन्तव्य राख्दै बाल अधिकार संरक्षणका लागि सवै पक्ष जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए । महिला तथा बालबालिका शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

Read More