
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १८ जेठ । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई आज पक्राउ गरिएको हो । रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए। “उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ”, उनले भने। घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनियानी, १८ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि र उद्योगलाई सँगसँगै विकास गरेर लैजान आवश्यक रहेको बताउनुभएको छ । झापाको मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुहुँदै कृषिमन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी–व्यवसायीलाई प्रोत्साहन आवश्यक रहेको बताउनुभयो । “मानव स्वास्थ्यसँग जोडिएको स्वास्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ, म मन्त्री भएको हैसियतले बेलाबेलामा छलफल गरिरहेको छु ।” उद्योगीलाई प्रोत्साहन गर्न देशभरि अभियानका रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली…
झापा, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ। निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हालयथावत रहेको छ।
झापा, १८ जेठ । झापाको मेचीनगरबाट प्रहरीले ५३ बोरा सुपारी बरामद गरेको छ । आज दिउँसो मेचीनगर–६ भट्टराइचोक स्थितमा राजश्च छलेर नेपालमा उत्पादित सुपारी ओसार–पसार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभीट्टाबाट खटिएको प्रहरी टोलीले उक्त सुपारी बरामद गरेको हो । प्रहरीले प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरो गाडी इटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त गाडीमा VCTS पान बिलमा १२ लाख २५ हजार रुपैयाँ उल्लेख भए पनि आधिकारीक VCTS अनलाइन बिल नभएको अवस्थामा ५३ वटा बोरामा नेपालमा उत्पादित उसिनेको सुपारी बरामद गरेको हो । बरामद भएको २ हजार ३७८ केजी सुपारी,…
झापा, १८ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले झापाको मेचीनगर–१४ स्थित सिंगापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुभएको छ । कृषिसँग सम्बन्धित झापाका विभिन्नको निरीक्षण गर्ने क्रममा मन्त्री साहले आज यहाँस्थित पेय पदार्थ उत्पादक उद्योग सिंगापुर बेभरेजको निरीक्षण गर्नु भएको हो । उद्योग निरीक्षण गर्नुहुँदै कृषि मन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । स्वस्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न आवश्यक भएकाले विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्न मन्त्री भएको हैसियतले पनि बेलाबेलामा छलफल पनि गरिरहेको उहाँको भनाइ छ । खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट…
सन्तोष शर्माझापा, १८ जेठ । झापामा सुपारी प्रशोधनका लागि रू ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रू ४० लाख अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रम अन्तरगत उनीहरुलाई रू पाँच लाख देखि रू सात लाख ५० उपलब्ध गराएको हो । बुद्धशान्ति–१ को त्रिदेव सुपारी प्रशोधन उद्योगलाई रू पाँच लाख, बुद्धशान्ति–३ को ऋद्विकान्त सुपारी प्रशोधन केन्द्रलाई रू सात लाख ५० हजार, मेचीनगर–३ को कृशिव सुपारी प्रशोधन तथा…
भद्रपुर, १८ जेठ । झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि हतियार प्रहार भएको छ । आज बिहान विद्यालयबाट घर जाँदै गरेकी युवतीमाथि दाउ प्रहार भएको हो । आज बिहान १०ः४५ बजे भद्रपुर–९ हात्तीचोककी १७ वर्षीय युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् । कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको चन्दले बताए । ‘घटना लगत्तै हामीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने,…
काठमाडौं १८ जेठ । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त…
काठमाण्डौ, १८ जेठ । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ । प्रतियोगिता संयोजक तथा नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले लिगको तयारी पूरा भएको जानकारी दिँदै सबै टिमलाई अनुशासित भएर खेल खेल्न र आफ्नो कौशलता प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । प्रतियोगिता भोलिदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा आयोजना हुनेछ । प्रतियोगिताको उदघाटन खेल दिउँसो ३ बजे न्यू डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ क्लबको महिला टोलीबीच हुनेछ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरुषतर्फ…
अर्जुनधारा, १८ जेठ । झापाको अर्जुनधाराले यहाँका शिक्षकलाई एकीकृत पाठ्यक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम दिन थालेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षक पेशागत विकासका लागि दोस्रो चरणको उक्त तालिम दिन थालेको हो । तालिममा आधारभूत तह कक्षा–१ र ५ का अध्यापनरत् २३ जना स्थायी शिक्षकहरुका सहभागी भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए । शिक्षकहरुको वृत्ति विकाससँगै आधुनिक प्रविधिहरु नविनता ज्ञान सिपहरु प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने गुणस्तरीय शिक्षा प्रदान गरी असल नागरिक उत्पादन गर्न सक्षम बनाउने भन्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले सहभागी…