झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दीपक खरेल  काठमाडाैं, जेठ २८ । न्यूप्लाजा मोडबाट कालिकास्थानतर्फ मोडिने मार्गको दाहिनेतिर डाँडामा यो घर पर्छ। आधुनिक घरका गतिविधि दुवै तर्फका छिमेकी र सडकबाट देख्न सकिँदैन। घरको संरचना नै सोही अनुसार निर्माण भएको छ। काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित याे घरका धनी धरान उपमहानगरपालिका-३ का स्थायी बासिन्दा शिबकुमार अग्रवालका छोरा एमके मामा उपनाम भएका मोहनकुमार अग्रवाल हुन्। एमके ३ हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सर्वाधिक खाेजी भइरहेका व्यक्ति हुन्। २० चैत्र २०७४ सम्म यो घर काठमाडौंका अन्य सामान्य घर सरह नै थियो। तर शुक्रबार (२५ जेठ ०७५) ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको…

Read More

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने भएको छ । प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो । सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ । ‘अनुसन्धानका लागि काठमाडौं ल्याएका हौं’, सम्पत्ति शुद्धिकरण विभागका गजेन्द्र ठाकुरले अनलाइनखबरसँग भने, ‘अन्यलाई अभियुक्तलाई पनि क्रमशः ल्याउँछौं ।’ उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बलले संखुवासभा चैनपुरमा रहेको अरुण गुल्मको गाडीमा अवैध काठ ओसारपसार भएको विषयमा छानबिन समिति गठन गरेको छ । अरुण गुल्मको गाडीमा काठ लगिएको अवस्थामा धनकुटामा सशस्त्र प्रहरीले नै पक्राउ गरेको घटनाको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको हो । जसको सदस्यमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना छन् । गुल्मले गाडीमा अवैध रुपले काठ राखेर अन्यत्र लैजान लागेको भन्ने जानकारी पाएपछि यस घटनालाई प्रधान कार्यालयले गम्भीरतापूर्वक लिँदै छानबिन समति गिठन गरेको जनाएको छ ।

Read More

काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।

Read More