झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ चैत । झापाको दमकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति ९ः३० बजे दमक नगरपालिका–१ भाङबारीस्थित भित्री सडक खण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प २५६१ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कमल गाँउपालिका–६ का २५ वर्षीय शंकर श्रेष्ठको अनुहार र दुवै हातमा चोट लागेको छ भने मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका–२ का ३२ वर्षीय सुजन बुढाथोकीको अनुहार र बाया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरुको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २६ चैत । बिर्तामोड–१० वडा खेलकुद विकास समितिको आयोजनामा चौथो संस्करणको वडाअध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि उदय रत्न, तोरीबारी, शिवालय टोलको संयुक्त टिमले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा तेलकानी–हाम्रो–तेलकानी–सिद्धिबिनायक टोल लाई ४–१ को फराकिलो गोल अन्तरले विजयी बनेको हो । विजयी टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता टिमले नगद २१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।खेलको म्यान अफ दि म्याच विजेता टिमका २ गोल गर्न सफल देव मगर घोषित भए । खेलको उत्कृष्ट मिडफिल्डर विजेता टिमकै युवराज खड्का, सर्वाधिक गोलकर्ता उपविजेता टिमका विक्रम लिम्बू,…

Read More

बिर्तामोड, २५ चैत । नेपालको दोस्रो ठूलो सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज तेस्रो रणनीतिक व्यावसायिक योजना २०८०–०८४ सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी र संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले यसको लोकार्पण गर्दै पत्रकार सम्मेलनमार्फत यसका मूलभूत विषयहरु माथि प्रकाश पनि पारिएको थियो । संस्थाले सुरुका वर्षमा वार्षिक बजेट तथा कार्यक्रम मात्र तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा पछिल्लो चरणमा वार्षिक बजेट तथा कार्यक्रमका अतिरिक्त मध्यकालीन रणनीतिक व्यावसायिक योजनासमेत बनाएर सोही आधारमा संस्था सञ्चालन गर्दै आएको अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले पत्रकार सम्मेलनमा बताए । एनएमसीले भर्खरै तेस्रो रणनीतिक व्यावसायिक योजना ९२०८०–०८४० स्वीकृत गरेको हो । सो को तर्जुमा गर्दा संस्थाको…

Read More

बिर्तामोड, २५ चैत । श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरको आयोजनामा संगीतमय श्री राम कथा बाचन हुने भएको छ । राम नवमीको अवसरमा बिर्तामोडमा पहिलो पटक चैत २७ देखि बैशाख ५ गतेसम्म राम कथाको आयोजना गरिने भएको छ । आयोजक संस्था श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरले आइतवार ९आज० बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिर्तामोडको अग्रसेनमा राम कथा तयारीका बारेमा जानकारी दिएको हो । सनातन हिन्दू र्धम ऊँकार परिवारलाई एकताको सुत्रमा बाध्ने उदेश्य अनुसार समितिले ९ दिने राम कथा आयोजना गर्न लागेको मुल आयोजक समितिका संयोजक बेदप्रकाश अग्रवालले बताए । २०७१ सालमा स्थापना भएको समितिले नेपालमा रहेका विविध जाती, भाषा, संस्कृति…

Read More

बिर्तामोड, २५ चैत । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुनेभएको छ । झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाकाहरु गुञ्जनेछन् । धेरैअघि यस भेगको पुरानो वाणिज्य केन्द्र थियो बिर्ताबजार । कालान्तरमा महेन्द्र राजमार्ग बनेपछि सडकभएतिरै चहलपहल बढ्न थाल्यो। राजमार्गको जुन बिन्दुबाट बिर्ताबजार मोडिन्थ्यो त्यसलाई ‘बिर्तामोड’ भन्न थालियो । समयसँगै अब ‘बजार’ ले स्वयंलाई ‘मोड’ भित्रै बिलिन तुल्याइसकेको छ । बढ्दो ब्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीब्र वृद्धिभएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी…

Read More

शिवसताक्षी, २५ चैत । झापाको शिवसताक्षीमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ नगर इकाई समितिले शिवसताक्षी ११ दुधे स्थित आदिबासी जनजाति सभाहलमा प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ शिवसताक्षीका अध्यक्ष इन्द्रकुवेर तोमाछा कुलुङले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सबै भाषा, धर्म, जात जातिहरुको साझा फुलबारी भएकाले कुलुङ जातिले पनि आफ्नो हक, अधिकारका लागि लड््न आवश्यक रहेको बताए । नेपालका रहेका धेरै जातिहरु मध्ये एउटा जाति कुलुङ पनि हो । उनले भने, हामी कुलुङहरुले…

Read More

भद्रपुर, २५ चैत । यस वर्ष झापा गाउँपालिकामा व्यवसायिक रूपमा ७ हजार हेक्टर जमिनमा उन्नत जातको मकै खेती गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाको विवरण अनुसार पालिका भित्र यस वर्ष कृषकहरूले करिव ७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरेका हुन् । गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार किसानको कृषि कर्मप्रतिको सम्मान गर्दै गाउँपालिकाले मल, विउ, विषादी लगायतका आवश्यक सामाग्री सहयोग स्वरूप उपलव्ध गराउन थालेपछि मकै लगायत कृषि उपजमा आत्मनिर्भरको वातावरण बन्दै गएको छ । मकै, धान र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६० प्रतिशत सिचाइको लागि विधुत महसुल तिरिदिदैं आएको छ थपलियाको भनाइ छ । झापा गाउँपालिकालाई…

Read More

द्रोण अधिकारीपछिल्ला केही वर्षयता नेपाली समाजमा स्थापित हुँदै गएको भाष्यमा नेपालमा बसेर केही हुँदैन भन्ने शब्द लगभग स्थापित हुने अवस्थामा छ । आफूलाई सभ्य, सम्पन्न, शिक्षित, असल नागरिक, जान्ने बुझ्ने वा राजनीतिको असल संगठक भनेर चिनाउन चाहनेहरूको मुखबाट निस्कने यही शब्दको प्रभाव परेर हुन सक्छ भर्खरै हुँर्कदै गएका बालबालिका आफ्नो जीवनको लक्ष भित्र परदेश भाग्ने भाव हुर्काइरहेको अवस्था छ । आफू, परिवार, समाज र देश चिन्न बुझ्न नचाहने परदेशमा स्वर्गीय सुख पाइने विश्वास बढ्नुका पछाडि नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य नै कारक भइरहेको छ । पछिल्लो समय राजनीतिको नाममा देशबाट नयाँ पुस्ता लखेट्न यही भाष्य स्थापित हुने संकेत समेत…

Read More

इलाम, २४ चैत । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दिएका छन् । यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता गराएका हुन् । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले…

Read More

चन्द्र बस्नेतकनकाई, २४ चैत । झापा मेचीनगरको चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा श्रीमद् बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उद्देश्यका साथ रामनवमीको अवसरमा महायज्ञ आयोजना हुने भएको हो । पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत २७ गते देखि वैशाख ५ गते बुधबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक तिलक प्रसाद गिरीले जानकारी दिनुभयो । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र शान्तिका लागि धार्मिक…

Read More