झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबिर्तामोड, २१ जेठ । झापाको बिर्तामोड नगरपालिकास्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नौ हजार बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही स्थानका गरी नौ हजार दुई सय घरपरिवारलाई शुद्ध खानेपानी वितरण गर्दै आएको संस्थाका सचिव पारशमणि मैनालीले जानकारी दिनुभयो । संस्थाले तीन वटा ओभरहेड ट्यांकी, १६ वटा डिप बोरिङ र ११ वटा फिल्टर प्लाण्टबाट दैनिक करिब दुई करोड १२ लाख लिटर पानी उत्पादन गरी २४सै घण्टा वितरण गर्दै आएको छ । पानीको माग बढ्दोबिर्तामोड खानेपानीमा हाल दैनिक ३०/३५ जना उपभोक्ता धारा जडानका…

Read More

बिर्तामोड, २१ जेठ । नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेको आक्रमण तथा असुरक्षाका सम्बन्धी कानुनको प्रचारप्रसार तथा अन्तरक्रिया सम्पन्न भएको छ । आज झापाको बिर्तामोडमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनका बारेमा बृहत छलफल गरिएको हो । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको आयोजनामा भएको छलफलमा अधिकांश वक्ताहरुले चिकित्सक र बिरामीहरु त्रासदिको घेरामा रहनुको कारण कानुन कार्यान्वयनमा आउन नसकेर भएको बताए । बिरामीको मृत्यु भइहालेमा आक्रमण गर्ने तथा हुलदंगा गर्ने स्वार्थ समूहहरु रहेको र पैसाका लागि उनीहरु ठेक्का नै लिए र परिचालित हुने गरेको सहभागीहरुको भनाइ रहेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश बिष्टले बिर्तामोडमा पनि…

Read More

विराटनगर, २१ जेठ । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ । आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त बैठकमा कांग्रेस सहभागी हुन भएको हो । ‘माथिबाट पनि सहभागी हुनु भन्ने कुरा आएको छ, भोलि ११ बजे बस्ने दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुन्छौं,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘नीति तथा कार्यक्रममा उपस्थित हुने कुरा छ ।’ कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा…

Read More

काठमाडौँ, २१ जेठ । सुपर ओभरमा ओमानलाई पराजित गर्दै नामिबियाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको खेलमा समूह ‘बी’ को खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा ११ रनले हराएको हो। जारी विश्वकपमा पहिलो पटक सुपर ओभरबाट नतिजा आएको हो। सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए। ओमानका विलाल खानले बलिङ गरेका थिए। सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो। वाइसले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए। पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे। सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका…

Read More

काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले झापाको गिरीबन्धु जग्गामा भएको नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन्। ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘झापा गिरी बन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’…

Read More

झापा, २१ जेठ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। प्रदेशका एकदुई…

Read More

एजेन्सी, २१ जेठ । फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन् । यही जुन ३० मा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध हुनेछन् । एम्बाप्पेले क्लबसँग गएको फेबु्रअरीमा नै अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए । उनले गएको मे मा भने औपचारिक रूपमा सिजनको अन्तसँगै पिएसजी छोड्ने घोषणा गरेका थिए । २५ वर्षीय एमबाप्पे अब लालिगाको ट्रान्सफर विन्डो खुलेसँगै मड्रिड आउनेछन् । मड्रिडले सम्भवतः आउने हप्ता उनीसँगको सम्झौता सार्वजनिक गर्ने छ । युरोकप शुरु हुनुअघि उनलाई क्लबले औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । एम्बाप्पेले पिएसजीमा कीर्तिमान…

Read More

कास्की, २१ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४ औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रि भोजमा उनले सो कुरा बताएका हुन् । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको बताए । ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन्…

Read More

बिर्तामोड, २० जेठ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम संकलन शुरु भएको छ । संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्मदिनको अवसरमा कोषमा ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नुभयो । बिर्तामोडका ब्यवसायीलाई बिपद् पर्दा सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको हो । आफैंबाट रकम जम्मा गरेर कोष सञ्चालनको शुरुवात गरिएको कोषाध्यक्ष निरौलाले बताउनुभयो । व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष भित्र कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । ‘जन्म दिनको अवसरमा संघका कोषाध्यक्ष युवराजजी आफैंले रकम जम्मा…

Read More

कनकाई, २० जेठ । नेपालको पूर्वी उत्तरी जिल्ला ताप्लेजुङबाट न्याय माग्दै एक परिवार झापा आइपुगेको छ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–५ पेदाङ्गका लिम्बू परिवार न्याय माग्दै झापा आइपुगेको हो । सिरिजङ्गा–५ पेदाङ्गका ५४ वर्षीया आशाराज लिम्बू आफ्नी श्रीमती ४४ वर्षीया इन्द्रकला मावो (लिम्बू) ले गत बुधबार आफ्नो सारा सम्पत्ति लिएर सम्पर्कविहीन भएको भन्दै पीडित आशाराज सहित छोरा मेसेहाङ्ग, बहिनी कविता लगायत परिवारसहित न्याय खोज्दै झापा आइपुग्नु भएको छ । पाँचथरको थर्पुकी ४४ वर्षीया इन्द्रकला मावोसँग २०५९ सालमा मागी विवाह भएको आशाराजले बताउनुभयो । परिवारको सुदूर भविष्य खोज्दै आशाराज वैदेशिक रोजगारीका लागि खाडीमुलुक जानुभयो । वैदेशिक रोजगारीमा कमाई राम्रै हुन थालेपछि…

Read More