झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इनरुवा, २० जेठ । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यायल कोशी प्रदेशको आयोजनामा पाँच दिने व्यावसायिक योजना तालिम सुरुवात गरिएको छ । जेठ १८ देखि २२ गतेसम्म हुने तालिममा कोशी प्रदेशका करिब २० वटा सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, कर्मचारी, सञ्चालकको सहभागिता रहेको छ । तालिम प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यायलको तालिम भवनमा भइरहेको छ । तालिमको उद्घाटन प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीको अध्यक्षता भएको थियो। उनले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् । उनले उद्घाटन पश्चात तालिमले प्रशिक्षार्थीहरुलाई आफ्नो संस्थामा गएर संस्थाको भविष्यमा योजना निर्माण गरी सोही योजना अनुसार कार्य गर्न सके निर्धारित…

Read More

शिवसताक्षी, २० जेठ । झापाको शिवसताक्षीका वडा सचिव भट्टराई माथि कुटपिट प्रकरणमा झापा जिल्ला वडा सचिव हक हित मञ्चले दोषिलाई कडा कारबाहीको माग गरेका छन् । आज झापा जिल्लाका सचिवहरुको संगठन वडा सचिव हक हित मञ्चले वडा सचिवमाथि कुटपिट गर्ने बजगाँई दाजुभाईलाई कडा भन्दा कडा कार्वाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । राज्यको पहिलो जनताको काम गर्ने निकाय वडा कार्यालयमा सचिवहरु नै असुरक्षित हुँदा काम गर्न कठिन भएको वडा सचिव हक हित मञ्चका सचिव खगेन्द्रबहादुर लिङ्देनले बताए । एउटा राष्ट्रसेवक माथि भौतिक आक्रमण हुनु जघन्य अपराध भएकाले कानुन बमोजिम कडा…

Read More

काठमाण्डौ, २० जेठ । टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको छ । क्यानडाले ब्याटिङ गरिरहेको छ अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन् । यसपालीको विश्वकपमा २० देश– आयोजक…

Read More

झापा, २० जेठ । झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडास्थित सडकमा मे.१ ख ३२५१ नम्बरको बसले प्र.१.०१.०१४ प ८७८२ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० बस्ने ५२ वर्षीय नेत्र प्रसाद परियारको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मे.११ प २०२८ नम्बरको मोटरसाइकल र प्र.१.०१.०१४ प ८७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सडकमा लडेका नेत्र प्रसादलाई उक्त बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मे.११ प २०२८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने…

Read More

इलाम, २० जेठ । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् । इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका रहेछन् । मादक पदार्थ सेवन गरेर बिहानै आमा छोराको झगडा भएको रहेछ,’ ढकालले भने । प्रहरीका अनुसार आमा–छोरा नै मापसे गर्ने गर्दथे । शनिबार पनि आमा छोराबिच…

Read More

भद्रपुर, २० जेठ । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण गर्दा बद्नियत पूर्ण निर्णय गरेपछि उत्पन्न विवाद मिलाउन नसक्दा आसन्न निर्वाचन अनिश्चित भएको छ । जिल्ला शाखाले पठाएको नाममा प्रदेश समिति र केन्द्रले बद्नियत राखेर सदस्याता कायम गरेपछि उत्पन्न विवाद मिलाउन नसक्दा जेठ २६ गते हुने भनिएको निर्वाचन अनिश्चित भएकोे हो ।तोकिएकै समयमा निर्वाचन हुन्छ भन्ने आधार नदेखिएपछि महासंघमा आबद्ध विभिन्न संगठनले चुनावी गतिविधि समेत गर्न हिचकिचाइरहेका छन् । केन्द्रले तय गरेको मापदण्ड अनुसार स्थलगत अध्ययन पश्चात छानविन गरी देशैभरीका शाखाले पठाएका नाम बिचबाटै कटाएर सकृय पत्रकारको नाम हटाउने र निस्कृय पत्रकारको नाम समेट्ने काम महासंघ नेतृत्वले गरेपछि देशभरीका अधिकाम्स शाखाबाट…

Read More

बिर्तामोड, २० जेठ । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक समितिका सदस्य तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्वन्धी तालिम दिइएको छ । बिर्तामोडमा सम्पन्न तालिममा कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका सहकारी रजिष्टार हरिवहादुर खत्री र अधिकृत मोहनराज भट्टराईले प्रशिक्षण दिएका थिए । अध्यक्ष टसवहादुर श्रेष्ठको अध्यक्षतामा भएको तालिममा सञ्चालक समितिको काम कर्तव्य र अधिकार, पल्स विश्लेषण, सहकारीको विषयमा जानकारी दिइएको थियो । तालिममा सहकारीका सचिव भूपाल बस्नेत, कोषाध्यक्ष एकराज विष्ट सहित १२ जना सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका तीन जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

Read More

बिर्तामोड, २० जेठ । अर्जुनधारा नगरपालिका –८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याडडाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय बिकास सहनी रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Read More

झापा, २० जेठ । रियल म्याड्रिडले १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेको छ। लन्डनस्थित बेम्ब्ली स्टेडियममा शनिबार राति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियलले १५ औँ पटक कीर्तिमानी उपाधि उचालेको हो । च्याम्पियन्स लिगमा रियलपछि एसी मिलानले ७ पटक उपाधि जितेको छ । रियललाई उपाभि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भयो । खेलको ७४ औा मिनेटमा कार्भाजालको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ८३ औं मिनेटमा भिनिसियस जुनियरले अग्रता दोब्बर पारे। डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ। पछिल्लो…

Read More

झापा, २० जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही…

Read More