झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ जेठ । कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो । तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०।३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। अवार्ड पाउनेहरुविजेता – कोलकाता नाइट राइडर्सउपविजेता…

Read More

झापा, १४ जेठ । मोरङको विराटनगर स्थित एक डेरी उद्योगले जापान घिउ निर्यात सुरु गरेको छ । प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि उक्त उद्योगले आफैँ बजार खोजेर जापानमा घिउ पठाउन लागेको हो । विराटनगर–१४ स्थित सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रालिले आइतबार एक कार्यक्रम गरी जापानतर्फ घिउ पठाएको हो । हाल प्रतिमहिना ५ हजार किलो घिउको माग आएको उद्योगका सञ्चालक मनोज यादवले बताए । अहिले ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाइएका उनले बताए । जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेड जापानसहित ६–७ वटा देशमा सामान…

Read More

झापा, १४ जेठ । झापामा माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो । अर्जुनधारा नगरपालिका–१ मा करिब ५ वर्षदेखि १० कठ्ठा क्षेत्रफलमा माछा पालन गर्दै आएका टंक बहादुरमाथि ३५ वर्षीय कृष्ण भनिनेले सन्तोष एक्तेनले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । पीडितकी छोरी सलिना एक्तेनले सन्तोषविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन् । बिएन्डसी अस्पताल बिर्तामोडमा टंकबहादुर उपचारत छन् । टंकबहादुरमाथि अर्जुनधारा–६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका थिए…

Read More

बिर्तामोड, १४ जेठ । वीरता लेडी जेसीजले लागूऔषधविरुद्ध विद्यालय तहमा विद्यार्थी सचेतना कार्यक्रम सुरु गरेको छ । झापाको अर्जुनधारा ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयबाट सचेतना कार्यक्रम प्रारम्भ भएको हो । विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्य राखेर चरणबद्ध रुपमा सञ्चालन गर्ने गरी सचेतना कार्यक्रम सुरु गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच सहभागी विद्यार्थीलाई लागूऔषधको प्रयोग र यसबाट समुदायमा परेको असरका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरोका तर्फबाट प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेले सहभागी विद्यार्थीलाई प्रशिक्षित गरेका थिए…

Read More

बिर्तामोड, १३ जेठ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले छात्रवृत्ति सम्बन्धि नियम पालना गराउन संघर्ष गर्ने भएको छ । संस्थागत विद्यालयहरुले अनिवार्य पालना गर्नुपर्ने छात्रवृत्तिसम्बन्धि नियम कडाइका साथ कार्यान्वयन गराउन संघर्ष गर्ने भएको हो । अखिल झापाको शनिबार कनकाईमा सम्पन्न विस्तारित बैठकले संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को परिच्छेद ६ मा उल्लेख भए बमोजिम कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न गराउन प्रत्येक पालिका र विद्यालयमा संघर्ष गर्ने निर्णय गरेको अखिल ९क्रान्तिकारी० झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । अधिकांश विद्यालयले मापदण्डमा उल्लेखित संख्यामा विद्यार्थीहरुलाई छात्रवृत्ति नदिने गरेका कारण…

Read More

विर्तामोड १३ जेठ । नेपाल प्रेस युनियनले ३३ औं स्थापना दिवस मनाएको छ । युनियनले आज सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेपाल प्रेस युनियन झापामा स्थापित टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुइटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटीलाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मानपत्र दोसल्ला र नगद ११ हजार राशीसहित उनीहरुलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र…

Read More

इटहरी, १३ जेठ । ट्राफिक व्यवस्थापनको सहजताका लागि इटहरीमा रहेको अटो सिटी बजाज सोरुमका सञ्चालक प्रदिपकुमार सन्थालियाले ट्राफिक प्रहरीलाई चार थान विद्युतीय टेम्पो प्रदान गर्नु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा सन्थालियाले चार थान बिद्युतिय टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गर्नु भएको हो । सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले उक्त बिद्युतिय टेम्पो ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय सवारी साधनले ट्राफिक…

Read More

दमक, १३ जेठ । पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा एक लाख फलफुलको विरुवा रोप्न शुरु भएको छ । जनतासँग हातेमालो गर्दै नेकपा माओवादी केन्द्रको अगुवाइमा वृक्षारोपण थालिएको हो । झापाको दमक नगरपालिका–१ मा रहेको साकेला थानमा भेला भएका २ सय बढीले आज फलफुलका विरुवा रोपेर दमकमा १ लाख बिरुवा रोप्ने अभियानको शुरुवात गरेका छन् । जलवायुको परिवर्तनको असरलाई कम गर्न र उत्पादनसँग जोड्न अव स्थानीय कार्यकर्ताले माथि नभई तलको समस्या प्रति एकजुट हुन माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश शिक्षण विभागका प्रमुख अजम्बर राई काङमाङले आग्रह गर्नु भएको छ । उहाँले अव चुरे संरक्षणमा ध्यान नदिने हो भने…

Read More

एजेन्सी, १३ जेठ। गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ । हरेक मौसममा फलफूललाई ​​स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् । तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । के मेवा साँच्चै तातो हुन्छ र गर्मीमा यसलाई खानु हुँदैन? पोषणविद् भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ । हरेक मौसममा मेवा…

Read More

काठमाडौं, १३ जेठ । धीरज मगर र उपासनासिंह ठकुरी निर्देशित फिल्म ‘खुस्मा’को छायांकन सम्पन्न भएको छ । पूर्वी रुकुम र कास्कीका विभिन्न स्थानमा यसको छायांकन गरियो । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले माओवादी सशस्त्र युद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एम मिडियाको ब्यानरमा निर्माण हुन लागेको फिल्मको लेखन तथा निर्देशन अशोक थापाले गरेका हुन् । डकुमेन्ट्रीमा व्यस्त थापाको यो पहिलो निर्देशकीय फिचर हो । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । माओत्से…

Read More