
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ जेठ ःझापाको मेचीनगरमाबुधबार राति दुर्घटना हुँदादुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १२ धाइजन स्थित मेचीलोकमार्गमाबिग्रिएर रोकिराखेको बोलेरो पिकअपलाई स्कुटीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय झापाकाप्रवक्ताप्रहरी नायबउपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृत्यु हुनेमा स्कुटी चालक बुद्धशान्ति ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र सोही स्कुटिमा पछाडि सवार इलामको रोङ गाँउपालिका ५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटीले सडकको बाँया साइडमा बिग्रिएर रोकि राखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकाउनीहरुलाई उपचारकालागि बीएण्डसी…
बिगतका ३ वर्षमा नेपालमा डेंगी संक्रमण अत्याधिक भएको र यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने बताइएको छ । वर्षायामको समयमा डेंगी भाइरसबाट बच्न हामी बढी सचेत र सजग हुनुपर्छ । डेंगी भाइरसबाट लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको सहायताबाट सर्ने रोग हो । त्यसैले लामखुट्टेको वृद्धि तथा विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगी रोकथाम र नियन्त्रण गर्न गाह्रो हुन्छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्ने गर्नुपर्छ । डेंगोका लक्षणहरु ः डेंगी ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो…
फिल्म ‘गाउँ आएको बाटो’ भोलि शुक्रबारबाट प्रदर्शन हुँदैछ । यो फिल्मलाई लिएर दर्शकको एउटा तप्का अधैर्य देखिन्छ । यसको पछाडि सबैभन्दा ठूलो कारण निर्देशक नवीन सुब्बा हुन् । ‘नुमाफुङ’ जस्तो जीवन्त फिल्म दिएका उनको यो कमब्याक फिल्म हो । त्यसमाथि संसारका धेरै प्रतिष्ठित फेस्टिभल डुलिसकेकाले फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता र चासो धेरैमा देखिएको छ । प्रदर्शनको संघारमा फिल्मको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियरलाई विशेष बनाउन बिग मुभिजलाई विवाहको मण्डपझैँ सिंगारिएको थियो । हलको एउटा कुनामा किराँत समुदायको साकेला नाच राखिएको थियो भने फिल्मका अधिकांश कलाकारहरु किराँती संस्कृति झल्किने परम्परागत पहिरन तथा आभूषणमा उपस्थित…
काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई काम गर्न दिन माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सेजुवालले केहि दिन अघिदेखि काठमाडौँ महानगरपालिका र सङ्घीय सरकारबिच विवाद चुलिएको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार अनुसार काम गर्न दिन आग्रह गरिन् । सांसद सेजुवालले भनिन्– ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ कि हामी खारेज गरौँ । स्थानीय तहबारे यो संविधानमा जुन परिकल्पना गरेको छ, खारेज गरौँ, होइन भने बालेनलाई काम गर्न किन नदिने ? त्यो न्यूरोडदेखि लिएर वसन्तपुर, ठमेलमा किन गाडी गुड्ने सहर चाहियो र ? किन रोड चाहियो ?…
झापा, जेठ २४ । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालले तीन सय बेडमार्फत सेवा दिने तयारी सुरु गरेको छ । हाल १०० बेडमा सञ्चालित अस्पतालमा करिब १ अर्ब १५ करोड लगानी थप गर्दै ३०० बेडमार्फत सेवा दिने तयारी थालिएको हो । अस्पतालले २०० बेडको लागि संचरना तयार पारेर अनुमति मागेको छ । आँखाको अप्रेसनसहितको सेवा अबको १ वर्षभित्रमा ३०० बेडको अस्पताल सञ्चालन गर्नेगरी काम अगाडि बढेको अस्पतालका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । अस्पताल सञ्चालनमा आएको १८ वर्षपछि आँखाको अप्रेसनसहितको सेवा जेठभित्रै सञ्चालन गर्न लागिएको उनले बताए । करिब ३५ करोड लगानी थप गरी आँखाका सम्पूर्ण अप्रेसन गरिने उनको भनाइ छ…
काठमाडौं, २४ जेठ । टी–२० विश्वकप–२०२४ को आफ्नो पहिलो खेलमा जित हात पार्दै अष्ट्रेलियाले विजयी यात्रा सुरु गरेको छ । आज बिहान बारबाडोसको ब्रिजटाउन मैदान भएको खेलमा अष्ट्रेलियाले ३९ रनले ओमानलाई पराजित गरेको हो । १६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रनमात्रै बनाएपछि अष्ट्रेलिया विजयी भयो । ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८, शकील अहमदले ११ रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर नचलेपछि ओमान सुरुमै दबाबमा परेको थियो । ओपनर कश्यप प्रजापति ७ र प्रतिक अथवाले शून्य रनमै आउट भए । अर्का ब्याटर शोयब खानले पनि खाता खोल्न…
झापा, २४ जेठ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकम लिएर आउँदै गरेका चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयुलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ७० प २८७२ नंको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको रु ६९ लाख पाँच हजारसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले…
मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। शुभ समाचार सुन्न पाइनेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। सेयर बजारबाट लाभ नै हुनेछ। समग्रमा सकारात्मक दिन रहेको छ। भाग्यशाली रङ निलो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने। वृष : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठिक समयमा सही निर्णय लिन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न…
झापा, २४ जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई…
महोत्तरी, २४ जेठ । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी ९मिथिलानी० वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् । पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् । जेठ कृष्ण चतुर्दशीका…