
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ जेठ । झापाको बिर्तामोडमा ‘बिर्तामोड डेपलपमेन्ट समिट’ भएको छ । मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा आज बिर्तामोड समिट भएको हो । समिटमा नगरको पहिचान, शक्ति र सामाथ्र्यका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख वक्ता बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईंले नगरको विकासमा बजेटको मुख्य भूमिका हुने बताउँदै बजेटको पूर्ण सदुपयोग गरेर काम गरिरहेको उहाँले बताउनुभयो । आन्तरिक आम्दानी र प्राप्त बजेटबाटै विकास लगायतका कार्य हुने बताउँदै एक पैसा पनि दुरुपयोग नभएको उहाँको भनाइ थियो । नगरले आफ्नो सामथ्र्य अनुसार काम गरे पनि नकारात्मक सोच भएका केही मानिसले आँखा…
शिवसताक्षी, ९ जेठ । झापाको शिवसताक्षीमा झोला बनाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षीको वडा नं. ७ को कार्यालयमा गएको २०८० चैत्र २५ गतेबाट सञ्चालित तालिमको आज समापन गरिएको हो । शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोग र गोपाल गौरी दिगो विकास प्रतिष्ठान शिवसताक्षीको आयोजनामा उक्त तालिम दिइएको हो । तालिमा स्कुल व्याग, जेन्स तथा लेडिज ट्राभल्स व्याग, साइड व्याग, मोबाइल पर्स, कलेज व्याग, ढाकाको हाते व्याग, मेकअप व्याग लगायत १६४ थान व्याग निर्माण गरिएको थियो । वडा नं. ७ का महिला दिदी बहिनीहरुलाई स्वाभलम्बी बनाउन तालिम दिइएको उपप्रमुख नरमाया कार्कीले बताइन् । तालिममा १५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।…
बिनोमोड, ९ जेठ । झापाको कनकाईबाट चोरीको मोटरसाइकलसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको बिभिन्न स्थानहरुबाट बिभिन्न मितिमा मोटरसाइकलहरु चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कनकाई नगरपालिका-४ का १९ वर्षीय प्रियङ्क कडेल, सोही स्थानका कृष्ण घिमिरे, नबिन बस्नेत, दिपक भुजेल, कनकाई-३ का सम्रिक चुडाल रहेको जिल्ला प्रहारी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट चेचिस नम्बर-LSSLFNC21K0000107, इन्जिन नम्बर- 8K500411 उल्लेख भएको प्रदेश ३०२-००९ प ५२२१ नम्बरको क्रस फायर मोटरसाइकल १ थान, चेचिस नम्बर-MD1A36FY7HCB48195, इन्जिन नम्बर-JLYCHB48204 उल्लेख भएको मे ९ प ६४६१ नम्बरको Ns मोटरसाइकल १ थान बरामद गरेको छ।…
झापा, ९ जेठ । कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) को फाइलनमा पुगेको छ । मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकता फाइनलमा प्रवेश गरेको हो । यो सँगै कोलकत्ता नाईट आईपीएलमा तेस्रो पटक उपाधि नजिक पुगेको छ । हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले ३८ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो । पहिलो क्वालिफायरमा पराजित हैदरावादले फाइनलमा पुग्न दोस्रो मौका पाउनेछ । त्यसका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । एलिमिनेटर खेलमा आज बुधबार तेस्रो र चौथो स्थानमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैग्लोर खेल्नेछन् ।
झापा, ९ जेठ । काभ्रेको महाभारतमा एक दम्पत्तिको हत्या भएको छ । महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मंगलबार साँझ घरभित्रै उनीहरु मृत फेला परेका थिए । टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । प्रहरीले हत्या भएको पुष्टि गरेको छ । घटनाको करण भने खुल्न सकेको छैन । गाउँमा पसल सञ्चालन गर्दै आएका उनीहरु दुईजना मात्रै जस्ताले बारेको र जस्ताले नै छाएको घरमा बस्दै आएका थिए । बल दम्पतीका तीन छोरा र एक…
झापा, ९ जेठ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो । त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभाको बैठक निर्णय नम्बर ५५र२०१ ले थप अङ्गीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक…
झापा, ९ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र मधेस प्रदेशसहित देशको पहाडी भूभागमा…
झापा, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराइ नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए। जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो।
झापा, ८ जेठ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ। त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ। त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख…
बिर्तामोड, ८ जेठ । झापाको मेचीनगर नगरपालिकाबाट आज लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उलाीबारी नगरपालिका–५ का २६ वर्षीय समिर मगर र उर्लाबारी–२ का २७ वर्षीय सुजन कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम १२० मिलिग्राम ब्राउनसुगर बरामद भएको कार्यालयले जनाएको छ । त्यस्तै, सोमबार बेलुका मेचीनगर नगरपालिका–६ पुरानो मेची पुल हुँदै भारतको…