झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

१. के राति दही खान हुन्छ ?राति दही खान नहुने कुनै नियम छैन। रातिको खाना (डिनर) मा दही खानु सुरक्षित हुन्छ र यो पाचनका लागि पनि राम्रो मानिन्छ।धेरै तेल–मसला भएको खाना वा चिनीसँग भने दही नखादा राम्रो हुन्छ। २. के दही खाँदा रुघा लाग्छ ?दही खाँदा कफ (.म्युकस) बन्दैन र यसले श्वासप्रश्वास सम्बन्धी कुनै संक्रमण पनि गराउँदैन। दही खाँदा रुघा लाग्छ भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन।यदि कसैलाई दहीसँग संवेदनशीलता छ भने मात्र असहज हुन सक्छ। ३. के दही खाँदा तौल बढ्छ ?दहीले तौल बढाउँछ भन्नु ठूलो भ्रम हो। यसमा प्रोटिन र प्रोबायोटिक्स प्रशस्त हुन्छ, जसले पेट लामो समयसम्म भरिएको…

Read More

ईश्वर थापाधनकुटा, १६ माघ । कोशी लोकमार्ग स्थित धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१, को सिमाना पर्ने त्रिशूलेमा दुर्घटना यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रु अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो । घाइते हुनेहरूमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२, बस्ने ५३ बार्षिय रेवान्त कुमार कामी, सोहि स्थानका २३ बर्षिय रबिन लिम्बु, २२ बर्षिय राज लिम्बु, धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ बर्षिय मुना रुचाल, सोहि ठाउँ बस्ने ५ बर्षिय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ बर्षिया चन्द्रकला लिम्बु रहेका जिल्ला प्रहरी…

Read More

आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताउनुभएको छ । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुग्नुभएका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकि त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मेहनत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुनेछ भन्ने मेरो…

Read More

चितवन, १६ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ ।

Read More

राधा लुइटेलफिदिम, १६ माघ । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ । जिल्लाको याङवरक गाउँपालिका २ तिमतिम्बु घर भइ रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनु भएको हो । केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनु भएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मंगल बेघाले बताउनुभयो । निरन्तर चारदिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम ४ को देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरीले जनाएको छ ।…

Read More

झापा, १६ माघ । झापा, मोरङ र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ भुटानी शरणार्थी सिविरका २८ वर्षिय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिराटनगर–१५ एक नंम्बर ढाट स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा दमक–४का एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागु औषध ब्राउन…

Read More

झापा, १६ माघ ।आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो ।

Read More

झापा, १५ माघ । झापा र सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका २ स्थितमा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका ६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी बेचबिखनमा संलग्न मनकुमार राजवंशीलाई मे १ ह ५५६२ नम्बरको अटोसहित नियन्त्रणमा लिएको हो । त्यस्तै धरान ८ बाट अस्थायी प्रहरी चौकी तीनकुनेले इटहरी ५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।यससँगै कारोबारमा संलग्न इटहरी ९ की…

Read More

मोरंग, १५ माघ । मोरंगको पथरीमा घरको आँगनमा खेलिरहेका पाँच वर्षे युसन तामाङको कानमा लगाइएको १ आना तौलको सुनको बेरुवा अज्ञात व्यक्तिले चुइङ्गम दिएर फकाई लुटेर फरार भएका छन्। घटना दिउँसो करिब ३ः३० बजे भएको हो। कालो कपडा र टोपी लगाएका लुटेराले सुन लिएपछि फरार हुँदा क्षेत्रमा त्रास फैलिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।’

Read More

एक पटक सम्झनुस त तपाईँ पछिल्लो पटक कहिले मुस्कुराउनुभएको थियो ? सम्झनु भयो ??? कन्फ्युज हुनु भयो होला । किनकी तपाँई हाम्रो व्यस्तता यति बढ्यो की हामीले के गरेका थियौ र के गर्दै छौँ भन्ने पनि झट्ट सम्झन सक्दैनौँ । कतिखेर को संग मुस्कुराएका थियौँ वा थिएनौँ पत्तै पराउदैनौँ । ।।खैर केही छैन, तपाईँ सम्झनुस वा विर्सनुस त्यो ठूलो कुरा भएन तर मुस्कुराउन नछाड्नुस । जति व्यस्त भएपनि जति हतार भएपनि मुस्कुराउन भने नछाड्नुस, मुस्कुराउने प्रयत्न जारी राख्नुस । किनभने तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ । अझ भनौ…

Read More