
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै छ । आज अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्ने बजेटका लागि दिउँसो १ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने कानुन मन्त्री पदम गिरीले जानकारी दिएका छन् ।
इलाम, १४ जेठ । एन्फा इलाम जिल्ला लिगमा देउराली स्र्पोटिङ क्लब र रेडहर्स फुटबल क्ल्बले जित निकालेका छन् । ठुलो टुडिखेलमा सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्ब माथि ३–१ गोल अन्तरको जित निकालेको हो । देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४ औ मिनेटमा अग्रता दिलाए । दोश्रो हाफको बिनोदले ६ र २६ मिनेटमा गोल गरे । मनले दोश्रो हाफको अन्तिम मिनेटमा सान्तवना गोल गरे । जितसंगै देउरालीले ३ अंक बटुलेको छ । दोश्रो खेलमा रेडहर्सले क्लब ओएसिसलाई ४–२ गोल अन्तरले पराजित गरेको…
भद्रपुर १४ जेठ । झापामा ४५ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने भएको छ । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका ४५ हजार छ सय ४८ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । आगामी जेठ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने अभियानमा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइनेछ । “त्यतिबेला विश्वभरमै खोप अभाव भएको थियो”, उहाँले भन्नुभयो, “त्यतिबेला खोप लगाउन छुटेका बालबाकिालाई लक्षित गरेर अभियान सञ्चालन हुन लागिएको हो ।” अभियानबारे जानकारी दिन स्वास्थ्य कार्यालय झापाले आज यहाँका सञ्चारकर्मीसँग अन्तरक्रिया समेत गरेको छ । “खोप अभावका भएको…
विराटनगर, १४ जेठ । युवाहरूमा वैचारिक चेतनाको विकास गर्ने उद्देश्यले विराटनगरमा ‘युवा विचार उत्सव’ आयोजना गरिने भएको छ । राष्ट्रिय गणतन्त्र दिवशको उपलक्ष्यमा जेठ १५ गते विराटनगरस्थित एलिट क्लबमा दिउँसो साढे ११ बजेदेखि सो कार्यक्रम आयोजना हुन लागेको हो । विराट युवा विचारक मञ्चका संयोजक प्रमिल अधिकारीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनले विचार उत्सवले मुलुकका विभिन्न सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरुमा युवाहरुको आलोचनात्मक सोचाई विकास गर्ने बताए । ‘विराटनगर राजनैतिक तथा वैचारिक क्षेत्रको उद्गम भुमिको रुपमा चिनिन्छ । युवाहरुमा मुद्दाहरु पहिचान, सैद्धान्तिक पक्ष र व्यवहार रुपान्तरणसम्मको आलोचनात्मक चेतनाको विकास गर्नु यस कार्यक्रमको मुख्य…
झापा, १४ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार राति शिवसताक्षी नगरपालिका–९ मिलन चौक स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको पिकअप गाडिले पैदलयात्रीलाई ठक्कर दिँदा शिवसताक्षी करिब ६२ वर्षीय पुत्रथाम राई घाइते भएका थिए । टाउ तथा शरीरको विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि इलाका प्रहरी कार्यालय झिलझिलेको मोबायल गाडीले उद्दार गरी बिएण्डसी हस्पिटल बिर्तामोड पु¥याएको थियो । घाइते राईको शनिबार राति नै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्र ३–०१–०२७ च ११२१ नं को गाडी र शिवसताक्षी–९ का २८ वर्षीय अंकित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको…
बिर्तामोड, १४ जेठ । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो । सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्यभएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताउनु भयो । चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकैकारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता…
बिर्तामोड, १४ जेठ । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिले मौलिक भाषा लिपी, संस्कार संस्कृतिसम्बन्धी दुई दिने प्रशिक्षण आयोजना गरेको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा परिसद्ले दुई दिने प्रशिक्षण आयोजना गरेको हो । संस्कार संस्कृतिविद ठाकुरजंग गुरुङले भाषा, लिपी, संस्कार, संस्कृतिको बारेमा प्रशिक्षण दिएका छन् । गुरुङ समुदायको आफ्नो भाषा, लिपी, धर्म संस्कार , संस्कृति जगेर्ना गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका मेची अंचल इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य आनन्द गुरुङले बताए । ‘जसरी पनि हामीले हाम्रो भाषा लिपी सिक्नै पर्ने छ ’ उनले भने,‘ हाम्रो मौलिकता लोप हुन दिँदैनौ…
भद्रपुर, १४ जेठ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच खेल मैदानसम्बन्धी सम्झौता भएको छ । क्याम्पस हाताभित्र रहेको खेल मैदानलाई क्रिकेट स्टेडियमको रुपमा विकास गरी क्रिकेट खेल, प्रशिक्षण र राष्टि¯य तथा अन्तराष्टि«य क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो । क्याम्पसको सभाकक्षमा आइतबार आयोजित एक कार्यक्रमका वीच क्लब र क्याम्पस बीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । क्याम्पसका तर्फबाट सम्झौताको रोहवरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा पृथ्वीविक्रम रार्इ, विद्यार्थी कल्याण प्रमुख डम्मरप्रसाद रेग्मी,…
झापा, १४ जेठ । हाल देशका विभिन्न भागमा स्थानीय वायुको प्रभाव छ। नेपालको पूर्वी भूभागमा भने भारतमा विकसित ‘रेमल’ नामको चक्रवातको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान कोशी प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागको…
भद्रपुर, १४ जेठ । भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत त्यहाँका किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले एक कार्यक्रममा ती सामग्री वितरण गरेका हुन् । मौसमी खेतीमा मात्र निर्भर रहेका कृषकलाई बेमौसमी खेतीतर्फ आकर्षित गरी बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सिँचाइ पाइप, टप सिँचाइ मोटर, उन्नत बीऊ, प्राङ्गारिक मल, स्प्रे ट्याङ्कलगायत सामग्री वितरण गरिएको कृषि विकास अधिकृत सुमन बिमलीले जानकारी दिए । मेचीपारिको उपज नेपाली बजारसम्म ल्याउन पुलको समस्या हुँदा बारीमै कुिहने गरेको यहाँका किसानको गुनासो छ । स्थानीय किसान अनय राजवंशीले यहाँको उत्पादनले बजार पायो भने जिल्लाभरिलाई पुग्ने आलुलगायत अन्य तरकारी उत्पादन…