
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ बैशाख । नेपालमा गत चार महिनामा चार लाख पर्यटक भित्रिएका छन् । यो आंकडालाई हेरेर नेपाल पर्यटन बोर्डले यो वर्ष १३ देखि १४ लाख पर्यटक भित्रिन अनुमान गरेको छ । यही दर रहने हो भने सन् २०२४ धेरै पर्यटक भित्रिने वर्ष बन्ने र्यटन बोर्डको भनाइ छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रले सबैभन्दा बढी योगदान दिने उल्लेख गरेको छ। कार्यालयका अनुसार कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धिजस्ता कारणले चालू आर्थिक वर्षमा यस क्षेत्रको मूल्यअभिवृद्धिमा उल्लेख्य सुधार हुने आकलन छ।…
झापा, २१ बैशाख । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । भोलि दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…
बिर्तामोड, २१ बैशाख । झापाको बिर्तामोडका युवालाई लक्षित गरी ३५ दिने कुक तालिम शुरु भएको छ । सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड–४ को आयोजना, बिर्तामोड नगरपालिका वडा नं. ०४ को सहयोग र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको प्रायोजनमा उक्त तालिम शुरु भएको हो । उपभोक्ता समितिका अध्यक्ष नारायण मुखियाको अध्यक्षता तथा बिर्तामोडमा–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा बिहीबारदेखि तालिम शुरु भएको छ । उद्घाटन कार्यक्रममा आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेलले युवामा कुकिङको अवधारणा भए पनि यसलाई व्यावसायिक रुपमा सीप सिकेर अघि बढ्न मद्दत मिल्ने बताउनुभयो। वडा प्रतिनिधि केशवकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य निर्मला ल्वागुन,…
झापा, २० बैशाख । योङ कम्युनिष्ट लिग (वाइसिएल) झापाको छैठौं जिल्ला सम्मेलन बिर्तामोडमा हुँदैछ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको झापा जिल्ला सम्मेलन बिर्तामोडमा बैशाख २२ गते हुने भएको हो । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी झापा जिल्ला सम्मेलनको विषयमा जानकारी दिएको हो । नेकपा (माओवादी केन्द्र) झापामा संयोजक राजु आचार्य (अग्नि) ले बिर्तामोडस्थित सिटी सेन्टरमा बैशाख २२ गते वाइसिएलको झापा जिल्ला भेला सम्मेलन हुन लागेको जानकारी दिए । केही वर्ष अघिदेखि निक्रिय रहँदै आएको माओवादीको युवा संगठन वाइसीएललाई चलायमान बनाउने उद्देश्यले जिल्ला सम्मेलन आयोजना गरिएको पार्टी झापा संयोजक आचार्यले बताए । पार्टीको युवाहरुको संगठन वाइसीएललाई शुद्धीकरण गरेर झापामा…
झापा, २० बैशाख । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी–६ रुपचनबारी स्थितमा प्र. १–०१–०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री मुर्मुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । मुर्मुको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक ३४ वर्षीय बसन्त राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्र बस्नेतकनकाई, २० बैशाख । झापाको कनकाई नगरपालिकाको १५ औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आज आर्थिक वर्ष २०८०–८१ को १५ औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको हो । बैठकको सुरुमा नै कार्यक्रमका सभा अध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वडागत रुपमा आर्थिक वर्ष २०८०–८१को कुनै संसोधित योजना रकमान्तर भए प्रस्तुत गर्न समय दिनुभएको थियो तर कुनै पनि वडाबाट त्यस्तो योजना नआएपछि अन्य विषयमा प्रवेश गर्नुभयो । १५ औं नगरसभा तथा पाँचौ बैठकमा बोल्दै नगर प्रमुख पोखरेलले अहिले जारी हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सबै नगरबासीमा आग्रह गर्नुभएको छ। उक्त, औषधि सेवन नगर्ने नगरबासीमा…
बुद्धशान्ति, २० बैशाख । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका प्रशान्त अवस्थीको प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले बिफल बनाए । खेलको २५ औ मिनेटमा बिर्तामोड युनाइटेडका अभिषेक गुरुङको क्रस पासमा आशिष चापागाईँले गरेको प्रहार बेलबारीका गोलरक्षक पुर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ३१ औं…
बिर्तामोड, २० बैशाख । योङ कम्युनिष्ट लिग (वाइसीएल) को झापा जिल्ला अधिवेशन बैशाख २२ गते हुने भएको छ । नेकपा माओवादी केन्द्र को भातृ संगठन वाइसिएलको छैठौं अधिवेशन हुने भएको हो। आज बितोमोडमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशन बारे जानकारी दिइएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्निले लामो समयदेखि सुस्त अवस्थामा रहेको संगठनलाई चलायमान बनाउन जिल्ला अधिवेशन गर्न लागिएको बताउनु भयो । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने वाईसिएल जिल्ला संयोजक राजु दर्नालले जानकारी दिनुभयो ।
बिर्तामोड, २० बैशाख । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिर्तामोड नगरपालिका–३ पञ्चकन्याटोल स्थित गणेश ढुङ्गानाको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको संयुक्त टोलीले ढुङ्गानाको घरबाट भारत रोए सरानी चम्पाडाँगी वेष्ट बंगालका २५ वर्षीय सन्नी साह र बिर्तामोडकी करिब २२ वर्षीया मनिसा राईलाई पक्राउ गरेको हो । उनीहरुलाई शंकाष्पद अवस्थामा कोठाभित्र फेला पारी चेकजाँच गर्दा सन्नी साहले बोकेको पर्स भित्र विभिन्न दरको नेपाली नोट १६ हजार ३६५, भारु ३ हजार९६०, भिभो कम्पनीको मोबाइल १ थान, निजले हातमा बोकी राखेको अवस्थामा लागु औषध ब्राउनसुगरजस्तो…
झापा, २० बैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियाका साथै नेपालका खेलाडीहरु ओलम्पिक खेलाडी कार्यक्रमस्थल आइपुगेका हुन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठजना ओलम्पिक खेलाडीलाई स्वागत–सम्मान गरिन् । उनीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुसी लागेको सुनाइन् । बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायत सदस्यहरुले उनीहरुलाई विराटचोकस्थित नेपालीरिका होटलमा स्वागत–सम्मान गरे । बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालामा हुने…