
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । अहिले एमालेसँग…
झापा, ३० फागुन । इजरायलले मेनपावर व्यवसायीमार्फत समेत नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । इजरालयमा हाल जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए । अब भने मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका हुन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । यसअघि केयर गिभरमा सरकारले मार्फत कामदार पठाउँदै आएको थियो । कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो…
बिर्तामोड, ३० फागुन । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ सिजन ९७ को ग्रान्ड फिनालेको उपाधि सिनियरतर्फ कृतिसा खड्का र रिदम श्रेष्ठ, जुनियरतर्फ सृष्टि बस्नेत र सिद्धार्थ भुजेलले उचालेका छन । त्यस्तै, प्रि–जुनियरमा प्रिन्सेसतर्फ काव्या श्रेष्ठ र प्रिन्सतर्फ एरोन गुरुङ विजेता बने । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनियरतर्फ फर्स्ट रनरअप रश्मी मोक्तान, सेकेन्ड रनरअप स्मृति पाठक र पाल्मु तामाङ बनेका थिए । जुनियरतर्फ फर्स्ट रनरअप साइना चौहान, सम्राट दाहाल, सेकेन्ड रनरअपमा एन्जोलिजा लोहोनी, प्रिन्सा राई र सफल लिम्बू भएका छन् । प्रि(जुनियरतर्फ फर्स्ट रनरअपमा एनी राई र प्रजिन गुरुङ, सेकेन्ड रनरअपमा रुपशिखा कन्दङवा र सम्भव गौतम विजयी बने…
सरोज भट्टराईशिवसताक्षी, २९ फागुन । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा–माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने १ हजार १० मिटर सडक कालो पत्रे भएको हो । व्याङ्गडाँडा– माइधार सडक नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा १ करोड ७१ लाख ७१ हजार ७३१ रुपैयाको लागतमा निर्माण गरिएकोे हो । त्यस्तै नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा दक्षिण रिङ्गरोड अन्तर्गत समृद्धि चौक दक्षिण सडक ९४ लाख २० हजार ३०९ रुपैया लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ…
कनकाई, २९ फागुन । झापाको कनकाई नगरपालिका एक दर्जन विद्यालयका छात्रछात्रालाई समेतनामूलक प्रशिक्षण दिइएको छ । लाइन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनमा कनकाईको वडा नं. १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो । कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा डा. श्रद्दा भण्डारीले मनोपरमर्श, डा विरेन्द्र यादवले क्यान्सर सम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागुऔषध सम्बन्धी सचेतनामूलक प्रस्तुति प्रदान गर्नु भएको थियो । लायन्स क्लब सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला रहनु भएको थियो…
भद्रपुर, २९ फागुन । भद्रपुर नगरपालिकाले सीपमूलक तालिमलाई अभियानकै रुपमा अघि बढाएको छ । नगर क्षेत्रका बेरोजगार महिलाहरूलाई रोजगार बनाउने उद्देश्य राखेर नगरपालिकाको सामाजिक विकास शाखाले १० वटा वडामध्ये ६ वटा वडामा एकै पटक महिलाहरू बाटेको (कपुर) धूप बनाउने तालिम दिएको हो । शाखाले वडा नम्बर ४, ५, ६, ७, ९ र १० का २ सय ३० महिलालाई धूप बनाउने तालिम दिएको शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् । वडा नम्बर– ५ बाट ३ दिने तालिम शुरु गरी फागुन २८ गते वडा नम्बर ४ मा सो तालिमको समापन गरिएको हो । वडा नम्बर– ८ का महिलाहरूलाई दुबो जडी माला र…
शिवसताक्षी, २९ फागुन । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिन सुरु गरिएको छ । शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अपङ्गगता भएका व्यक्तीहरुलाई अम्लिसोको कुचो बाट्ने तालिम दिइएको हो । तालिममा नगरका ५० जना अपाङ्गता भएको व्यक्तीहरुले सहभागिता जनाएका छन् । तालिम शुक्रबारबाट सुरु भएको छ र पाँच दिनसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । तालिममको उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि कुनै न कुनै माध्यमबाट आत्मनिर्भर बनाउन उहाँले गर्न सक्ने कामको तालिम दिइएको बताइन् । उहाँहरु हिड्डुल गर्न सक्नु हुन्न । उनले भनिन् बसेर गर्ने खालका कामहरुमा गर्न…
झापा, २९ फागुन । पूर्वप्रधानमन्त्री केपी ओलीसँग अभिनेता राजेश हमालले सिनेमा सम्वाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ । चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिनुभएको छ । महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज…
झापा, २९ फागुन । आज राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच राष्ट्रिय सभाको अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ । दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ। दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्। त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ तथा लोसपाका शेखरकुमार सिंह छन्। गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ। सत्ता गठबन्धनसँग ३९ सांसद छन् । अध्यक्ष…
तनहुँ, २९ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकामा प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरिएको छ । गाउँपालिका हाताभित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिक सत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि…