झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, २५ फागुन । झापाको कनकाई नगरपालिका वडा नं. १ ले चार जना उद्यमी महिलालाई सम्मान गरेको छ । आज ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ कालिका शक्तिपीठ (मैनाली भवन) मा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा व्यसाय सञ्चालन गरी आफैँ आत्मनिर्भर र आर्थिक उपार्जन गरिरहेकी कनकाई–१ की अपाङ्गता भए‌की मेनुका अधिकारी, युवा उद्यमी इन्दिरा पाण्डे भण्डारी, एकल महिला कला थापा र एकल महिला सूर्यकुमारी जोगीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अम्बिका राजवंशी, कार्यक्रमका सभाध्यक्ष वडा…

Read More

कनकाई, २५ फागुन । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले यहाँका जेष्ठ मातासहित सात जनालाई सम्मान गरेको छ।त ११४औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहाँका तीन जना जेष्ठ माता, दुई जना महिला उद्यमी, एक महिला समूह र एक जना शिक्षासेवीलाई सम्मान गरेको हो। कार्यक्रममा जेष्ठ माताहरू पुण्यकुमारी पौडेल, मनमाया राय र नरमाया उप्रेतीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको हो । त्यसैगरी पूर्व शिक्षिका मनकुमारी चुडाल, महिला उद्यमीद्वय मनिता चेम्जोङ अम्बिका कुइँकेल र मखमली महिला समूहलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुशीला कन्दङ्वा, वडाध्यक्ष भीष्म भुसाल सिटौला लगायतका अतिथिहरुले सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले…

Read More

भद्रपुर, २५ फागुन । झापाको भद्रपुर नगरपालिका–९ स्थित श्रीरामेश्वर शिवपञ्चायन मन्दिर समावेशी धाममा आज महाशिवरात्रिको अवसरमा आज १०८ महाआरती हुँदैछ । आज बेलुका सांगीतिक भजन साँझ तथा महाआरत हुने भएको हो । मन्दिर व्यवस्थापन समिति अध्यक्ष सरोज निरौलाले धामको प्रचार–प्रसार र चौतर्फी विकासका लागि सांगीतिक भजन साँझ तथा महाआरत गर्न लागिएको बताउनुभयो । २०६० सालमा महाशिवरात्रीकै दिन स्थापना गरिएको मन्दिरले बर्सेनि महाशिवरात्रीका दिन विविध कार्यक्रम गर्दै आइरहेको छ । सांगीतिक साँझमा पुष्पन प्रधान र कृपा पौडेलले संगीतमय भजन गाउने जनाइएको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च…

Read More

झापा, २५ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि शनिबार…

Read More

झापा, २५ फागुन । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने…

Read More

बिर्तामोड, २५ फागुन । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल विरअमरसिंह माविमा सम्पन्न भएको हो । विजेता हुनेहरुमा वादविवाद प्रतियोगिता तर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोश्रो (निधि मावि) र तेश्रो सृजा काफ्ले (न्युटन्स मावि) रहेका छन् । यसै गरि निवन्ध लेखन तर्फ पुर्निका यादव पहिलो (न्युटन्स मावि), निकिता तामाङ दोश्रो (एभ्रेष्ट स्मार्ट एकाडेमी), र दिपशिखा प्रसाई तेश्रो (नवोदय फनमिन) रहेका छन् । यसैगरी स्पोर्ट क्विज तर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम…

Read More

भद्रपुर, २४ फागुन । प्रहरि कल्याणकारी कोषको १७ अर्ब भन्दा बढी रकममध्ये झण्डै १३ अर्ब रुपैयाँ रकम हिनामिना भएको भन्दै नेपाल पूर्व प्रहरी संगठनले देशका ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुलाई ज्ञापन पत्र दिएको छ । केन्द्रीय निर्देशन बमोजिम संगठन झापाले पनि जिल्ला प्रहरी कार्यालय झापालाई बिहीबार कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो । केन्द्रीय सदस्य मदन गोपाल सुब्बा र झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा जिल्ला भरिका पूर्व प्रहरी संगठन सदस्यको एक टोलीले इन्सपेक्टर एशोधा घलेलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा २०४९ देखि २०६९ भदौ सम्मको कल्याण कोषको आय–व्याय हिसाब–किताब संगठन पदाधिकारिको रोहबरमा छानविन समिति गठन गर्नुपर्ने, कल्याणकारी…

Read More

विराटनगर, २४ फागुन । मोरङ र उदयपुरबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–५ का २४ वर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका–६ का ३१ वर्षीय विजय राई रहेका छन् । हिजो बेलुका कुंवरलाई विराटनगर महानगरपालिका–१६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाइजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुलसहित पक्राउ गरेको थियो भने राईलाई हिजै बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई स्थितबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ…

Read More

बिर्तामोड, २४ फागुन । आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एकएक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् । झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको…

Read More

काठमाडौं, २४ फागुन । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ । राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । राईलाई प्रहरीले इन्टरपोलमार्फत खोजि गरीरहेको र अहिलेसम्म पक्राउ नपरेको उनको भनाइ छ । राई पक्राउ परेको भन्दै सामाजिक सञ्जालर केही अनलाइन सञ्चार माध्ययममा राई पक्राउ परेको भन्दै हल्ला फैलिएको थियो ।

Read More