झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

द्रोण अधिकारीजलवायु परिवर्तनको असर हरेक वर्ष देखिन थालेको छ । जाडो वा गर्मीको समयमा विगतभन्दा भिन्न रूपमा प्रकृतिले आफूलाई प्रस्तुत गरिरहँदा विपतको रूप देखिन थालेको अवस्था छ । खासगरी प्रकृतिलाई मानिसले नियन्त्रण गर्ने प्रयास थालेकै कारण विपत नयाँ नयाँ स्वरूपमा आउने गरेको छ । सत्य कुरा के हो भने प्रकृतिमाथि मानिसको नियन्त्रण संभव छैन तर पनि मानिस विकास वा उन्नतिका नाममा प्रकृतिमाथि अतिक्रमण बढाइरहेको छ । प्रकृतिलाई मानिसले नियन्त्रण गर्न नसके पनि सही रूपमा उपयोग गर्न भने सक्छ । प्रकृति मानवका लागि सुखमय जीवन पनि हो तर, मान्छे आफ्नो जीवनका रूपमा रहेको प्रकृतिमाथि अतिक्रमण गरेर विजय हाँसिलको दौडमा लाग्दा प्रकृतिले…

Read More

झापा, २३ बैशाख । यस वर्ष हज गर्न जाने हज यात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ । हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक कार्ड सुरु गरेका छन् । यसलाई अनुमति कार्डको रूपमा व्याख्या गरिएको छ । इन्डोनेसियामा आयोजित एक समारोहमा इन्डोनेसियाली हज मिसनलाई नुसुक कार्डको उद्घाटन ब्याच प्रदान गरिएको थियो । नुसुक कार्ड, भौतिक र डिजिटल दुवै ढाँचामा उपलब्ध छ, प्रत्येक तीर्थयात्रीको बारेमा विस्तृत डेटा…

Read More

भद्रपुर, २२ बैशाख । हल्दिवारी गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पति शोक परेको छ । उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको आज साँझ ५.५८ वजे आकस्मिक निधन भएको हो । ५ छोरी र २ छोराका अभिभावक मैनाली महेन्द्र माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहनु भएको थियो । मैनाली समाजमा आदर्श व्यक्तिको परिचय बनाउनु भएको व्यक्तित्व हुनुहुन्थ्यो । मुटुमा समस्या देखिएपछि आज ४ बजे बिर्तामोड स्थिति बि.एण्ड.सी अस्पताल विर्तामोड पुर्याएकोमा ५.५८ मा डाक्टरले मृत घोषित गरेको उपाध्यक्षका स्वकीय सचिव प्रलाद सिलवालले जानकारी दिएका छन् । उनका अनुसार भोलि बैशाख २३ गते आइतवार मैनालीको अन्त्यष्टी गरिने छ ।

Read More

झापा, २२ बैशाख । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० नेपाल झापाको छैठौं जिल्ला भेला सम्पन्न भएको छ । शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै भेला सम्पन्न भएको हो । शाहीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ चयन भएका छन् । जनक ल्वागुन सचिव र सहसचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समिर लिम्बु चयन भएका छन् । मेनुका राजवंशी कोषाध्यक्षमा चयन भएकी छन् । नयाँ कार्यसमितिको नामावली वाइसीएल नेपालका केन्द्रिय सदस्य डम्बर पुलामी ९कर्म० ले उद्घोष गरेका थिए । झापाका…

Read More

बुुद्धशान्ति, २२ बैशाख । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधी कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधीसँगै नगद २ लाख रुपैंयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपुर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधी हात पार्न बञ्चित रहयो । खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेण्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर बिशाल दर्जीले हेड मार्फत गोल गरेका…

Read More

चन्द्र बस्नेतकनकाई, २२ बैशाख । झापाको कनकाई नगरपालिका वडा नं. १ मा रहेका वडा स्तरीय महिला बचत समूहका दिदीबहिनीलाई क्षमता अभिवृद्धि तालिम दिएको छ। वडा स्तरीय महिला बचत समूहमा रहेको महिला दिदिबहिनीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत उद्घोषण तथा प्रस्तावना लेखन तालिम दिएको हो। वडामा रहेका विभिन्न १९ वटा महिला समूहमा आवद्ध ५० जना महिला दिदीबहिनीहरुले क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत उद्घोषण तथा प्रस्तावना लेखन सम्बन्धी ४ दिवशीय तालिम लिनुभएको महिला वडान १ कि महिला सदस्य निर्मला खड्काले जानकारी दिनुभयो । वडा न १ को आर्थिक सहयोगमा आयोजित तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेतरहनु भएका कनकाई नगरपालिका वडा…

Read More

झापा, २२ बैशाख । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिँदै भनिन्, ‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’ सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

Read More

झापा, २२ बैशाख । गौरीगञ्ज अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालमा तोडफोड भएपछि अनिश्चित समयका लागि बन्द गरिएको हो । झाडा पखाला लागेर अस्पताल भर्ना गरिएका बालकको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा विवाद सृजना भएको थियो । बालकको मृत्यु पछि अस्पतालमा भएको तोडफोडबाट असामान्य अबस्था सिर्जना भएकाले अस्पताल बन्द गर्नु परेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालमा प्रयोगमा रहेको सर्वर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्न गई अस्पतालका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु हाललाई बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना…

Read More

दमक, २२ बैशाख । पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक रोगको समस्या बढेको छ । गर्मीका कारण बालबालिकामा विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा सङ्क्रमणलगायतका समस्या देखिने गरेको उहाँको भनाइ छ । सो अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बालबालिका उपचार गर्न आउने गरेका छन् । यो सङ्ख्या…

Read More

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।…

Read More