
झापा, २२ बैशाख । गौरीगञ्ज अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालमा तोडफोड भएपछि अनिश्चित समयका लागि बन्द गरिएको हो । झाडा पखाला लागेर अस्पताल भर्ना गरिएका बालकको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा विवाद सृजना भएको थियो । बालकको मृत्यु पछि अस्पतालमा भएको तोडफोडबाट असामान्य अबस्था सिर्जना भएकाले अस्पताल बन्द गर्नु परेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पतालमा प्रयोगमा रहेको सर्वर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्न गई अस्पतालका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु हाललाई बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना जारी गरी जनाएका छन् । तोडफोडबाट अस्पतालमा लाखौंको क्षति भएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



