
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ फागुन । आज बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
शिवसताक्षी, २६ फागुन । झापाको शिवतसाक्षी–७ मा फाक्तेपमा रहेको श्री बाल सेवा आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाइएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५० औ स्थापना दिवस तथा स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको आवसरमा विद्यालयले ४० बढी दाता तथा शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीलाई विद्यालयसम्म आवत–जावतका लागि स्कुल बस खरिद अभियान सञ्चालन गरेको छ । उक्त अभियानमा सहयोग रकम प्रदान गर्ने दाताहरुलाई समेत विद्यालयले सम्मान गरेको हो । बस खरिद अभियानमा बालसेवा आधारभूतका शिक्षकहरुले एक महिनाको तलब विद्यालयलाई प्रदान गरेका छन् । उक्त अभिायनमा सहयोग गर्ने शिक्षक, कर्मचारी लगायत दाताहरुलाई विद्यालयले सम्मान गरेको छ ।…
शिवसताक्षी, २६ फागुन । ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवताक्षीका ११ जना महिलालाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा नगर स्तरीय महिला समितिको समन्वयमा नगरका ११ वटै वडाका एक–एक जना महिलालाई सम्मान गरिएको हो । नगरका वडाहरुमा रहेर विभिन्न समयका काम गर्ने उद्यमी महिला, समाज रुपान्तरणका लागि काम गर्ने र श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिकाका पूर्व नगरप्रमुख चन्द्रकमार शेर्माले सम्मान प्रत्र प्रदान गरेका हुन् । सम्मानित हुनेहरुमा मेरिना कार्की, आइतमाया लिम्बु, डम्बरकुमारी बास्तोला, हेमकुमारी राजवंशी, खुमा देवी ढुंगेल, बत्च्छला खनाल, रेनुका बस्नेत, देवीमाया…
झापा, २५ फागुन । झापाको शिवसताक्षीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बेलुका शिवसताक्षी–१ धरमपुर स्थित पुर्वपश्चिम राजमार्गमा दमकबाट काँकरभिट्टातर्फ आउँदै गरेको मे १ ख २५४७ नं को बसले बिपरित दिशाबाट जाँदै गरेको मे १० प ७७५८ नं को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक शिवसताक्षी–११ का २५ वर्षीय राहुल थापा मगरको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि बिएण्डसी हस्पिटल बिर्तामोड लगिएकोमा बेलुका करिब डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव सोही हस्पिटलमा रहेको छ भने बस चालक बुद्धशान्ति–४ का ५१ वर्षीय हेमबहादुर बिक इलाका प्रहरी कार्यालय…
भद्रपुर, २५ फागुन । मानव अधिकारका लागि महिला एकल महिला झापाको ७ औं वार्षिक साधारण सभा तथा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर २ जना उत्कृष्ट नारीलाई सम्मान गरिएको छ । एकल महिलाको छहारी भद्रपुर–१० मा कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय झापाकी महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक यसोदा घले र जग्गादाता चन्द्रदेवी दाहाललाई सम्मान गरिएको हो । एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाई, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना,…
झापा, २५ फागुन । झापाको गौरादह नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित एक युलालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ गौरादह–५ स्कुलचौन बजारबाट डोरामारीतर्फ जाँदै गरेको मे ६ प ४७८० नं. को मोटरसाइकललाई प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक गौरादह–४ का २२ वर्षीय निरज खत्रीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ब्राउनसुगर २९ ग्राम ४६० मिलीग्राम र नगद ८ हजार बरामद गरेको छ । मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, २५ फागुन । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक कृति आम सञ्चार र समावेशी पत्रकारिता कृतिको बारेमा भद्रपुरमा चर्चा परिचर्चा गरिएको छ । रिडर्स क्लब भद्रपुरको आयोजनामा भद्रपुरमा स्थानीय बुद्धिजीवि, जनप्रतिनिधि तथा शिक्षा र पत्रकारितासित सम्बद्ध व्यक्तिसित कृतिभित्रका विषय बस्तु बारेमा विमर्श गरिएको हो । कृतिको समीक्षा गर्दै समीक्षक तुलरामसिंह राजवंशीले पुस्तक भित्र वर्तमान संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्त र व्यवहारिक प्रयोजनको खोजी मूल विषय रहेको जानकारी दिए । यस्तै पत्रकार तथा समीक्षक मोहन काजीले समावेशीताका नाममा सिमित वर्गले उपयोग गरिरहेको अधिकार बास्तविक वर्गमा पुर्याउने चेतना पुस्तकको मुल विषयमा गासिएको प्रष्ट पारेका थिए । रिडर्स भद्रपुरका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा…
भद्रपुर, २५ फागुन । आर्य समाजका संस्थापक दयानन्द सरस्वतीको २०० औं जन्म जयन्ति तथा शिवरात्री पर्वको अवसर पारेर झापाको सुरूङ्गामा दुई दिने श्रीमद् यजुर्वेद व्रह्मपारायण सुरू गरिएको छ । आर्य समाज झापाको आयोजनामा कनकाई ४ माइधार सुरूङ्गामा विश्व शान्ति महायज्ञ ज्ञान ज्योति पर्वका रूपमा दुई दिने पारायण सुरू गरिएको हो । पारायण नेपाल आर्य समाजका पूर्व अध्यक्ष आचार्य कमलाकान्त आत्रेयको प्रमुख वाचकत्व तथा आर्य समाजको अग्रज व्यक्तित्व धर्मप्रसाद सुवेदीको प्रमुख यजमानत्वमा यज्ञशाला सञ्चालित रहेको छ । यज्ञशालामा आचार्प पण्डित टिकाराम शास्त्री, चिन्तामणि उप्रेती, पिताम्वर शर्मा, सम्भुप्रसाद सुवेदीले यजुर्वेदको पाठ पारायण गरिरहेका छन् भने सञ्चारकर्मी प्रकाश सुवेदीको पनि यज्ञशालामा पाठ पारायणमा…
बिर्तामोड, २५ फागुन । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले महाशिवरात्रि पर्वको अवसर पारेर जग्गादाता तथा सामाजिक व्यक्तित्व मानबहादुर गिरीको स्मृति दिवस तथा नारी दिवस मनाएको छ । समाजले बिर्तामोडमा शुक्रबार (आज) महाशिवरात्री पर्व अन्तरगत स्व.मानबहादुर गिरीको चौथो स्मृति दिवस र ११४ औं नारी दिवस मनाएको हो । कार्यक्रममा वक्ताहरुले मानबहादुर गिरीले समाजका लागि गरेको योगदानको चर्चा गरेका थिए । स्व. गिरीले समाजका लागि अर्जुनधारा–११ स्थित बुट्टाबारीमा दशनामी समाजको भवनका लागि ४ कठ्ठा जग्गा प्रदान गरेका थिए भने नगर समितिको अक्षयकोष स्थापना गर्न ५० हजार रुपैयाँ प्रदान गरेका थिए । समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली…
बिर्तामोड, २५ फागुन । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चार पटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो । पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको…