
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ५ जेठ । गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी असार ७ गते फिल्मलाई पुनः प्रदर्शन गरिने जानकारी गराइयो । फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ । फिल्ममा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् । उनी फिल्मका निर्माता पनि हुन् । पहिलोपटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले जानकारी दिए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ ।…
सुरुङ्गा, ५ जेठ । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् । सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४०…
सुरुङ्गा, ५ बैशाख । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गरे । कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायतसहित महासङ्का १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सरिक छन् । सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल…
हरियाणा, ५ जेठ । हरियाणाको नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थल र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । यस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले बसमा आगलागी हुँदा हाताहाती भएको जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो । बसमा करिब ६० जना सवार थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटनामा घाइते भएकी महिला मीना रानीले एएनआईलाई भनिन्, ‘दुर्घटनापछि चालक भागे । गाउँलेले हामीलाई…
महेन्द्रनगर,५ जेठ । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।रासस
काठमाण्डौ, ५ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ । प्लेअफमा पुग्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने अवस्था छ । आज चेन्नईले जित्यो भने १६ अङ्क हुनेछ । लिग चरणको अन्तिम खेलअघि बेंगलुरुलाई शीर्ष ४ मा पुग्न ठुलो जित आवश्यक छ । उसले चेन्नईलाई १८ रन वा ११ बल अगावै जित्नुपर्ने हुन्छ । हिजो भएको खेलमा लखनउ सुपर…
सातु सर्वत पिउनु मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ। गर्मी मौसममा यसले सितलता प्रदान गर्छ। प्राय सवै मौसममा सहज र सस्तोमा पाइने हुनाले सबैको पहुँच हुन्छ। कुनै समय सातु र सातुबाट बन्ने परिकार गरिबको परिकार भनेर चिनिन्थ्यो तर अहिले ठूला(ठूला सुपरमार्केटमा ब्राण्ड(ब्राण्डमा पाइन्छ । शहरमा पनि यसलाइ धेरैले रुचाएका छन्। सातुको सर्वत मात्र होइन, बिभिन्न मिठाइ, लड्डु र लिटो समेत बनाएर खुवाउने गरिन्छ। फरक(फरक स्वादका ताजा या क्यानका जुसमा पनि सातु मिसाएर पिउने चलन छ। सातु सर्वतले कब्जियत हटाउन सहयोग गर्छ। पाचन प्रणालीलाई तन्दरुस्त राख्न मद्दत गर्दछ। मोटोपन घटाउन र रक्तचाप निय्स्न्त्रणमा राख्न पनि सातु सर्वतको राम्रो भूमिका रहन्छ। शरिरमा रहेको…
झापा, ५ जेठ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन्। शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
झापा, ५ बैशाख । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू(भागमा एक(दुई स्थानमा…
झापा, ४ जेठ । कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर राज्यमन्त्रीको भूमिकामा छिन् । झागर समुदायबाटै पहिलो पटक उनी मन्त्री बनेकी हुन् । उनलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । कोशी प्रदेशमा बनेको १० सदस्यीय मन्त्रीमण्डलमा उनी पनि सामेल हुनुको मतलब अब उनले नीतिगत तहमा आफ्नो कुरा राख्नेछिन् । आफ्नो समुदायको हित अनुकूल निर्णय गराउन प्रयास गर्नेछिन् । झापा, मोरङ र सुनसरीमा यो समुदायको बसोबास छ । ‘हाम्रो समुदायभित्र झागर, उराउ समुदाय छ । त्यसभित्र झागर खडिया समुदाय छ । म त्यो समुदायमा पर्छु । त्यो समुदाय अहिले झापा, मोरङ र सुनसरीमा ७ हजारजति छन्,’ उनले…