
सातु सर्वत पिउनु मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ। गर्मी मौसममा यसले सितलता प्रदान गर्छ। प्राय सवै मौसममा सहज र सस्तोमा पाइने हुनाले सबैको पहुँच हुन्छ। कुनै समय सातु र सातुबाट बन्ने परिकार गरिबको परिकार भनेर चिनिन्थ्यो तर अहिले ठूला(ठूला सुपरमार्केटमा ब्राण्ड(ब्राण्डमा पाइन्छ । शहरमा पनि यसलाइ धेरैले रुचाएका छन्।
सातुको सर्वत मात्र होइन, बिभिन्न मिठाइ, लड्डु र लिटो समेत बनाएर खुवाउने गरिन्छ। फरक(फरक स्वादका ताजा या क्यानका जुसमा पनि सातु मिसाएर पिउने चलन छ। सातु सर्वतले कब्जियत हटाउन सहयोग गर्छ। पाचन प्रणालीलाई तन्दरुस्त राख्न मद्दत गर्दछ। मोटोपन घटाउन र रक्तचाप निय्स्न्त्रणमा राख्न पनि सातु सर्वतको राम्रो भूमिका रहन्छ।
शरिरमा रहेको अनावश्यक बिकार (टक्सिन) निस्कासन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ। बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर ब्यायाम या काममा निस्कदा तत्काल शक्ति प्रदान हुन्छ। जौको सातु सर्वत त झन् मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ। जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ।
सातुले दिने पोषण आधुनिक तयारी प्याकेटका परिकारले दिन नसक्ने बिज्ञहरुको भनाइ छ। चाउचाउ, पाउरोटि, बिस्कुट्, दालमोठ, भुजा जस्ता परिकारले सातुको महत्व घटेता पनि पछिल्लो समय मौलिक खानाको महत्व भुझ्नेहरुले सातुको यसको प्रयोग बढेको छ । बालबालिका, वृद्ध, वयस्क, गर्भवती, खेलाडी र ब्यायाम गर्नेहरुका लागि सातुका फरक फरक प्याकमा पाइने हुँदा सबैको आ(आफ्नै महत्व र फरक स्वाद हुन्छ । कुनै पनि कृत्रिम नमिसाइ बनाइने यस्ता सातुको सर्वत बनाउदा स्वास्थ्यका लागी गुण्कारी साबित भएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



