
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ६ जेठ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् । एनक्लेक्स नेपाल प्रायोजन र नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिवार होटेल याक एन्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै उनले वेस्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । हाइकिङ रुचि भएकी लम्साल सकारात्मक उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन् । विजेता लम्सालले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट रनरअप र सामाखुसी निवासी…
काठमाण्डौ, ६ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ । हैदराबाद १३ खेलमा १५ अङ्गसहित तालिकाको तेस्रो र यसअघि नै प्लेअफ होडबाट बाहिरिएको पञ्जाब १० अङ्गसहित नवौं स्थानमा छ । आजको खेलमा हैदराबाद विजयी भएमा उसको १७ अङ्क हुनेछ । यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच गुवाहटीमा खेल हुनेछ । कोलकाता १३ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । राजस्थान १६ अङ्कसहित दोस्रो स्थानमा छ…
कनकाई, ६ बैशाख । झापाको कनकाई नगरपालिकामा आज एक दिने सहकारी सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । कनकाई नगरपालिकाको सहकारी शाखा आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा कनकाईमा मुख्य कार्यालय र सेवा केन्द्र भएका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक डिल्ली दाहालले प्रशिक्षण समेत दिनुभएको थियो । उहाँले झापामा रहेका ७५६ वटा सहकारीमध्ये एक दर्जन सहकारीमा समस्या देखिएको बताउनुभयो । कार्यशालामा नगरप्रमुख राजेन्द्र पोखरेलले सबै सहकारी खराब नभएको बताउँदै केही गलत नियत भएका व्यक्तिले गलत गर्दा सहकारी बदनाम भएको बताउनुभयो । उहाँले सहकारी सञ्चालकहरुले सदस्यमैत्री बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “खराब सहकारीलाई कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सँगै…
झापा, ६ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको…
झापा, ६ जेठ । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारलाई विभिन्न सुझावहरू पेश गरेको छ । संगठनले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ । केन्द्रीय समितिले सो कोष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्न र उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ । यस्तै, कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले पाउने अन्य सुविधाबापत २० प्रतिशत रकम र विदेशी दातृ निकायबाट प्राप्त सहायता…
झापा, ६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा कनकार्इ नगरपालिकास्थित जामुनखाडी सिमसार क्षेत्रमा शनिबार आयोजना गरेको मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको छ । संघीयतामा सञ्चार नीति, नियत र नियति विषयमा भएको मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको हो । यस्तो छ १० बुँदे घोषणा पत्र१. सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।२. यो सम्मेलन श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वनको माग गर्दछ ।३. संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।४. प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता…
झापा, ६ जेठ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामबहादुर रानामगरले प्रदेशमा बलियो सञ्चार ऐन–कानून बनाउने बताउनुभएको छ । झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा शनिबार आयोजित ‘मिडिया सम्मेलन’मा सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित मर्यादित बनाउन बलियो सञ्चार ऐन–कानून निर्माण गर्ने बताउनुभयो । बहुदलपछि धेरै मिडिया क्षेत्र धेरै फस्टाएको बताउँदै उहाँले निजी मिडियामा सरकार धेरै सहयोग लगानी गर्न नसक्ने बताउनुभयो । “निजी विद्यालयमा सरकारले जसरी तलब खुवाउन सक्दैन, त्यसरी निजी मिडियामा सरकारले धेरै लगानी गर्न सक्दैन”, उहाँले भन्नुभयो, “त्यसको व्यवस्थापन निजी मिडियाले नै गर्नुपर्छ ।” तथापि, उहाँले श्रमजीवि पत्रकारलाई बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । दल…
बिर्तामोड, ६ जेठ । आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधि नजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ हजार ५५५ रुपैयाँ सुरक्षित गरेका छन् । प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ…
शिवसताक्षी, ६ जेठ । झापा शिवसताक्षीमा जारी मेयर कपको उपाधि शिवसताक्षी वडा नं. ११ले उचालेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै वडा नं. ११ ले उपाधि हात पारेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल रहित बराबरी भए पनि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । उपाधि हात परेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता वडा नं ८ ले ४० हजार नगद सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । खेलको म्यान अफदी म्याच वडा नं.…
एजेन्सी, सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ स्वस्थ जीवनशैली कसरी अपनाउने ? यदि तपाँई धूमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन…