
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
तुलसीपुर, २ जेठ । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।
झापा, २ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ। कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी…
झापा, २ जेठ । झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार बेलुका दमक–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागुऔषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक– का २६ वर्षीय प्रकाश लिम्बु रहेका छन् । उनीहरुको साथबाट स–सानो प्लाष्टिकको पोकामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० पोका फेलापारी डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम रहेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
नेत्र बिक्रम बिमलीकचकवल, २ जेठ । झापाको दक्षिणी सिमामा अवस्थित कचनकवल गाउँपालिकामा ४३०४ जनाले सामाजिक सुरक्षा भत्ता लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीले दिनुभएको जानकारी अनुसार सामाजिक सुरक्षा भत्ता बाहेक अति विपन्न १५ सय परिवारलाई पालिकाको नीति तथा कार्यक्रम मार्फत छुट्टाएको रकमबाट स्वास्थ्य विमा समेत गरिएको छ । अध्यक्ष राजवंसीका अनुसार अघिल्लो आर्थिक बर्ष २०७९र०८० मा विमा गरिएका १ हजार परिवारले बिमा नवीकरण गर्दा २५ प्रतिशत रकम बुझाउनु पर्छ भने आर्थिक बर्ष २०८०–०८१ को बजेट मार्फत थप ५ सय परिवारलाई भने पालिकाले नै निशुल्क बिमा गरिदिएको छ । त्यस्तै अध्यक्ष राजवंसीका अनुसार कचनकवल गाउँपालिका भित्रका…
शिवसताक्षी, २ जेठ । झापाको शिवसताक्षीमा जारी मेयर कपमा मंगलबार भएको खेलमा वडा नं. वडा नं. ८ विजयी र शिवसताक्षी मिनी भेट्रान विजयी भएको छ । शिवसताक्षी ८ ले वडा नं. ४ लाई १– ० गोल अन्तरले हराउँदै विजयी भएको छ । खेलको म्यान अफदी म्याच वडा नं.४ का गोल किप्पर रामकुमार ताजपुरिया घोषित भए । त्यस्तै मंगलबार भएको दोस्रो खेलमा शिवसताक्षी २ लाई ट्राइबेकरमा ४–३ गोल अन्तरले हराउँदै मिनी भेट्रान विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धेकेल्लिएको थियो । खेलको म्यान आफदी म्याच मिनी भेट्रान क्बलका गोल रक्षक डम्बरबहदुर सेलिङ्ग (रविन) घोषित…
काठमाण्डौ, १ जेठ । विश्वकप फुटबल छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँग हुने खेलका लागि आज २८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन् । यसैगरी डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन् । मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान…
काठमाडौं, १ जेठ । जेठ १० गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पुजारको रोलमा देखिएका आर्यन सिग्देल र उनकी प्रेमिकाको रुपमा रहेकी अञ्जना बराइलीको सम्बन्धको भावलाई प्रस्तुत गरिएको छ । साथै, गीतमा मैतबहादुरको भूमिकामा रहेका प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि दर्शाइएको छ । गीतमार्फत अन्तरजातीय प्रेम प्राप्तीको जटिल सम्बन्धलाई देखाउन खोजिएको छ । यस अघि रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । यो गीतले दुःखका भाव व्यक्त गरेको छ । गीतमा बी पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर छ । गीतलाई सुवास…
काठमाडौं, १ जेठ । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् । महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ । कार्यक्रम वाचन गर्दा संसद्मा हाँसोको फोहोरा छुटेको थियो । सरकारले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, अपराध र शोषण अन्त्य गरिने घोषणा पनि गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्नेसमेत सरकारले घोषणा गरेको…
झापा, १ जेठ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १७० मजदुर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, विर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन् । मजदुरहरुले सोमबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई ज्ञापन पत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् । नेपाल कृषि तथा बगान…
काठमाडौँ, १ जेठ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् । शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।