
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ बैशाख । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौंदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स ९विद्युतीय सौर्य तारबार० जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ । यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति…
चितवन, २८ बैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन् । सङ्ख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए । उनले भने, “घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ ।” यसका…
बारा, २८ बैशाख । जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । बैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडा अध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । २०८० साल माघ १० गते वडाध्यक्ष कार्कीले घुस लिएको आरोप लागेको थियो । वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले ५ लाख नगद रकम सहित पक्राउ गरेको थियो ।
झापा, २८ बैशाख । झापाको मेचीनगर नगरपालिकाबाट आज बिहान प्रहरीले जुत्ता–चप्पल नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सतिघट्टाबाट प्रहरी सहायक निरीक्षक छत्रलाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मेचीनगर–७ मलामिटारस्थितमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ६५ हजार रुपैयाँ बराबरको जुत्ता–चप्पल नियन्त्रणमा लिएको हो । उक्त सामान प्रहरी चौकी सतिघट्टामा ल्याएर राखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाम, २८ बैशाख । माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनल खेलमा रोङ गाउँपालिकालाई सडनडेथमा हराउँदै माईजोगमाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेका थिए । बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले माईजोगमाई बिजयी बन्यो । गोलरक्षक सुजन फागोले रोङको २ वटा प्रहार बचाएका थिए । खेलको सुरुवाती अग्रता रोङले बनाएको थियो । खेलको ३५ औ मिनेटमा सन्दिप राईले गोल गरे । ३९ औ मिनेटमा जोएल राईले खेल बराबरी गरे । दोश्रो हाफमा थप…
प्रकाश अधिकारीउस्तै उद्देश्य र हैसियत भएका व्यक्तिले एकआपसमा आर्थिक परनिर्भरता सुल्झाउन सहकार्य गर्ने संस्था स्थापना गर्नु सहकारी हो । सहकारी सदस्यकेन्द्रित व्यवसाय हो । त्यसैले यसको नियन्त्रण तथा सञ्चालनको भार प्रत्येक सदस्यमा रहन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघअनुसार सहकारी त्यस्ता व्यक्तिको स्वायत्त संगठन हो, जो संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत स्वैच्छिक रूपमा एकजुट भई आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षाको परिपूर्ति गर्न चाहन्छन् । संविधानको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिको न्यायोचित वितरण गरी…
बिर्तामोड, २७ बैशाख । झापाको बिर्तामोडमा पाठेघर खस्ने (आङ खस्ने) समस्या सम्बन्धी अन्तरक्रिया भएको छ । हेल्थ नेपाल मिडिया प्रालिको आयोजना र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुको आयोजनामा आज यहाँको पत्रकारहरुसँग अन्तरक्रियामा भएको हो । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाले खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताउनुभयो । “विभिन्न ठाउँमा भएका स्वास्थ्य शिविरमा आउने महिलाहरु ढाड दुख्ने समस्या भो, दिसा राम्ररी आउँदैन, यी र यस्तै कुरा मात्र भन्नुहुन्छ”, सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “लजाउने र समस्या खुलस्त नराख्नाले समस्या बढ्दै गएको छ ।” समयमै समस्या बारे नभन्दा क्यान्सरसम्मको अवस्थामा पुग्ने गरेको उहाँले बताउनुभयो…
पृथ्वीनगर, २७ बैशाख । पछिल्लो समय झापामा लागू औषध दुव्र्यसनी तथा ओसार–पसारमा बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरिरहेका बेला झापाको भद्रपुरमा लागू औषध दुव्र्यसन तथा ओसार–पसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम विहिबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं।–२ र भद्रपुर नगरपालिकामा (अलग अलग दुई ठाउँ) हुने दुईदिने कार्यशाला गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले उद्घाटन गर्नुभयो । गोष्ठीको उद्घाटन गर्दै प्रमुख निरौलाले लागू औषध दुव्र्यसन र ओसार–पसारको अवस्था भयानक बन्दै गएको बताउँदै न्युनिकरण तथा नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्ने बताए । दुव्र्यसनले कसैलाई…
शिवसताक्षी, २७ बैशाख । झापाको शिवसताक्षीमा मेयर कप सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी बैशाख ३० गतेदेखि फागुन ५ गतेसम्म पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेल हुने शिवसताक्षी नगरपालिका खेलकुद विकासका अध्यक्ष सुरज रिङ्गालुङले जानकारी दिए । प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार , क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले…
शिवसताक्षी, २६ बैशाख । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको हो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी ६ की महिला सदस्य गोमा रिजालले ज्येष्ठ आमाहरुलाई खादा लगाइदिएर साडी तथा फलफुल प्रदान गरेका हुन् । आमा जननी हुन् , धर्ती हुन्, आमाको ममता अरु कोही सँग दाजिँदैन, यहाँ कयौ आमाहरु छन् । जसका लागि कोही पनि सन्तान् छैनन् । भए पनि आफुसँग छ्रैनन् । आज नगरपालिकाले त्यस्ता आमाहरुलाई सम्झिएको उपप्रमुख नरमाया कार्कीले बताइन्…