झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली…

Read More

झापा, २२ बैशाख । डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउँदै छ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डिभीको नतिजाका बारेमा नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

Read More

झापा, २२ बैशाख । कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधा जसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । यसैबिच मन्त्रीपरिषद् बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । ‘पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट…

Read More

बिर्तामोड, २१ बैशाख । झापाको बिर्तामोडमा मिस नेपाल २०२४ को रिजनल अडिसन हुने भएको छ । अगामी बैशाख २३ गते अडिसन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रिजरका डाइरेक्टर गिरेन्द्रमान राजवंशीले जानकारी दिनुभयो । पूर्वमा बिर्तामोड पछि इटहरीमा अडिसन हुनेछ । विरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, पोखरा र काठमाडौं लगायतका विभिन्न सहरमा प्रतियोगिताका लागि अडिसन भएको÷ हुने राजवंशीले बताउनुभयो । प्रतियोगिताका लागि १८ देखि २७ वर्षसम्मका अविवाहित युवती हुनुका साथै उचाइ ५.३ फिट र कक्षा–१२ उत्तीर्ण हुनपर्ने छ । यी योग्यता पुगेका प्रतियोगीले निःशुल्क आवेदन दिन सक्ने छन् । देशका विभिन्न स्थानमा अडिसन सकिएपछि फाइनल अडिसन आगामी…

Read More

शिवसताक्षी, २१ बैशाख । झापाको झिलझिलेमा रहेको झिलझिले भेट्रान क्लबले नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । क्लबले गएको चैत १५ देखि २२ गतेसम्म झापाको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा ९ लाख २५ हजार आम्दानी भएको आयोजक झिलभिलले भेट्रान क्लबले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाबाट १ लाख ४९ हजार ९८६, टुवर्क वियर प्रा.लि.बाट सहयोग १६ हजार ५ सय, वैदेशि रोजगार तथा स्वदेश र स्थानीय संघ संस्थाबाट ७ लाख ५८ हजार ५३२ रहेको प्रतियोगिताका आर्थिक संयोजक सन्तोष थेगिमले जानकारी दिए । त्यस्तै प्रतियोगितामा…

Read More

बुद्धशान्ति, २१ बैशाख । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५।४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २।० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, तथा उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सचिव दुर्योधन सिंह देवले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर, प्रतियोगिताको उत्कृष्ठ खेलाडी र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । बैशाख १५…

Read More

बिर्तामोड, २१ बैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागत सम्मान गरेका हुन् । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ । त्यस्तै, ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियनहरु समेत सहभागी छन् । सिद्धार्थ होटलमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका…

Read More

झापा, २१ बैशाख । झापा को दमकमा एक युवती घाइते अवस्थामाफेला परेकी छन्। आज दिउँसो १२स्३० बजेको समयमा जिल्ला दमक नगरपालिका वडा नम्वर ५ जेष्ठ नागरीक भवन अगाडि हतियार पड्किएको जस्तो आवाज आएको थियो । उदयपुर लिङचिङबुङ गाउँपालिका वडा नम्बर ३ घर भई हाल जिल्ला झापा दमक नगरपालिका वडा नम्बर ५ बस्ने कमल बुढाथोकिको घरमा डेरा गरी बस्ने चन्द्रबहादुर अधिकारी गजमेरको छोरी वर्ष १८ की एनिका अधिकारी गजमेर ९ऐ।२ स्थित रहेको हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परिक्षा दिई फर्किदै गरेकी० घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते अवस्थामा फेला परेकी युवतीलाई स्थानीयहरुले फेला पारी तत्काल उपचारको लागि लाईफलाईन अस्पताल…

Read More

झापा, २१ बैशाख । झापाको दमकमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक–६ नयाँ सब्जी लाइन बस्ने प्रेम पुर्वेको चार तल्ले घरको भुइँ तल्लामा रहेको मरमसला तथा अन्त खाद्यान्न गोदाममा विद्युत् सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट १० जनाको टोली खटिएको थियो । आगलागीबाट मरमसला तथा खाद्यान्न जली नष्ट हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीबासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

Read More

झापा, २१ बैशाख । हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियान शुरु भएको १३ वर्ष भयो । सन् २०१२ देखि नै झापा जिल्लामा हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाउने अभियान शुरुवात भएको हो । तर, हालसम्म झापा हात्तीपाइले रोगमुक्त जिल्ला हुन सकेको छैन । यसो हुनुको प्रमुख कारण शिक्षित वर्गले नियमित औषधि सेवन नगर्नु रहेको बताइन्छ । अभियान अन्तरगत हात्तीपाइले बिरूद्धको औषधि खाएको भए ६ पटकसम्म सञ्चालन भएर यो अभियान स्थगित हुनु पर्ने थियो तर सबै नागरिकले यस रोगको औषधि नखाएकै कारण १३ वर्षसम्म अभियान सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोशी प्रदेशको सबैभन्दा शिक्षित जिल्लाका रुपमा चिनिएको झापा औषधि…

Read More