
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
किमाथाङ्का, ३ जेठ । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए । उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै आज बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए । पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको स्नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए । उनीसँगै…
भद्पुर, ३ जेठ । भद्रपुरका १० जना कृषकलाई मोटरसहितको च्यापकटर मेसिन वितरण गरिएको छ । भद्रपुर नगरपालिका पशु सेवा शाखाले कृषकहरूलाई मोटरसहितको च्यापकटर मेशिन वितरण गरेको हो । नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटाल लगायतले कृषकहरूलाई मेशिन हस्तान्तरण गरेका हुन् । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मेशिन वितरण गरिएको शाखाका पशु चिकित्सक रोहितकुमार कार्कीले जानकारी दिए । शाखाले पुस २४ गते सूचना प्रकाशन गरेपछि कृषकहरू छनौट भएको उनले बताए । मेशिन पाउनेहरू भद्रपुर –१ का नीलिमा खनाल, भद्रपुर –२ का मालती कन्दङ्वा, वेदनिधि अधिकारी, सुमित्रा लिम्बू, ईश्वरीप्रसाद कट्टेल, भद्रपुर…
झापा, ३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलको…
झापा, ३ जेठ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको…
बिर्तामोड, २ जेठ । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्काएपछि उसले हार व्यहोर्नु परेको थियो । खेलको २५ औँ मिनेटमै चन्द्रगढीका प्रेम लिम्बूले गोल गर्दै गोल बराबरीमा ल्याएका थिए । त्यस्तै, खेलको २६ औँ मिनेटमा सुवास खड्काले एक गोल थप्दै नतिजा २–१ मा पुर्याए । खेलको ३६ औँ मिनेटमा झिलझिलेका सुवास…
शिवसताक्षी, २ जेठ । झापाको शिवसताक्षी जारी मेयर कप अन्तर्गत बुधबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । आजको फुटबल तर्फ पहिलो खेलमा वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै ९ सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ७ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् । त्यस्तै आज भएको दोस्रो खेलबाट शिवसताक्षी ११ सेमी फाइलनमा प्रवेश गरेको छ । वडा नं. १० लाई ट्राइवेकरमा ४–३ गोलअन्तरले हराउँदै वडा नं ११ सेमी फाइलनमा प्रवेस गरेको आयोजक…
झापा, २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । ‘…निज प्रतिवादीलाई मुलुकी अपराध संहिता…
बिराटनगर, २ जेठ । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल…
मोरङ, २ जेठ । मोरङ रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय भगिरथ हरिजनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो । BR 38Q 3830 नम्बरको मोटर साइकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप…
झापा, २ जेठ । झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । विसं २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई चौबिसैघण्टा पहरा दिएर सुरक्षित राखिएको बताउनुभयो । “खुला ठाउँमा राख्दा हराउने जोखिम रहने भएकाले कार्यालयको कोठामै भण्डारण गरिएको रहेछ”, उहाँले भन्नुभयो, “पालोपालो गरेर कोठा बाहिर वन रक्षकले अटुट पहरा दिइरहेका छन् ।” रक्तचन्दन भारतबाट तस्करी गरेर चीन लैजाने क्रममा विभिन्न जिल्लामा बरामद भएको थियो । काठमाडौँ,…