
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लक्ष्मीपुर,११ चैत। झापाको अर्जुनधारा नगरपालिका-५ को नव दुर्गा सरहे समितिको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा–५ स्थित बिहीवारे बजारको समुदायिक भवनमा शनिवार साधारणसभा सम्पन्न भएको हो । सरहे समितिका अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पण्डीत महेश्वर ओझाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समिति सदस्य मुना चम्लागाईले गरेको कार्यक्रमको सञ्चालन तेजकुमार गिरीले गरेका थिए । कार्यक्रममा नव दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष छबिलाल लम्सालको बिशेष आतिथ्य रहेको थियो । सरहे समितिले क्षेत्राधिकार भित्र कसैको मृत्यु भएमा प्रत्येक परिवार सरहे सदस्यले एक सय रुपैयाँ सरहे रकम दिनु पर्ने समितिको नियम छ । १९ सदस्य कार्य समिति रहेको उक्त…
कनकाई, ११ चैत । कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन आग्रह गर्नुभएको छ । होली पर्वको अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले धार्मिक मूल्य–मान्यताको आधारमा रहेर आर्थिक, सामाजिक र मौलिक संस्कृति जोगिने गरी गर्नुपर्ने बताउनुभयो । होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कनकाई नगर प्रमुख पोखरेलले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्नेमा जोड दिनुभएको हो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गर्नुभयो ।…
झापा, ११ चैत (एजेन्सी) । भारतको पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार रक्सी खाएका धेरै जनाको अस्पतालमा उपचार भइरहेको छ। राज्यका एडीजी (कानुन र व्यवस्था) गुरिंदर सिंह ढिल्लोनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ।
दाङ, ११ चैत । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। सो दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। उनीहरु मोटरसाइकमा सवार थिए। मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
झापा, ११ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई…
कनकाई, १० चैत । जीवन विकास लघुवित्त वित्तीय संस्था शिवगञ्ज सेवा केन्द्रले सदस्यलाई सम्मान, अभिभावकत्व ग्रहण साथै प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान भन्ने नाराका साथ मोरङको कटहरी–२ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शिवगञ्ज सेवा केन्द्रले शुक्रबार शिवगञ्जमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता साथै अभिभावकत्व ग्रहण र सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले उत्कृष्ट बचत कर्ता भाग्यवती राजवंशी, लक्ष्मी हेमरम, लीलाकुमारी कुमाल, उत्कृष्ट एटीएम जानुकादेवी मगर, सफल ऋणी मुना चम्लगाई, राधा बानियाँ, रेखावती राजवंशी, उत्कृष्ट उद्यमी राजकुमारी राजवंशी, सुरक्षा नेपाल बजगाईं र शर्मिला राजवंशी रहनु…
शिवसताक्षी, १० चैत । स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका छन् । संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर सदस्य शिक्षा तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए । स्वास्थ्य शिविर अन्तर्गत निशुल्क आँखा परीक्षणमा शिवसताक्षीका ६० जनाले सेवा लिए भने, दन्त परीक्षणमा २९ जनाले सेवा लिएको संस्थाले जनाएको छ । साकोसका सदस्यहरुमा सहकारी शिक्षा प्रदान गर्दै संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबार, संस्थाको वित्तीय अवस्थाका बारेमा प्रष्ट पारेका थिए । उनले सहकारी संस्थाको…
शिवसताक्षी, १० चैत । झापाको शिवसताक्षी दूधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षीको दूधे स्थित भुपु शैनिक संघको सभाहलमा सदस्यहरुसँग वित्तीय अन्तरक्रिया गर्दै सहकारी शिक्षा प्रदान गरेको हो । सदस्यहरुलाई सहकारीको महत्व, बचत तथा ऋणको परिचालन लगायतका विषयमा सहकारी शिक्षा प्रदान गरिएकोे संस्थाले जनाएको छ । सहकारी शिक्षालाई विशेष महत्व दिएर सदस्यहरुलाई बचत र उत्पादनमूलक ऋण लगानीप्रति केन्द्रीत गर्ने उद्देश्यले सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको साकोसका अध्यक्ष दुर्गादेवी मगरले बताइन् । सहकारी के हो, त्यसको सिद्धान्त, मुल्य र मान्यताको विषय साथै सेयर, बचत, ऋण, सहकारी र बैंक बीचको फरक लगायतका विविध…
झापा, १ चैत । झापाको बिर्तामोडबाट प्रहरीले अनुचित लेनदेन (मिटरव्याजी)का आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड–७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओलीलाई पक्राउ गरेको हो । मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेसँगै प्रहरीले पहिलोपटक अनुचित लेनदेनका आरोपी ओलीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी श्रोतले जनाएको छ । विप्लब नेतृत्वको (नेकपा)ले समेत यस अघि अनुचित लेनदेन (मिटरव्याजी) ओलीसंग ब्यवहार मिलाउन पटक– पटक तागेता गर्दै आएको थियो । तर, ओलीले अटेर गरी सर्वसाधारणलाई दुःख दिँदै आएको नेकपाका मेची व्यूरो इञ्चार्ज सुमनसिंह सीले बताए । उनले भने– ओलीलाई हामीले…
झापा, १ चैत । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइन्छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।