झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुुद्धशान्ति, १८ बैशाख । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलसँगै सेमिफाइनल संस्करण पुरा भएको छ । खेलको १४ औं मिनेटमा बिवेक पौडेलको क्रस पासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाए । पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई बिपक्षी गोलरक्षकले बचाउ गर्न सकेनन् । खेलमा दोस्रो गोल पनि अवस्थीको नाममा रहयो । ४३ औं मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै अवस्थीले सुुन्दर गोल गरेका थिए । दुुई बिदेशी खेलाडी…

Read More

झापा, १८ बैशाख । झापाको सदरमुकाम रहेको भद्रपुरमा आज मंगलबार बजार अनुगमन गरिएको छ । उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा खाद्य तथा किराना पसल र फलफूल पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत संगीता शाह, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधर्री, कामिन राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी सहायक निरीक्षक बलकुमार राईलगायतको टोलीले भद्रपुर बजारका खाद्य तथा किरानाका थोक बिक्रेता र फलफूल पसलमा अनुगमन गरेको अनुगमन समितिका फोकल पर्सन राजश्व शाखा प्रमुख सुशील कर्णले बताए । अनुगमन टोलीले भद्रपुरभद्रपुर ४ स्थित गंगाा स्टार, राजेन्द्र स्टोर, जोसना फलफूल पसल,…

Read More

अर्जुनधारा, १८ बैशाख । झापाको अर्जुनधारा नगरपालिकामा विद्युत् ट्रान्सफर्मर जडान कार्य तीव्र बनाइएको छ । नगर क्षेत्रमा देखिएको भोल्टेज समस्या समाधान गर्न विद्युत् ट्रान्सफर्मर जडान तीव्र बनाइएको हो । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनको विशेष पहलमा नगर क्षेत्रमा विद्युत् ट्रान्सफर्मर जडान कार्य भइरहेको हो । कम भोल्टेजको समस्या झेलिरहेका अर्जुनधाराबासी अब उक्त समस्याबाट मुक्त हुने भएका छन् । पहिलो चरणमा अर्जुनधारा नगरपालिका–१, २, ३, ४ र ८ नम्बर वडामा विभिन्न क्षेत्रमा ट्रान्सफर्मर जडान कार्य भइरहेको छ । विद्युत् प्राधिकरणका प्राविधिक कमल रायले अर्जुनधाराका विभिन्न वडामा सिञ्चाइ मोटर जडान गरिनुका साथै ग्राहक संख्या पनि धेरै भएकाले भोल्टेज समस्या देखिएको बताउनुभयो…

Read More

झापा, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले १४औं अधिवेशनको अवसरमा अग्रज पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ । झापा शाखाले बिगतदेखि नै बितरण गर्दै आएको नेपाली पत्रकारिताका जन्मदाता मोतीराम भट्टको स्मृतिमा स्थापित मोतीराम पत्रकारिता पुरस्कार यस वर्ष दुई जना अग्रज पत्रकारहरुलाई संयुक्त रुपमा प्रदान गरेको छ । रु. एक लाख १ हजार एक सय ११ रुपैयाँसहितको उक्त पुरस्कार प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै पत्रकारिताको व्यवसायिकता र मर्यादा बढाउन योगदान दिएको भन्दै दुई पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुँमागाँईलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । सोही अबसरमा पूर्वका जेठो पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापित…

Read More

इलाम, १८ बैशाख । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाउनुभएको थियो । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत…

Read More

झापा, १८ बैशाख । झापाको झापा गाउँपालिका–३ कामाटोलीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । झापा–३ स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा–४ का २५ वर्षीय सरिफुल आलमलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरी माथी आक्रमण गर्न खोज्दा प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाउदा निजको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागी घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम…

Read More

बुद्धशान्ति, १८ बैशाख । धरान एफसीमाथि सहज जित हात पार्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मानेभन्ज्याङले आयोजक आदर्श युवा क्लबसँगको भेट पक्का गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ को जित हात पारेको छ । खेल सुरु भएको ५ औं मिनेटमा नै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको ३१ औं मिनेटमा करण राईले डि बक्समा पाएको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको मानेभन्ज्याङले ४६…

Read More

बिर्तामोड, १८ बैशाख । झापाको बिर्तामोड–५ स्थित शनिचरे रोडमा ह्वाइट एन्जल ब्यूटीपार्लर सेलुन सञ्चालनमा आएको छ । दुबईको वरदुबईमा मुख्य कार्यालय रहेको सेलुनको चौथो शाखा बिर्तामोडमा सञ्चालनमा आएको हो । शाखाको उद्घाटन सोमबार एक कार्यक्रमका बीच बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले गर्नुभएको थियो । सेलुन उद्घाटन गर्दै स्वदेशमै केही गर्ने सोचले सेलुन सञ्चालनमा आएकाले सफलताका शुभकामना दिनुभयो । मेचीनगरकी सुजता गिरी र रिता बरालको संयुक्त लगानीमा सेलुन सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि दुबईमा सेलुन व्यवसाय सञ्चाल गर्दै आएका उनीहरुको साझेदारीमा बिर्तामोडमा पनि चौथो शाखाका रुपमा सेलुन खोलिएको जनाइएको छ । सैलुनमा रेखा भुजेल, सुजता गिरी र देबीका बिष्टले प्रशिक्षण…

Read More

काठमाडौं, १७ वैशााख । पछिल्लो समय रुचाइएको सिरियल ‘बुहारी’ हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । साथै, यो श्रृंखलाको डिजिटल स्ट्रिमिङ ओएसआरको युट्युव च्यानलमा हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सिरियलका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरे । सोही कार्यक्रममा हिमालय टिभी र ओएसआर डिजिटलसँग अलग सम्झौता पनि भयो । हिमालय टिृभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र सिरियलका निर्माता तथा निर्देशक रामचन्द्र बोहराले ती सम्झौताहरुमा हस्ताक्षर गरे । सम्झौताअनुसार यो सिरियल शुक्रबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युव च्यानलमा स्ट्रिमिङ हुनेछ । सिरियलका निर्मातासँग २ वर्षको लागि सम्झौता भएको हो…

Read More

काठमाडौँ, १७ वैशाख । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ । “तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले…

Read More