झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनर्संरचना, भौतिक एवम् मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो । विश्वविद्यालयले शैक्षिक क्रियाकलापहरू पूर्वनिर्धारित शैक्षिक पात्रोअनुसार सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै उहाँले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो । प्रचण्डले परिवर्तनशील विश्व परिवेश एवम् राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका…

Read More

काठमाण्डौ, २३ चैत । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बरोडासँग खेलमा नेपालले टस हारेको छ । गुजरातको वापीमा टस जितेर बरोडाका कप्तानले ब्याटिङ रोजेपछि नेपालले अहिले बलिङ गरिरहेको छ । नेपालको टोलीमा आज ४ जना परिवर्तन भएका छन् । आज नेपालको कप्तानी दीपेन्द्रिसंह ऐरीले गर्दैछन् । आज दीपेन्द्रसँगै ललित राजवंशी, करण केसी र आकाश चन्द टोलीमा परेका छन् । आज नियमित कप्तान रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहरा र आसिफ शेखले विश्राम पाएका छन् । यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले…

Read More

काठमाडौँ, २३ चैच । लोकप्रिय गायन रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड फरार भएका छन् । ओड नेपाल आइडलका विजेता हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Read More

भद्रपुर, २३ चैत । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुना टोल बस्ने बिष्णु कुमार श्रेष्ठको गाई गोठमा अचानक आगोलागि भएको छ । आगलागि अन्दाजि बिहान ९ः१५ बजेको समयमा भएको हो । सुचना प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय बुधबारे झापाका प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलि, स्थानियबासी, प्रहरी, सशस्त्र प्रहरी, तथा मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा ९ः५० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागिबाट गोठ, गोठमा राखेको पराल पूर्ण रुपमा जलि नष्ठ हुँदा अन्दाजि मुल्य रु. २,००,००० बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जानाएको छ । आगलागिबाट अन्य मानबिय तथा चौपाया क्षति नभएको, ईलाका…

Read More

बिर्तामोड, २३ चैत । झापाको बाह्रदशीबाट प्रहरीले चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–७ का २६ वर्षीय मुकेश कामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहानको राति १ः३० बजे बाह्रदशी–२ जनता बजार डेरा गरी बस्दै आएका भारत किसनगञ्ज घनतोला–६ का उमाशंकर गिरीको कोठाको झ्याल खोलेर कोठाभित्र पसेर २ थान मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा मुकेशलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पर्स एक थान, नगद नेरु २८५, भारु पैसा ५० रुपैयाँ, बाइकको चाबी एक थान, मोबाइल तीन थान, कानमा लाउने सुनजस्तो देखिने धातु गहना नौ थान, फलामको कुटो एक थान बरामद…

Read More

झापा, २३ चैत । वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ मतदाता कायम भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै उक्त संख्या यकिन गरेको हो । आसन्न उपनिर्वाचनका लागि इलाम–२ मा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छ । त्यस्तै, बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्।

Read More

बिर्तामोड, २३ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा एक जना मृत अवस्थामा फेला परेका छन् । मेचीनगर–६ का बर्मेली टोलका ५२ वर्षीय श्यामनाथ बञ्जारा आफ्नै घरको सिडीको माथि रहेको भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान आफ्न्तले देखेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड, २३ चैत । बिर्तामोड बजार क्षेत्रमा अटोरिक्साको संख्या बढेसँगै दुर्घटना पनि बढ्न थालेको छ । अटोका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको छ । यसैलाई मध्य नजर गर्दै बिर्ताबजारमा दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम तथा अटो चालकका समस्याका बारेमा छलफल कार्यक्रम गरिएको छ । बिर्तामोड–३ स्थित बिर्ताबजारमा दुई दिन अघि तीन प्राङ्ग्रे अटो दुर्घटना हुंदा ताप्लेजुङ स्थित याङबरक गाउंपालिका २ मा बस्ने बर्ष ३६ को भिमबहादुर तामाङको मृत्यु भएको थियो । त्यस्तै सोहि ठाउंकी बर्ष ३१ कि सामना लिम्बु गम्भीर घाइते भएकी छन् । बिर्तामोड नगरपालिका अगाडि अटो तीब्र गतीका कारण अन्यन्त्रीत भइ सडकको डिभाइडरमा ठाकिएको थियो…

Read More

भद्रपुर, २२ चैत । झापाको भद्रपुर नगरपालिका–२ स्थित धार्मिक तथा एतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमा सहित उद्यानको उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् । दाता परिवारका सदस्य जगतबहादुर तामाङ पाख्रिनले स्व. पिता माता राजमान र दरिमायाको स्मृतिमा बनाएको बौद्ध उद्यानले भद्रपुरको धार्मिक पर्यटन तथा नैतिकवान समाज निर्माणमा टेवा दिने विश्वास व्यक्त गरेका छन् । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डिबी लामाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामा गुरू ज्ञानका लागि आयोजित ३ महिने गुफा लामा…

Read More

शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षी नगरपालिकामा नगरमा सञ्चालित सहकारीका कर्मचारीहरुलाई सहकारी सञ्चालन एवम व्यवस्थापन सम्बन्धी पुन ताजगी तालिम सञ्चालन गरिएको छ । नगरपालिकाको सभाहलमा बुधबार ३ दिवसीय तालिमका उद्घाटन गरिएको हो । तालिमको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै अधिकृत राईले सरकारले सहकारी संस्थाहरुका लागि स्पष्ट कानुन नबनाएका कारण पनि सहकारी सञ्चालनमा केही अप्ठ्यारो परेको बताए । पछिल्लो समय सहकारीहरुमा धेरै समस्याहरु देखिएको त्यो समस्याबाट भागेर हाइन त्यसलाई सुधार गर्दै लैजानुको विकल्प नरहेको उनको भनाई थियो । त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश योङहाङ्गले सरकारले भन्दा सहकारीले बढी रोजगारीको सृजना गरेको…

Read More