झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ चैत । गत फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् । ३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति ९मेनपावरमार्फत० लिएर विदेश गएका छन् । सात हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति, ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएका हुन् । एक महिनाको अवधिमा ८५ जना उच्च दक्ष जनशक्ति…

Read More

बिर्तामोड़, १९ चैत । हिन्दू संगठन जन कल्याण प्रतिष्ठान बाल संस्कार केन्द्र झापा समितिको आज सम्पन्न बैठकले शिवसताक्षी नगरपालिकाका सामाजिक तथा धार्मिक व्यक्तित्व होम नाथ ढुङ्गेललाई उपाध्यक्षमा मनोनयन गरेको छ । उक्त समितिका जिल्ला सचिव देवेन्द्र किशोर ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको प्रदेश समितिमा निवर्तमान उपाध्यक्षलाई जिल्ला समितिले सिफारिस गरी पठाएसँगै सो पद रिक्त रहेको थियो । प्रतिष्ठान अन्तरगत झापा जिल्लामा ४० वटा बाल संस्कार केन्द्रहरु सञ्चालन हुँदै आएको प्रतिष्ठान झापाकी प्रमुख खिना माया फुयलले जानकारी दिइन् ।

Read More

झापा, १९ चैत । झापाको गौरीगञ्ज गाउँपालिकाबाट ट्याक्टर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौरिगञ्ज गाउँपालिका–१ मा होम थपलियाले घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी गरेर लगेको आरोपमा गौरादह नगरपालिका–९ का ३५ वर्षीय सुनिल टुडुलाई पक्राउ गरेको हो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारिको टोलीले टुडूले भारततर्फ लाँदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको थियो । ट्याक्टर चोरी गर्ने टुडुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १९ चैत । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति–५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति–५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा बुधवारेबाट खारखोलातर्फ जाँदै गर्दा प्र १–०१–०१६प ३५२१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा हिजो साँझ ६ः३० बजे न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिएका छन् ।

Read More

इलाम, १९ चैत । स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ को आयोजना हुने भएको हो । “हाम्रा रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुक पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, उपप्रमुख एवं महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले भन्नुभयो, “कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुन्छन् । स्थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाको स्टल राख्नेछौँ ।” महोत्सवमा यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश…

Read More

झापा, १९ चैत । वैदेशिक रोजगार विभागका लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौलाविरुद्ध सोमबार मुद्दा दायर गरेको हो । उनले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस–रिसवत माग गरेको अवस्थामा आयोगको टोलीले १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोसहित १५ हजार जरिवाना र कैद सजायको मागदावी लिइएको छ ।

Read More

द्रोण अधिकारी भद्रपुर, १९ चैत । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहाँसिक स्थल किच्चकबधको सातौं उत्खनन सम्पन्न भएको छ । भद्रपुर ३ पृथ्वीनगरस्थित देउनिया तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले सातौं पटक उत्खननको काम सम्पन्न गरेको हो । वि सं २०५८ सालमा पहिलो पटक पुरातत्वविद उद्धव आचार्यको नेतृत्व टोलीले उत्खनन गरेको थियो भने निरन्तर ७ औं पटकसम्म पुरातत्व विभागको नेतृत्व उनै आचार्यले गरेका छन् । केही वर्ष अगाडि पुरातत्व विभागबाट सेवा निवृत्त भएका आचार्यले यस पटक नयाँ अधिकृत नवराज अधिकारी सहितको टोली लिएर १७ दिनसम्म उत्खनन गर्दा एउटा पूर्ण दरवारको ऐतिहासिकता…

Read More

बिर्तामोड, १९ चैत । झापाको मेचीनगर नगरपालिकास्थित निन्दा खोलाबाट प्रहरीले तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आइतबार मेचीनगर–१५ स्थित निन्दा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा मे १ त ४६१, मे १ त ४०२९ र नम्बर नखुलेको १ वटा ट्याक्टरले इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी गस्ति टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । ती टुयाक्टर आवश्यक काबाहीका लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

Read More

बिर्तामोड, १९ चैत । झापाको कनकाई–८ स्थित घाघरा पुल नजिक बेवारिसे अवस्थामा फेला परेको माछा प्रहरीले नष्ट गरेको छ । आइततबार कनकाई–८ चारपाने घाघर पुल स्थित लोकमार्गको दक्षिण किनारमा बेवारिसे अवस्थामा फेला परेको रहु, सिलिङ तथा पमप्लेट जातको करिब चार सय ५० केजी माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालय झापामा ल्याई कार्यालय कम्पाउण्ड भित्र जनप्रतिनिधि, क्वारेन्टाइनका कर्मचारीहरु लगायतको रोहवरमा खाल्डो खनेर पुरेको हो ।

Read More

सयोगी सृजन शर्मा२०८१ साल वैशाख १५ गते हुन लागि रहेको इलाम–२ को निर्वाचन रोचक हुने छ किन भने रबी लामीछानेले नेत्रित्व गरेको पार्टी चर्चित पत्रकार मिलन लिम्बु लाई अगाडि सार्दै मैदानमा उत्रिसकेको छ । बिशेष गरी नेकपा एमालेको तर्फबाट सुहाङ नेम्बाङ, पिता सुवाश नेम्बङको बिराशत लाई निरन्तर्ता दिन चुनावी मैदानमा छन । वहाँहरु दुवैको उमेद्वारीले युवा मतादाताहरु उत्साहित छन भने समग्र युवा अभियान्ताहरुको बुझाई राजनीतिक पार्टी हरुले युवालाई प्राथमिकतामा राखेर निर्वाचनमा पार्टीको तर्फबाट युवालाई उमेद्वार बनाउने घोषणा गर्नु राजनीतिमा पुश्तान्तरणको संकेत हो भन्ने छ । नेपाली राजनीतिमा युवाको प्रभावशाली उपस्थिती र राजनीतिमा पुस्तान्तरणको अभियानको सतप्रतिशत श्रेय राष्ट्रिय स्वतन्त्र पार्टी जान्छ…

Read More