
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २० चैत । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ ववर्षीय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ । आज वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन बिरेन्द्र दासले रोगका विषयमा सम्पुर्ण जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परिक्षणसमेत गरेको छ । परिक्षण…
भद्रपुर, २० चैत । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको स्तरबृद्धि तथा नामाकरण सच्याउन माग राख्दै भद्रपुर नगरपालिकाले कोशी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख गणेश पोखरेलको नेतृत्व टोलीले कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारलाई अस्पतालको स्तर वृद्धि तथा नामाकरण सच्याउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा कोशी प्रदेशको एक मात्र प्रादेशिक अस्पतालका रूपमा रहेको मेची प्रादेशिक अस्पताल नाम रहनु पर्ने तथा विपन्न नागरिकका सन्तानले पनि मेडिकल अध्ययन गर्ने वातावरण निर्माण गर्न मेडिकल कलेजका रूपमा स्तर बृद्धिको माग राखेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटण्डन रामबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले अस्पतालको…
बिर्तामोड, २० चैत । जिल्ला सहकारी संघ झापाले ६७ औं राष्ट्रिय सहकारी दिवस बिविध कार्यक्रम गरी मनाएको छ । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ संघले मंगलबार ९आज० बिर्तामोडमा ब्यापक सहकारीकर्मीहरुको उपस्थितिमा सहकारी दिवस मनाएको हो । न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडमा आज जिल्लाका सहकारीकर्मीले सहकारी दिवस मनाएका छन् । बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा वृहत कार्यक्रमको आयोजना गर्दै मनाइएको सहकारी दिवसमा देशकै सबैभन्दा ठूलो सहकारी सहारा नेपाल साकोस, दोस्रो नेपाल बहुउद्देश्यीय सहकारी र नवौं स्थानमा पर्न सफल कर्णाली सहकारीलाई सम्मान गरिएको थियो । सहारा नेपालका अध्यक्ष हरिवहादुर राजवंशी, प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार…
शिवसताक्षी, २० चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा आयोजक झिलझिले भेट्रान क्लब (रातो) फाइलनमा प्रवेश गरेको छ । सिवीसी भेट्रान क्लब चन्द्रगढीलाई ३– १ गोल अन्तरले हराउँदै आयोजक फाइलनमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको २१ औं मिनेटमा आयोजक तर्फबाट जर्सी नं. १५ भिष्म खरेल (विनोद)ले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको १ मिनेट नविदै सिवीसीका जर्सी नंं १३ का खेलाडी कर्ण लिम्बुले एक गोल गर्न सफल भए । दोस्रो हाफको ३ मिनेटमा आयोजकका जर्सी नं. ८ सन्तोष थोप्राले एक र लगातर आयोजकका जर्सी नं. ३ का…
झापा, २० चैत । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३औं सशस्त्र प्रहरी दिवस–२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दिवसको अवसरमा झापा गौरीगञ्ज गाउँपालिका–४ स्थित मुसहर समुदायका अतिविपन्न एवम् अभिभावकविहीन गौरीया आधारभूत विद्यालयको कक्षा–३ मा अध्ययनरत रानी रिषिदेवलाई एपिएफ स्कूलमा कक्षा–१० सम्म निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो । बुबाआमा गुमाएकी रानी हाल दिदिभिनाजुसँग बस्दै आएकी छन् । दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले रानीलाई छात्रवृत्ति प्रदान गर्नु भएको थियो । सीमा सुरक्षालाई थप व्यवस्थित…
अर्जुनधारा, २० चैत । अर्जुनधारा–७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकोबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । चालूआर्थिक वर्ष ०८०/०८१को स्वीकृत वडास्तरिय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत ७ नं. वडा कार्यालयले विद्यालयका ३५ जना विद्यार्थीलाई उक्त सामग्रीहरु वितरण गरेको वडाध्यक्ष गोविन्द खतिवडाले जानकारी दिए । कक्षा–१देखि कक्षा–५ सम्मका प्रत्येक विद्यार्थीलाई १ थान ब्याग, ६ थान कपि, १ सेट पेन्सिल र कक्षा–५ देखि कक्षा–९ सम्मका प्रत्येक विद्यार्थीलाई १ थान ब्याग, ७ थान कपी, १ सेट डटपेन वितरण गरिएको वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिए । त्यसैगरी सोही कार्यक्रम अन्र्तगत कार्यालयले विद्यालयलाई तीन थान वर्णमाला र…
झापा, २० चैत । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिनुभयो । “खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,” उहाँले भन्नुभयो । प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको…
झापा, २० चैत । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेका छन् । भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी जिल्ला रामधुनी नगरपालिका–७ की २४ वर्षीया कञ्चन परियारलाई ब्राउन सुगर र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागू औषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा परियारको साथबाट एक लाख ३९ हजार नगद, सात सय मिलिग्राम ब्राउन सुगर, सादा मोबाइल सेट र नागरिकताको प्रतिलिपि फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाइएको छ ।
बिर्तामोड, २० चैत । बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा जारी चौथो वडाअध्यक्ष वडास्तरीय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा सैनिक बजार र भुपु सैनिक संयुक्त टोल विजयी भएको छ । आज सोमबार भएको खेलमा विजयी टिमले जर्मन डाँडा र साबडीग्री संयुक्त टोल लाई ४–० को फराकिलो गोल अन्तरले विजयी बनेको हो । खेलको सुरुवात देखिनै दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने मौका पाए पनि गोल गर्न सकेन । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नं १७ का सौरभ लिम्बू घोर्षित भए । उनलाई कार्यक्रमका विशिष्ट अतिथि युवा व्यवसायी श्याम प्रसाईले पुरस्कार प्रदान गर्नुभयो । बिर्तामोड वडा…
शिवसताक्षी, २० चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा पुर्वेली भेट्रान क्लब बिर्तामोड सेमी फाइलनमा प्रवेश गरेको छ । एभरेष्ट भेट्रान क्लब मोरङलाई ५–० गोल अन्तरले हराउँदै पुर्वेली सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको ७ औं मिनेटमा पूर्वेलीका तर्फबाट जर्सी नं. ७ का बुद्धराज लिम्बूले पहिलो गोल गरेका थिए । त्यस्तै, १९ औं मिनेटमा टिकाराज सुब्बा, २१ औं र २३ औं मिनेटमा विकर्ण श्रेष्ठले गोल गर्दै ४ गोल अन्तर बनाएका थिए । त्यस्तै खेलको इन्जुरी समयमा पुर्वेलीका जर्सी नं. १७ का खेलाडी दिनेस चौधरीले थप एक गोल गर्दै खेल ५…