
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २८ फागुन । मुसलमान समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यन्न सहयोग गरेको छ । कारागारभित्र बन्दी जीवन बिताइरहेका मुसलमान समुदायका ५० जना व्यक्तिलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको टोलीले कारागारमा खाद्यन्न सहयोग गरेको हो । व्रत (रोजा) अवधिभरलाई पुग्ने गरी दिइएको खाद्यन्न वितरणमा उप–प्रमुख राधा कार्की लगायत मुस्लिम समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संखुवासभा, २८ फागुन । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ वर्षीय मंशिरे शेर्पालाई बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पासँगै बस्दै आएकी २६ वर्षीय बिनाकुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी विषयमा विवाद हुँदा रिशको आवेगमा शेर्पाले राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी…
सिरहा, २७ फागुन । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् । पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ…
झापा, २७ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
झापा, २६ फागुन । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले आज दुई लाख रुपैयाँको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, संस्थापक अध्यक्ष तथा संरक्षक दीनेशकुमार पोखरेल र मध्यपूर्व क्षेत्रीय सहसंयोजक भवानी कोइरालाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । समाजले यस अघि ५० हजार रुपैयाँ उक्त कोषलाई दिएको थियो । त्यो सहित समाजको सहयोग रकम अढाई लाख पुगेको हो ।
इलाम, २६ फागुन । इलामको सूर्योदय नगरपालिका–३ मेहेलबोटेमा सुविधा सम्पन्न अतिथि सदन निर्माण थालिएको छ । श्रीकृष्ण प्रणामी मंगल मन्दिर मेहेलबोटेको सुविधा सम्पन्न आधुनिक अतिथि सदनको निर्माणका लागि सन्त श्री १०८ कृष्णदास जी महाराजको निर्देशनमा आजदेखि कार्य प्रारम्भ भएको हो ।
बिर्तामोड, २६ फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ । पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक…
झापा, २६ फागुन । सरकारले झापाका पाँच जनालाई शहिद घोषणा गरेको छ । फागुन २४ गते मन्त्री परिषदले दुई हजार छ सय ७४ जनालाई शहिद घोषणा गरेपछि गृह मन्त्रालयले उनीहरुको नाम राजपत्रमा प्रकाशित गरेको हो । उक्त सूचीमा पाँच जना झापालीको नाम सूचीकृत रहेको छ । विसं. २०२८ जेठ २ गते सहात प्राप्त गरेका मेचीनगर–१५ का कर्णबहादुर गौतम, २०६१ साउन १२ गते सहादत प्राप्त गरेका शिवसताक्षी–१ का गणेश ढकाल र राजन चेम्जोङ, २०६२ माघ ११ गते सहादत प्राप्त गरेका दमक–७ का राजेन्द्र पोखरेल र २०६२ माघ १७ गते सहादत प्राप्त गरेका झापा गाउँपालिका–७ का बिमला पाठकलाई सरकारले शहिद घोषणा गरेको…
इनरुवा, २६ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक दुवै काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए…
ताप्लेजुङ, २६ फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा आठ/आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई निस्सा वितरण गरिएको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले जानकारी दिए । निस्सा वितरण गरेसँगै जग्गा खोजी गरी केही महिनापछि उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको उनले बताए । निस्सा पाएपछि जग्गा पाउने आशले भूमिहीन स्थानीय खुसी भएका छन् । राष्ट्रिय भूमि आयोगका…