झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ फागुन । झापाको शिवसताक्षीमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राति शिवसताक्षी नगरपालिका–११ स्थित नहरचौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो । दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी–९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी–१० का ३६ वर्षीय रबिन राई, ३३ वर्षीय नवीन सेलिङ र ३१ वर्षीय बुद्वहाङ सिगु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । त्यस्तै शिवसताक्षी–७ का ४२…

Read More

झापा, १६ फागुन । वैदेशिक रोजगार विभागले १४ मेनपावर कम्पनीले सफाइ दिएको छ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेको भन्दै १४ मेनपवारलाई निलम्बन गरी विभागले अनुसन्धान थालेको थियो । विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको जनाएको छ । शंकास्पद कार्य गरिरहेको भन्दै विभागले उनीहरूलाई निलम्बन गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निलम्बन गर्ने विभागको निर्णय खारेज गर्दै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए । विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा रहेको समितिले अनुसन्धानको क्रममा गल्ती फेला नपरेपछि उनीहरूलाई सफाइ दिइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले…

Read More

भद्रपुर, १५ फागुन । झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा यहाँका विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । ‘थोरै लगानीमा र स्वदेशी कच्चा पदार्थबाट धुप बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘घरमा बसी–बसी बनाउन सकिने र सजिलै बिक्री गर्न सकिन्छ ।’ नगरपालिकाले नगरका ६ वटा वडामा विपन्न महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिरहेको छ । यसैबीच, फागुन १३ गतेदेखि १५ गतेसम्म सञ्चालित तीन दिने तालिम आज भद्रपुर वडा नं. ६ मा…

Read More

बिर्तामोड, १५ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ । विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार नगरेर श्रष्ठ भन्दा पछिका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष कायम गरिएको भन्दै फोनिज देशब्यापी आन्दोलनमा रहेको छ । ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजले देशभरका शाखाहरुबाट अल्टिमेटम दिएको हो । माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने बताइएको छ । देशब्यापी…

Read More

बिर्तामोड, १५ फागुन । झापामा तीन लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान अन्तरगत जिल्लामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा ‘जिल्लास्तरीय सञ्चारकर्मीहरुसँग अभिमुखीकरण गोष्ठी’ समेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भएपनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताउनुभयो । “संक्रमण दर धेरै भएकाले एक जना पनि दादुरा देखिनु खतरा हो”, उहाँले भन्नुभयो, “जिल्लामा केही केश फेला परेकाले व्यापक रुपमा खोप अभियान चलाइएको हो…

Read More

बिर्तामोड, १५ फागुन । झापाको बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवल (खाना महोत्वस) हुने भएको छ । होटल व्यवसायी संघ झापाको आयोजनामा यही फागुन १७ गतेदेखि २९ गतेसम्म बिर्तामोड–३ स्थित आँखा अस्पताल नजिकै फुड फेस्टिवल हुने भएको हो । होटल व्यवसायी संघ झापाको कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी फुड फेस्टिवलबारे जानकारी दिइयो । संघका महासचिव शिव पौडेलले नेपाली खाना र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । फुड फेस्टिभलमा आदिवासी जनजातिको खाना, रैथाने बाली र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महासचिव पौडेलले बताए । झापामा लोप हुँदै गएका स्थानीय खानाका परिकारहरूको प्रचार–प्रसार तथा बिक्री वितरण, स्थानीय जातजातिको…

Read More

चन्द्र बस्नेतकनकाई, १५ फागुन । बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान सफल पार्न झापाको कनकाई नगरपालिका लागि परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्लासहित ५१ वटा जिल्लामा खोप अभियान जारी छ । उक्त अभियान सफल पार्न नगरपालिका लागि परेको हो । केही दिन अघिबाट खोप अभियान सफल पार्न नौ वटै वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको नगरले आज मंगलबार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो । आज वडा नं।…

Read More

शिवसताक्षी, १५ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले बेरोजगार व्यक्ति तथा विपन्न परिवारका सदस्यहरुलाई रोजगारका लागि सूचिकरणको काम सुरु गरेको छ । नगरपालिकाले आ.व. २०८१÷ ०८२ मा नगरक्षेत्र भित्र हुने भौतिक निर्माण तथा मर्मत कार्यमा स्थानीयलाई नै प्राथमिकता दिदै सूचिकरणको काम सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिका रोजगार शाखाले नगरका ११ वटै वडाका बेरोजगार व्यक्ति र विपन्न परिवारका सदस्यहरुलाई सम्वन्धित वडामा गई फागुन महिना भित्रमा सूचिकृत हुन अनुरोध गरेको छ । आर्थिक तथा सामाजिक अवसरहरुबाट बन्चित स्थानीय नगरबासीहरुलाई प्राथमिकताको आधारमा न्युनतम १ सय दिन रोजगारीमा सम्लग्न गराई उनीहरुलाई आय आर्जनका साथै सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्नती र विस्तारमा योगदान…

Read More

झापा, १५ फागुन । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । ती दुर्घटनामा चार सय १४ वटा सवारी संलग्न छन्…

Read More

झापा, १५ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिक…

Read More