झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दीपक चापागाईं हो म नदी हुँतिमीले जे गर्दा हुनेजल उघाए हुनेढल मिसाए हुनेसल डुबाए हुनेमल बगाए हुनेसक्छौं भने मलाईमेरो बाटो थुनिदेउ।झिरको माछो झैझिर मै उनिदेउ।जे जे सक्छौतेहि तेहि गरजब तिमीले थुनेकोबाँध मेरो एक धक्कामाछ्याल्ल ब्याल्ल हुन्छत्यसपछि काँहा पुग्छ ?तिम्रो आड्म्ब र क्रोधतिम्रो धन र घमण्डअनि तिमीले देखेकोसारा तिम्रो सन्सारएक निमेसमा नैबिसाल महासागरमाभासिने छन ।जाकिने छन ।नासिने छन ।अहिले तिम्रो पालोसकुन्जेल गरे हुन्छ ।

Read More

द्रोण अधिकारीभद्रपुर, ५ फागुन । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइ रहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७ वर्ष) जीविकोपार्जनका लागि ४० वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् । अहिलेसम्म आफ्नो घर नभएका अर्काको घरमा भाडातिरेर बस्ने गरेका दाहाल छोराको कमाइले मात्र घर चल्न नसकेपछि आफैं श्रम गरेर नुन तेलको जोहो गर्न ४० वर्षयता निरन्तर दाम्ला डोरी बाटेर त्यसलाई बिक्री गर्दा आउने पैसाले जीवनयापन गरिरहेका हुन् । पूर्व—पश्चिम राजमार्गको लक्ष्मीपुर चौकमा दैनिक दाम्ला डोरी बाटिरहेको भेटिने दाहालले जीवनयापनका लागि यही कार्यलाई पेशा बनाएको पनि चालीस वर्ष पूरा भइसकेको छ । घाम—पानी, जाडो—गर्मी सहेरै…

Read More

शिवसताक्षी, ५ फागुन । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ । पहिलो खेलमा झापा गाउँपालिकालाई हराउँदै कमल गाउँपालिका विजयी भएको हो । झापा गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै कमल गाउँपालिका विजयी भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको ३० औ मिनेटमा कमल गाउँपालिकाका तर्फबाट दिपेन्द्र लामिछानलेले पहिलो गोल गरे । खेलको ३७ औं र ४२ औं मिनेटमा कमल गा.पा.का मनीकुमार लिम्बुले एक एक गोल गरेपछि झापा गाउँपालिका सँग ३–० को गोल अन्तर बनाउन सफल भयो । खेलको म्यान…

Read More

बिर्तामोड, ५ फागुन । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित कार्यक्रमका बीच धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग गरिएको हो । जीवन गुजारा चलाउन सङ्घर्ष गर्दागर्दै बिर्तामोडको सडकमा रिक्सा कुदाएर देशव्यापी ख्याति कमाएकी फूलमाया यतिबेला गुमनाम जस्तै छिन् । हिजोको सीप, क्षमता र आँट बुढ्यौलीले ओझल पार्दै लगेका बेला लेडी जेसीजले सहायताका लागि धिमाललाई सम्झिएको हो । समुदायमा जेसीजस् शुभ दिन, शुभ कार्य अन्तर्गत नेपालको पहिलो महिला रिक्सा चालक धिमाललाई खाद्यान्नसहित लत्ता कपडा र नगद सहयोग गरिएको वीरता लेडी जेसीज सन्…

Read More

बिर्तामोड, ५ फागुन । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बर्षोत्कृष्ठ कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा सम्मानबाट साहित्यकार पुन्यप्रसाद खरेल, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठ र अपाङ्गता भएका व्यक्तिहरुबाट पदम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले…

Read More

बुधबारे, ५ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा आगलागी हुँदा १ लाख १० हजार बराबरको क्षति भएको छ । बुद्धशान्ति–३ गैरीगाउँका प्रकाश लिम्बुको गोठमा आगलागी हुँदा उक्त क्षति भएको हो । चुलोमा खोले पकाउने क्रममा आगलागी हुँदा सिमेन्ट ईटाको वाल टिनको छानो भएको १ तले गोठ, सखुवाको काठ करिब १० किबी जल्नुका साथै बाख्रा २ वटा, कुखुरा १५ वटा मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ५ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमान अर्कै महिलासँग लागेको भन्दै एक महिलाले नानीसहित आत्मदाहको प्रयास गरेकी छन् । शुक्रबार राति बुद्धशान्ति–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले ५ वर्षकी छोरी वर्षालाई शरीरमा सलले बाँधेर पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । घटनामा आमा र छोरीको शरीरकको अधिकाँंश भाग जलेको छ । आज विहान छोरी वर्षाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता ढुण्डीराज गिरीले बताउनुभयो । घाइते दुबैलाई बीएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आमाको अवस्था चिन्ताजनक छ । आत्मदाह अघि आमाले सुसाइट नोट लेखेर घटनास्थल नजिकै छाडेकी थिइन् । प्रहरीले फेला पारेको सुसाइट नोटमा उनका पति राजन बिक परस्त्रीसँग…

Read More

इलाम, ५ फागुन । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए । जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले भने अदालतबाट सफाइ पाएका छन् । रासस

Read More

शिवसताक्षी, ५ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको हो । अर्जुनधारा नगरपालिकालाई २–० को गोलअन्तरले हराउँदै शिवसताक्षी विजयी भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको ८ र ४८ मिनेटमा शिवसताक्षीका जर्सी नं. १४ का सचिन श्रेष्ठले गोल गर्दै गरेका थिए । खेल अवधिभर अर्जुनधाराका तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको म्यान आफ दी म्याच शिवसताक्षीका सचिन श्रेष्ठ घोषित भए । त्यस्तै, प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ती गाउँपालिकालाई हराउँदै हल्दीबारी गाउपालिका विजयी भएको छ । बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराउँदै हल्दीबारी…

Read More

शिवसताक्षी, ५ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ इ–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । इ–हाजिरीको शिवसताक्षी नगरपालिका ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभारम्भ गरेका छन् । इ–हाजरीको शुभारम्भ गर्दै नगर प्रमुख थोप्राले नगरका भित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई हाजिरीमा सहज बनाउन र नगरबाट मनिटरिङ्गका लागि इ हाजिरीको व्यवस्था गरिएको बताए । उनले शिवसताक्षीका ३५ वटै विद्यालयमा इ हाजिरीको सुरुवात गरेको जानकारी दिए । नगरप्रमुख थोप्राले शिक्षाको गुणस्तर बृद्धिका लागि श्री राष्ट्रिय रमणीय आदर्श…

Read More