
दीपक चापागाईं
हो म नदी हुँ
तिमीले जे गर्दा हुने
जल उघाए हुने
ढल मिसाए हुने
सल डुबाए हुने
मल बगाए हुने
सक्छौं भने मलाई
मेरो बाटो थुनिदेउ।
झिरको माछो झै
झिर मै उनिदेउ।
जे जे सक्छौ
तेहि तेहि गर
जब तिमीले थुनेको
बाँध मेरो एक धक्कामा
छ्याल्ल ब्याल्ल हुन्छ
त्यसपछि काँहा पुग्छ ?
तिम्रो आड्म्ब र क्रोध
तिम्रो धन र घमण्ड
अनि तिमीले देखेको
सारा तिम्रो सन्सार
एक निमेसमा नै
बिसाल महासागरमा
भासिने छन ।
जाकिने छन ।
नासिने छन ।
अहिले तिम्रो पालो
सकुन्जेल गरे हुन्छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


